विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
नेपाल इन्जिनियर्स एशोसियसनको ३४औँ कार्यकारिणी समितिको निर्वाचन

काठमाडौँ । एक इन्जिनियरले देशमा दीगो भौतिक पूर्वाधार विकासको खाका कोर्न सक्छ । त्यसलाई कार्यान्वयन गर्दै समग्र देशलाई नै समृद्धितर्फ अगाडि बढाउन सक्छ । एउटा सामान्य आवसगृहदेखि काठमाडौँबीचमा ठडिइरहेको धरहरा होस्, चाहे माथिल्लो तामाकोसी (४५६ मेगावाट) जलविद्युत् आयोजनाको जस्तो जटिल भौतिक संरचना नै किन नहोस्, इन्जिनियरको ज्ञानसीप झिकिदिने हो भने यस्ता संरचनाको कल्पना पनि गर्न सकिँदैन ।

अतः देश विकासको नेतृत्व नै इन्जिनियरको ज्ञानसीप, प्रतिभा र क्षमतामा निर्भर छ । राजनीतिक, प्रशासनिक तथा स्थानीयस्तरको नेतृत्व तहमा इन्जिनियरिङ ज्ञान–सीपसहितको व्यक्ति आउनु आवश्यक देखिन्छ । त्यसका लागि पहिला यही पेशाको पेशागत संगठनभित्र नै नेतृत्वको सही अभ्यास आवश्यक हुन्छ । देशै हाँक्न सक्ने क्षमतावान इन्जिनियरको एक उत्कृष्ट समूहलाई पेशागत संगठनको नेतृत्व दिन भदौ २८ गते नेपाल इन्जिनयर्स एसोसियसन (एनईए) को ३४औँ पदाधिकारी र कार्यसमिति निर्वाचन हुँदैछ । यही निर्वाचनमा नेतृत्व समूह (प्यानल) सहित अध्यक्षमा उम्मेवारी घोषणा गरेर प्रतिस्पर्धा गर्दैछन्, प्रतिभाशाली इन्जिनियर सुवासचन्द्र बराल । 

त्यसो त बरालले आफ्नो प्रभावशाली इन्जिनियरिङ क्षमताको परिचय जलविद्युत् आयोजनाका कयौँ जटिल संरचना, भवन तथा पुलहरू डिजाइन तथा निर्माण गरी दिइसकेका छन् । करिब साढे दुई दशकदेखि जलविद्युत् विकासका विभिन्न आयाममा क्रियाशील रहेका उनी नेतृत्व क्षमतामा मध्यमार्गी धारमा रहेर सन्तुलन कायम गर्न सक्ने अब्बल व्यक्तिको रूपमा परिचित छन् ।

देशका अनकन्टार ठाउँमा गएर जलविद्युत्को अध्ययन र विकास गरेको अनुभव बटुलिसकेका उनी सबैमाझ मृदुभाषी तथा शालीन व्यक्तित्वका रूपमा समेत चिनिएका छन् । देशको विकसित र पछाडि परेका ठाउँहरू तथा अगाडि र पछाडि परेका समुदाय सबै समानरूपमा अगाडि बढ्नुपर्छ भन्ने भावना राख्ने उनी एनईएको अध्यक्षका लागि योग्य उम्मेद्वार रहेको विज्ञ तथा विश्लेषकहरू पनि बताउँछन् ।

२०७२ सालको भूकम्पका बेला एनईएले सञ्चालन गरेको जनतासँग इन्जिनियर भन्ने कार्यक्रमको राष्ट्रिय संयोजक रही काम गरेका थिए । त्यतिबेला, ३ हजार ५ सय इन्जिनियर परिचालन गरी भूकम्प प्रभावित जिल्लाका ८० हजारभन्दा बढी घरधुरीको निशुल्क Rapid Visual Damage Assessment गरिएको थियो । साथै, ६ हजार इन्जिनियर÷आर्किटेक्टहरूलाई अल्पकालीन तथा दीर्घकालीन तालिमसमेत प्रदान गरिएको थियो ।

हाल बराल टेक्नोक्वारी कन्सल्टस प्रालिका प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेका छन् । यो कम्पनीले अहिलेसम्म ५७.३ मेगावाटको म्याग्दी खोला, ३५.१५ मेगावाटको ब्रम्हायणी, २० मेगावाटको कुनबान खोला, ३५ मेगावाटको न्यासिम खोला, ५० मेगावाटको नार खोला लगायत जलविद्युत् आयोजना अध्ययन पूरा गरेको छ ।

शैक्षिक पृष्ठभूमि

आमा–बुवा दुवै राजनीतिक पृष्ठभूमिका भएको हुँदा त्यही वातावरणमा उनको प्रारम्भिक शिक्षा शुरू भएको थियो । चितवनबाट विद्यालयसम्मको शिक्षा हासिल गरेका बरालले इन्जिनियरिङ अध्ययन संस्था, पुल्चोक (पुल्चोक इन्जिनियरिङ क्याम्पस) बाट सिभिल इन्जिनियरिङमा स्नातक र जलस्रोत इन्जिनियरिङमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेका छन् । यस्तै, अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट दिगो वातावरणीय व्यवस्थापनमा स्नातकोत्तर (एमएससी) सम्मको अध्ययन पूरा गरेका हुन् ।

