काठमाडौँ । सानिमा हाइड्रोले २ जना कर्मचारीको माग गरेको छ । कम्पनीले इलेक्ट्रिकल इन्जिनियर र कम्प्लायन्स अफिसरको माग गर्दै विज्ञापन प्रकाशित गरेको हो ।
कम्पनीले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर वा सो भन्दा बढी अध्ययन गरेको हाइड्रोपावर अपरेशन वा मर्मत क्षेत्रमा ३ वर्ष अनुभव र उक्त क्षेत्रबारे जानकारी भएका इलेक्ट्रिकल इन्जिनियरको माग गरेको हो । साथै स्नातकोत्तर गरी कानुन वा वित्तीय क्षेत्रमा २ वर्ष अनुभव भएको कम्पलिमेन्स अफिसर माग गरेको हो ।
आवेदन दिन इच्छुकले आफ्नो वैयक्तिक विवरण, शैक्षिक प्रमाणपत्र, काम गरेको अनुभवी पत्र र आफूले इच्छाएको तलबसहित कम्पनीमा इमेल ठेगानामा २५ सेप्टेम्बर २०२४ सम्ममा आवेदन पठाउनुपर्ने छ ।