विद्युत अपडेट

  • प्राधिकरण : ७३४० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९४६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४१९७३ मे.वा.घन्टा
  • आयात : १७६ मे.वा.घन्टा
  • निर्यात : १८६८३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६२४३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८५८ मे.वा.
२०८२ भदौ १०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । संयुक्त ऊर्जा लिमिटेडले म्याग्दीमा निर्माण गरेको २१‍‍‍.३ मेगावाटको ठूलो खोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ । जिल्लाको रघुगंगा गाँउपािलका–८ कुइने मङ्गलेमा निर्माण भएको आयोजनाले बिहीबार (साउन १५ गते) देखि परीक्षण उत्पादन सुरु गरेको प्रवर्द्धक कम्पनीका प्लान्ट म्यानेजर विनोद पौडेलले ऊर्जा खबरलाई जानकारी दिए । 

‘विद्युत् प्राधिकरणको नियम अनुसार १५ दिनको परीक्षण उत्पादन सफल भएपछि व्यापारिक विद्युत् उत्पादन सुरु गरिने छ,’ उनले भने, ‘साउनको अन्तिम भदौको सुरुबाट आयोजनाबाट उत्पादन हुने विद्युत्को बिक्री सुरु हुने छ ।’

आयोजनाबाट हाल १५ मेगावाटसम्म उत्पादन भएको र परीक्षण पूरा भएपछि पूर्ण क्षमतामै उत्पादन हुने उनको भनाइ छ । ‘आयोजनालाई पूर्ण क्षमतामा चलाउन अहिले पानीको समस्या छैन,’ उनले भने, ‘विद्युत् गृहमा जडित मेसिनको कम्पन (भाइब्रेसन) लगायतका विषय परीक्षणकै क्रममा रहेकाले उत्पादन क्षमतामा घटबढ हुने क्रम चलिरहेको छ ।’

आयोजनाबाट उत्पादित विद्युत् २३ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तिप्ले राहुघाट सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिएको छ ।

कुल ३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान रहेको आयोजनामा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी रहेको छ । आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाइमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेका छन् । प्रवर्द्धक कम्पनीको नेतृत्व गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले गरेका छन् । 

२०७५ जेठ १७ गते आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भएको थियो । आयोजनाले २०७६ चैत २२ गते उत्पादन अनुमतिपत्र पाएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३