काठमाडौँ । लामो समयदेखि जलविद्युत् विकासमा क्रियाशील ऊर्जा डेभलपर्स प्रालि अन्तर्गत निर्माणाधीन आयोजनामा खटाउन इलेक्ट्रिकल इन्जिनियरको जागिरका लागि आवेदन खुलाएको छ ।
आवेदन दिनका लागि इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेको हुनुपर्छ । कम्पनीका अनुसार आवेदकले हाइड्रो पावर परियोजनामा डिजाइन गर्ने र त्यसको समीक्षा गर्न सक्ने कागजात तथा इलेक्ट्रिकल कामहरू गर्न सक्ने हुनुपर्ने उल्लेख छ । साथै, जलविद्युत् क्षेत्रमा ३ वर्ष काम गरेका अनुभव हुनुपर्ने छ ।
कम्पनीका अनुसार आवेदकले आफ्नो योग्यतामा जलविद्युत् सम्बन्धी ज्ञान, संस्थागत व्यवस्थापन लगायत विषयको अनुभव उल्लेख गर्नुपर्ने छ । यस्तै, नेपालको विद्युत् क्षेत्र र विद्युत् प्राधिकरणको ग्रिड कोर्ड तथा नियम कानुन सम्बन्धमा पनि जानकार हुनुपर्ने छ । इच्छुक व्यक्तिका लागि यही जेठ ३० गतेसम्म आवेदन दिने समय तोकिएको छ ।