व्यावसायिक अनुभव

उच्च शिक्षाको अध्ययन पूरा गरे लगत्तै व्यावसायिक पृष्ठभूमिलाई अगाडि बढाएका बराल अहिलेसम्म दर्जनौं संस्थामा अवद्ध रहेर काम गर्दै आएका छन् । हाल निम्न संस्थामा उनको आवद्धता रहेको छ ।

– अध्यक्ष : नेपाल हाइड्रो भेन्चर प्रा.लि. (सन् २०२३ देखि अहिलेसम्म)

– सञ्चालक : संयुक्त ऊर्जा लिमिटेड (सन् २०१५ देखि हालसम्म)

– प्रबन्ध निर्देशक : टेक्नोक्वायरी कन्सल्टस् प्रा.लि. (सन् २०१२ देखि हालसम्म)

– प्राविधिक सल्लाहकार : ए ड्रप अफ लाइफ हङकङ (सन् २०१४–२०१९)

– सल्लाहकार (पूर्वाधार विकास) : राष्ट्रिय योजना आयोग (सन् २०२१–२०२२)

– आयोजना प्रबन्ध : खानी खोला–१, जलविद्युत् आयोजना (४० मेगावाट, सन् २००९–२०१३)

– डिजाइन टिम लिडर : तल्लो हेवा खोला जलविद्युत् आयोजना (२२.१ मेगावाट, सन् २००६–२००८)

– कन्ट्र्याक्ट म्यानेजर : रत्ननगर साना शहरी खानेपानी आयोजना (सन् २००४–२००८)

– सम्पर्क प्रबन्धक : १३२ केभी कालीगण्डकी प्रसारण लाइन आयोजना (सन् २००२–२००३)

– सिभिल इन्जिनियर : महेश खोला पुल निर्माण, डुम्रे–बन्दीपुर (सन् २०००–२००२)

चुनावी प्रतिबद्धता

– सबै इन्जिनियर तथा आर्किटेक्चरहरूलाई इन्टर्नशिप, तालिम तथा क्षमता विकास गर्दै जाने ।

– एनईएलाई ज्ञान तथा अनुभवसहितको आफ्नै अनुसन्धान केन्द्र बनाउने ।

– भर्खर इन्जिनियरिङ पास गरेका, मध्यम खालका अनुभवी वा पूर्ण अनुभवी सबै तहका इन्जिनियरहरूलाई सोही अनुसारको तालिमको व्यवस्था गरी सम्बन्धित उद्योगहरूमा सम्पर्क गराउने ।

– अधिकतम रोजगारी सिर्जना गर्ने गरी शैक्षिक संस्था र उद्योगहरूबीच समन्वयमा काम गर्ने ।

– रोजगारदाता र रोजगारको खोजीमा रहेका व्यक्तिहरूलाई जोड्न एनईएमा डिजिटल रोजगार पोर्टल स्थापना गर्ने ।

– अनुगमन गर्ने निकायको हस्तक्षेपलाई कम गर्न नीतिगत तहमा वकालत र पैरवी गर्ने ।

– बढीभन्दा बढी इन्जिनियर तथा आर्किटेक्टलाई नीति–निर्माण तहमा सहभागी गराउने र विभिन्न इन्जिनियरिङ विधासँग सम्बन्धित मुद्दालाई अलग्गै निकायले हेर्ने व्यवस्था गर्ने ।

– हाल कायम रहेको सचिवहरूको संख्यालाई समानुपातिक रूपमा वृद्धि गर्ने ।

– सरकारी निकायहरूमा देखिएको प्राविधिक जनशक्तिको अभावलाई पूर्ति गर्ने ।

– इन्जिनियरका सबै खालका मुद्दालाई सम्बोधन गर्दै व्यावसायिक निकायसँग समन्वय विकास गर्ने ।

– निजी र सरकारी इन्जिनियरिङ क्याम्पसका सबै संकायबीचको भेदभाव हटाउने ।

– सरकार तथा सम्बद्ध निकायलाई निर्देशिका, मापदण्ड तथा नीति–नियमको तयारी र अद्यावधिक गर्न सहयोग गर्ने ।

– इन्जिनियरहरूको व्यावसायिक विकासका लागि अतिरिक्त पाठ्यक्रम तयारी तथा सञ्चालन गर्ने ।

– सबै प्रादेशिक समितिलाई बलियो बनाउँदै स्थानीय स्तरसम्म पहुँच विस्तार गर्ने ।

– विशेषतः दुर्गम क्षेत्रमा काम गर्ने इन्जिनियरका लागि तालिम र क्षमता विकासका प्याकेज डिजाइन तथा कार्यान्वयन गर्ने ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३