काठमाडौँ । रसुवाको उत्तरी सीमा नाकामा पर्ने गोसाइँकुण्ड गाउँपालिकासहित आसपासका क्षेत्रमा बाढीले निकै ठूलो विपत् सिर्जना गरेको छ । चीनको सीमा क्षेत्रमा नेपालतिरबाटै आएर भोटेकोशी नदीमा मिसिने ल्हेन्दे खोलामा मंगलबार बिहान ३ बजेदेखि आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाउँदा नाका नै ठप्प भएको छ ।
प्रहरीका अनुसार बाढीले बगाएर ल्याएका २ वटा शव त्रिशूली नदीमा फेला परेको जनाइएको छ । घटनामा १८ जना बेपत्ता भएका छन् भने ९ जनाको उद्दार भएको छ ।
त्यस्तै, टिमुरे भन्सारको यार्ड र आसपास राखिएका गाडीहरु बगाएको छ । भन्सार नाकाबाट केही तल रहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत करिब ३६ जना कर्मचारी ज्यान बचाउन भाग्दा विकट भीर तथा पहरामाथि पसेका छन् । हाल उनीहरूको उद्दार जारी रहेको छ ।
रसुवागढी जलविद्युत् आयोजनाको अस्थायी क्याम्प पूर्ण रूपमा ध्वस्त बनाएको छ । बाँध संरचनामा क्षति पुर्याएको छ । बाढीले माथिल्लाे त्रिशूली–३ ए जलविद्युत् आयाेजनामा समेत क्षति पुर्याएको जनाइएको छ ।
तस्बिरहरू