विद्युत अपडेट

  • प्राधिकरण : ८९५८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३६२१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४९४३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १९११५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५२३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९७४ मे.वा.
२०८२ भदौ २२, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
तिङ्गला हब–न्यू खिम्ती–सुनकोसी हब–ढल्केवर १३३ किलोमिटर ४०० केभी लाइन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले तिङ्गला हब–न्यू खिम्ती–सुनकोसी हब–ढल्केवर ४०० केभी प्रसारण लाइन निर्माण गर्ने भएको छ । १३३.९९ किलोमिटर लामो डबल सर्किट लाइन निर्माणका लागि अनुमति माग्दै प्राधिकरणले विद्युत् विकास विभागमा आवेदन दिएको हो ।

विभागका अनुसार प्राधिकरणले सोलुखुम्बुको खोलुदुधकुण्ड नगरपालिका–११ मा प्रस्तावित तिङ्गला हब सबस्टेसनदेखि ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुली, धनुषाको मिथिला नगरपालिका–७ मा रहेको ढल्केबर सबस्टेसनसम्म उक्त लाइन निर्माण गर्ने प्रस्ताव गरेको छ । 

प्रस्तावित प्रसारण लाइन निर्माण गरिसकेपछि यसबाट ४ हजार ८० मेगावाट विद्युत् प्रसारण गर्न सकिने जनाइएको छ । प्रसारण लाइनअन्तगर्गत ३८५ वटा टावरहरू निर्माण गरिने र टावरको अधिकतम उचाई ६० मिटरसम्म जनाइएको छ । टावर तथा सबस्टेसन निर्माण र प्रसारण लाइनको विद्युत् मार्ग अधिकार क्षेत्र (राइट अफ वे) का लागि गरी आयोजनालाई कूल ६२२.३८ हेक्टर जग्गा आवश्यक पर्ने छ ।

तिङ्गला हब सबस्टेसनदेखि सोलुदुधकुण्ड नगरपालिका, ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका, खिजिदेम्बा, लिखु, मोलुङ गाउँपालिका, रामेछापको गोकुलगङ्गा, लिखु तामाकोशी गाउँपालिका, मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका, दोलखाको तामाकोशी गाउँपालिका, सिन्धुलीको सुनकोशी, गोलन्जर गाउँपालिका, कमलामाई नगरपालिका, मधेश प्रदेशको धनुषा मिथिला नगरपालिका– ७ मा रहेको ढल्केबर सबस्टेसनमा जोडिने छ ।

प्रसारण लाइन अन्तर्गत तिङ्गला हब सबस्टेसन, मन्थली नगरपालिका–१३ मा प्रस्तावित न्यू खिम्ती सबस्टेसन र ढल्केवर सबस्टेसनमा ४०० केभी लाइनकाे बे विस्तार गर्ने तथा कमलामाई नगरपालिका–४ मा प्रस्तावित सुनकोशी हब सबस्टेसनमा ४००/१३२ केभीको सिङ्गल फेज ट्रान्सफर्मर र ६३० एमभिएको सबस्टेसन समेत निर्माण गर्ने योजना छ । 

प्रस्तावित प्रसारण लाइन आयोजना ४ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । प्रस्तावित प्रसारण लाइन तथा सबस्टेसन निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित प्रतिक्रिया पेश गर्न आग्रह गर्दै विभागले सोमबार सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३