विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ फाल्गुण ९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आइतबार (फागुन ४ गते) बसेको बैठकबाट सर्वसम्मतले विधेयक पारित भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । यसपछि, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले गत जेठ ३१ गते उक्त विधेयक राष्ट्रियसभामा दर्ता गराएका थिए । असार १० गते यसबारे सामान्य र १७ गते दफावार छलफल भएको थियो । यसपछि माघ १८ गते विधायन समितिमा छलफलका लागि पेश भएको थियो ।

उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको पुनर्संरचनादेखि उसले गर्ने काम, कर्तव्य र अधिकारलगायत विषयसमेत संशोधन हुनेछन् । केन्द्रबाट हुँदै आएका काम चाँडो टुंग्याएर नयाँ संरचना अनुसार जानुपर्ने भन्दै अहिले थाति रहेका योजना पूरा गरिँदैछ ।

मन्त्रालयको जिम्मेवारीमा आएपछि मन्त्री खड्काले पुराना र थाति रहेका नीतिगत कामहरू धमाधम टुङ्ग्याउँदै लगेका छन्, जुन अघिल्ला मन्त्रीहरूले काम सुरु गरे पनि टुंगोमा पुर्‍याउन सकेका थिएनन् । खड्काले नै पूर्वमन्त्री बस्नेतले अगाडि बढाएको ‘ऊर्जा विकास मार्गचित्र, २०८१’ जारी गर्न सफल भए ।

यसैगरी, बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता होस् वा भारसँगको द्विपक्षीय वार्तामा विद्युत् आयात–निर्यातको दायरा फराकिलो बनाउनुका साथै आन्तरिक नीतिगत कामलाई उनले द्रुत गतिमा टुंग्याएका छन् । लामो समयदेखि संसदमा विचाराधीन रहेको नयाँ विद्युत् विधेयकसमेत आफ्नै कार्यकालमा पारित गराउन उनले सक्रियताका साथ पहल गरिरहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३