काठमाडौँ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिएल) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दरखास्त आह्वान गरिएको छ । कम्पनीका वर्तमान सिइओ अर्जुनकुमार गौतमको कार्यकाल सकिन लागेकाले नयाँ सिइओ नियुक्तिका लागि कम्पनीले योग्य उम्मेदबारबाट दरखास्त आह्वान गर्दै पदपूर्तिसम्बन्धी सूचना शुक्रबार प्रकाशित गरेको हो ।
सूचना अनुसार जनप्रशासन, व्यवस्थापन, व्यापार, वित्त, अर्थशास्त्र, इन्जिनियरिङ, कानुनमा वाणिज्य, कम्पनी कानून मध्ये कुनै पनि विषयमा प्रथम श्रेणमीमा स्नातकोत्तर उत्तीर्ण गरेको र बैंकि, वित्तीय, कोष व्यवस्थान, इन्जिनियरिङ मध्ये कुनै पनि क्षेत्रमा कम्तीमा अधिकृत द्वितीय, वरिष्ड प्रबन्धक, नेपाल सरकारको राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको पदमा कम्तीमा ७ वर्षको कार्य अनुभव भएका व्यक्तिले उक्त पदमा आवेदन दिन सक्नेछन् ।
त्यस्तै, प्रथम श्रेणीमा स्नातक गरी चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरी नेपाल चार्टर्ड एकाउन्टेन्स् संस्थाबाट सदस्यता प्राप्त गरेको र अधिकृत स्तको पदमा चार्टर्ड उन्काउन्टेन्टको काम गरेको १० वर्षको अनुभव भएको आवेदकले समय उक्त पदमा आवेदन दिन सक्ने छन् ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र ३५ वर्ष पूरा गरी ५५ वर्ष ननाघेका योग्य नेपाली नागरिकले उक्त पदका लागि दरखास्त दिन सक्ने कम्पनीले प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
यस्ताे छ सूचना