भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि जलविद्युत् केन्द्र तथा आयोजनाको सुरुङभित्र जमेको लेदो र गेग्रान हटाएर खोजी गर्ने क्रममा हालसम्म ३७ जनाको शव निकालिएको छ ।
नेपालको प्राकृतिक स्रोतसाधनलाई सही ढङ्गले उपयोग गर्दै समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो । यस सन्दर्भमा १,२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशय जलविद्युत् आयोजना नेपालको ऊर्जा सुरक्षा, आर्थिक विकास र राष्ट्रिय समृद्धिका लागि महत्त्वपूर्ण अवसर हो ।
नेपालले भोटेकोसी-त्रिशूली विपत्तिबारे विश्वमञ्चलाई जानकारी गराउन थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस आयोजना गरेको छ । एसिया प्रशान्त क्षेत्रयी देशका मन्त्रीहरू सहभागी उच्चस्तरीय बहसमा नेपालले आफूले भोगेको जलवायु सङ्कट र शृंखलाबद्ध विपद्बारे जानकारी गराउँदै विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा निम्तिएको संकटबारे छलफल गरेको छ ।
नेपालको विद्युत् क्षेत्रमा झन्डै ५० वर्ष पुरानो नाम हो– लिटमस इन्डस्ट्रिज लिमिटेड । लिटमस केबल नामबाट चिनिँदै आएको यो कम्पनीले नेपालमै पहिलो पटक ‘४०० केभी एसिएसआर मुज कन्डक्टर’ उत्पादन गरी नेपाल–भारत सीमापार प्रसारण लाइनका लागि आपूर्ति गर्ने ठेक्का प्राप्त गरेको छ । भारतीय कम्पनी सतलज जलविद्युत् निगमको लगानीमा सङ्खुव...
२०८२ चैत २समय आजजस्तो थिएन । काठमाडौँ उपत्यकाभित्र हरेक बस्तीका चिम्नीबाट धुवाँ उडेको प्रस्ट देखिन्थ्यो । घरहरू औँलामै गन्न सकिन्थे । आपसी भाइचारा थियो । साह्रोगाह्रोमा छिमेकीको साथ हुन्थ्यो । टोलटोलमा आत्मीय भाव पाइन्थ्यो । एकर्थमा काठमाडौँको काँठमात्र होइन, मध्यसहर भनिने ठाउँले समेत सुदूर ग्रामीण समाजको हरक दिन्थ्यो । यही परिवेशमा जन्मे-हुर्केर दशैंको स्वा...
२०८३ असोज २९काठमाडौँ । एक इन्जिनियरले देशमा दीगो भौतिक पूर्वाधार विकासको खाका कोर्न सक्छ । त्यसलाई कार्यान्वयन गर्दै समग्र देशलाई नै समृद्धितर्फ अगाडि बढाउन सक्छ । एउटा सामान्य आवसगृहदेखि काठमाडौँबीचमा ठडिइरहेको धरहरा होस्, चाहे माथिल्लो तामाकोसी (४५६ मेगावाट) जलविद्युत् आयोजनाको जस्तो जटिल भौतिक संरचना नै किन नहोस्, इन्जिनियरको ज्ञानसीप झिकिदिने हो भने यस्ता संरचनाको कल्पना पनि गर्न सकिँदैन । अतः देश विकासको नेतृत्व नै इन्जिनियरको ज्ञानसीप, प्रतिभा र क्ष...