विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ ।  माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण स्थल पहुंचमार्गले जोडिएको छ । हाइड्रो इम्पायर प्रालि प्रबर्द्धक रहेको ३७ मेगावाट क्षमताको सो आयोजनाको बाँध, विद्युत्‌गृह र सुरुङको अडिट निर्माण स्थल जोड्ने सडक निर्माण भएको हो । मालिका गाउँपालिका–७ बिमको भारबाङदेखि कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा हुँदै बगर गाउँ नजिकैसम्म करीब २१ किलोमिटर पहुंच निर्माण गर्न सो क्षेत्रमा निर्माणका क्रममा रहेका माथिल्लो म्याग्दी, अपर म्याग्दी १, म्याग्दीखोला जलविद्युत् आयोजनाले साझेदारी गरेका छन् ।

माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले पहुंचमार्गमा पर्ने म्याग्दी नदीमाथि ५० र ३० मेट्रिकटन क्षमताको दुईओटा बेलिब्रिज जडान भइसकेको जानकारी दिए। पहुँचमार्ग, आवास र सैनिक क्याम्पको भवन, जेनेरेशन लाइन निर्माण सकिएको आयोजनाको सुरुङ, बाँध र विद्युत्‌गृह निर्माणको तयारी गरेको उनले बताए ।निर्देशक घर्तीका अनुसार अबको दुई वर्ष ६ महीनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सिभिल ठेकेदार परिचालित भइसकेको छ। धवलागिरि गाउँपालिका–४ मा पर्ने सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा बाँध, म्याग्दी खोलाको बायाँ किनारमा भूमिगत बालुवा थिग्याउने पोखरी, हेडरेस सुरुङ बन्ने आयोजनाको विद्युत्‌गृह म्याग्दी खोला र मुदी खोलाभन्दा एककिलोमिटर माथि प्रस्ताव गरिएको छ ।

तीन किलोमिटर पाँच सय ५३ दशमलव ३३ मिटर लामो सुरुङबाट ल्याइने पानी तीन सय दशमलव ८८ मिटर अग्लो हेडबाट विद्युत्‌गृहमा खसालेर विद्युत् उत्पादन गरिने भएको छ। आउटलेटदेखि विद्युत्‌गृहसम्म सात सय ९७ दशमलव ९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ । आयोजनाका लागि आवश्यक एक दशमलव ६९ हेक्टर निजी जग्गा खरीद गरिएको र तीन दशमलव ६९ हेक्टर सरकारी जग्गा प्रयोग गरेबापत शोधभर्नाको प्रक्रिया अगाडि बढाएको छ। आयोजनाका लागि आवश्यक विष्फोटक पदार्थ खरीदका लागि सम्बन्धित निकायबाट स्वीकृति लिई प्रक्रिया अगाडि बढाइएको प्रबन्ध निर्देशक घर्तीले बताए ।

स्राेत ः अभियान दैनिक

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३