विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुक्खा मौसम सुरु भएसँगै नेपालले भारतबाट दैनिक ३५० मेगावाटसम्म विद्युत आयात गर्न थालेको छ । सुक्खा मौसमका कारण नदी प्रवाहमा आधारित आयोजनाको क्षमतामा ह्रास आएपछि प्राधिकरणले दैनिक ३५० मेगावाटसम्म विद्युत् खरिद गर्दै आएको जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हालको औसत उत्पादन ९ सयदेखि १ हजार मेगावाटसम्म रहेको जानकारी दिए । कान्तिपुरसँगको कुराकानीमा घिसिङले हाल विद्युत् जडित क्षमता करिब २३५५ मेगावाट रहेको बताए । ‘सुक्खा मौसममा हाम्रो उत्पादन क्षमताको ४० प्रतिशतसम्म तल झर्ने भएकाले बिजुली पुग्दैन’ उनले भने ‘यसपालि हिउँ कम परेको छ, सुक्खा अझै बढ्ला जस्तो छ ।’

बिहान–बेलुकाको समयमा बिजुलीको पिक डिमान्ड (उच्चतम माग) १८ सयदेखि १९ सय मेगावाट पुग्ने गरेको र औसत माग १२ देखि १३ सय मेगावाट रहेको उनले बताए  । ‘उच्चतम माग ९५० देखि १ हजार मेगावाट भए पनि पिकमा हामीले १४ सय र १५ सयसम्म पुर्‍याउन सक्छौं । त्यसो हुँदा औसतमा ३ सयदेखि साढे ३ सय, ४ सय मेगावाट आयात गर्नुपर्छ’ घिसिङले भने । चालु आर्थिक वर्षमा ७ सयदेखि ८ सय मेगावाट बिजुली थपिने उनले बताए । ‘अबको एक महिनाभित्रै २ सय मेगावाट थपिँदै छ’ घिसिङले भने ‘तर २ सय भनिए पनि सुक्खायाममा उत्पादन हुने भनेको ८० मेगावाट जति मात्रै हो । समग्रमा प्रत्येक वर्ष ७/८ सय मेगावाट विद्युत् थपिन्छ । त्यसपछि हामीलाई पुग्छ ।’

कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit