विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ १०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । आगामी २ वर्षभित्र ५ सय मेगावाट सौर्य विद्युत् उत्पादनको लक्ष्यसहित भारतको प्रोजिल ग्रिन इनर्जी लिमिटेड र नेपालको गोल्यान पावर लिमिटेडले आपसमा सहकार्य सुरु गरेका छन् । यी दुवै कम्पनी मिलेर प्रोजिल ग्रिन इनर्जी नेपाल स्थापना गरी संयुक्त रूपमा सौर्य ऊर्जा विकास गर्ने प्रक्रिया अगाडि बढाएका हुन् । बुधबार ‘प्रोजिल ग्रिन इनर्जी समिट २०२५’ को आयोजना गरी यी कम्पनीले सहकार्य शुभारम्भ गरिएको घोषणा गरे ।

कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले सरकारले हालै ल्याएको ऊर्जा विकास मार्गचित्र २०८१ को लक्ष्य प्राप्तिका लागि यो सहकार्य महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । लक्ष्य अनुसार २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्दै गर्दा ऊर्जा मिश्रणलाई पनि ध्यान दिनुपर्ने र यस सहकार्यले ऊर्जा मिश्रणमा सघाउने बताए । 'ठूलो परिमाणमा विद्युत् उत्पादन गर्न त्यही अनुसारको स्रोत-साधनको खाँचो पर्ने हुँदा आयोगले समेत आफ्नो भूमिका प्रभावकारी बनाउन लागेको छ,' उनले भने, 'विद्युत् उत्पादकलाई प्रभावकारी सेवा दिन हालै मात्र अनलाइन डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डिएमएस) सेवा सुरु गरेको र यसबाट सेवाग्राहीको काम चुस्तदुरुस्त हुने अपेक्षा छ ।'

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले प्रोजिलसँगको सहकार्यमा गोल्यान समूले ५ सय मेगावाट  सौर्य विद्युत् उत्पादनको लक्ष्य लिएर अघि बढ्नु स्वागतयोग्य भएको बताए । जलविद्युत् विकासको लक्ष्य सरकारले खुलाए पनि सौर्य ऊर्जा बारे प्रष्ट नगरेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणले अघि बढाएको ९६० मेगावाटको ठेक्काको विषय अदालतसम्म पुग्नु विडम्बनापूर्ण रहेको बताए । सौर्य विद्युत् उत्पादका लागि सबैभन्दा पेचिलो बनेको जग्गाको विषयमा सरकारले गम्भीरतासाथ निर्णय लिनुपर्ने उनको भनाइ थियो ।

यसैगरी, सौर्य ऊर्जा उत्पादक संघ नेपालका अध्यक्ष सन्दीप साहले आफू तीन दशकदेखि जलविद्युत् क्षेत्रमा सक्रिय रहँदै आएको तर पछिल्लो समय नेपालमा जलवायु तथा मौसम परिवर्तनका कारण यसको भविष्य जोखिमपूर्ण देखिएको बताए । पछिल्लो समय यस क्षेत्रमा बाढी-पहिरोले निकै ठूलो क्षति गरिरहेको तथा नदीको जलप्रवाहमा उल्लेख्य कमी आउँदा धेरैजसो आरओआर आयोजनाले २० प्रतिशत पनि उत्पादन दिन नसकेको उनको भनाइ थियो । त्यस्तै, पछिल्लो ५ वर्षयता सौर्य ऊर्जा उत्पादन र प्रयोगको क्षेत्रमा निकै अत्याधुनिक प्रविधिको विकास र मूल्यका कारण यो निकै प्रभावकारी बन्दै आएको पनि उनले बताए ।

ऊर्जा मिश्रणकै अवधारणा अनुसार पनि विद्युत् उत्पादनको कुल जडित क्षमता ३ हजार ५ सय मेगावाटको १० प्रतिशतले हुन आउने ३ सय ५० मेगावाट सौर्य विद्युत् उत्पादन भइसक्नुपर्नेमा हाल १ सय ६ मेगावाटमै सीमित रहेको उनको भनाइ थियो । सरकारको नीतिगत स्थिरता नभएकोले पनि सौर्य ऊर्जाको विकास हुन नसकेको उनले टिप्पणी थियो ।

कार्यक्रममा गोल्यान ग्रुपका निर्देशक अक्षय गोल्यानले सूर्यको भविष्य रहेसम्म सौर्य ऊर्जाको भविष्य उज्जवल रहेको भन्दै अब यसतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याए । यस्तै, प्रोजिल ग्रिन इनर्जी नेपालका निर्देशक प्रविण अर्यालले नेपालमा सस्तो, भरपर्दो स्वच्छ विद्युत् उपलब्ध गराउन प्रोजिलसँगको सहकार्य महत्त्वपूर्ण हुने बताए । नेपालको ऊर्जा रूपान्तरणका लागि यो सहकार्य कोशेढुंगा बन्न सक्ने समेत उनको भनाइ थियो ।

उता, प्रोजिल इन्डियाका प्रबन्ध निर्देशक सोबित रायले सन् २०१३ मा स्थापित कम्पनीले भारतका १८ राज्यमा २ गिवावाटभन्दा बढी नवीकरणीय ऊर्जा परियोजना विकास गरिसकेको जानकारी दिएका थिए । उनका अनुसार कम्पनीले सौर्य विद्युत्, हाइब्रिड नवीकरणीय ऊर्जा, हरित हाइड्रोजनजस्ता स्वच्छ ऊर्जा उत्पादनमा काम गर्दै आएको छ । साथै, नेपालमा प्राधिकरण र रिलायन्स स्पिनिङ मिल्सका गरी ५ वटा सौर्य विद्युत् आयोजना अघि बढाइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३