विद्युत अपडेट

  • प्राधिकरण : ८९५८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३६२१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४९४३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १९११५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५२३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९७४ मे.वा.
२०८२ भदौ २२, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सूचीकृत कम्पनीको संस्थापक र साधारण सेयरलाई दुई समूहमा विभाजन गरी छुट्टाछुट्टै इन्टरनेसनल सेक्यिुरिटिज आइडेन्टिफिकेसन (आइएसआइएन) नम्बर दिने प्रस्तावित व्यवस्थाप्रति आपत्ति जनाएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले हालै नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष पेस गरेको प्रस्तावप्रति गम्भीर ध्यानाकर्षण भएको एनआरएनले आइतबार जनाएको हो ।

सिडिएससीले धितोपत्र बजारमा सेयरको सार्वजनिक निष्कासन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीको संस्थापक समूहको सेयर अभौतिकीकरण (भौतिक सेयरलाई विद्युतीय प्रणालीमा परिणत गर्ने) प्रक्रियामा संस्थापक र सर्वसाधारण सेयर गरी दुई वटा आइएसआइएन नम्बरको व्यवस्था गर्ने  प्रस्ताव गरेको हो । यस प्रस्ताव अनुसारको व्यवस्थाले नेपालको पुँजी बजार, लगानी वातावरण र गैरआवासीय नेपालीको लगानी नेपालमा ल्याउने योजनामा नकारात्मक असर पार्ने जनाएको छ ।

यस्तो प्रस्ताव कार्यान्वयनमा गएमा विदेशमा बसोबास गर्ने नेपाली संस्थापक लगानीकर्तामा भ्रम र निराशा फैलिने, सेयर कारोबारमा अन्योल बढ्ने र दीर्घकालीन रूपमा पुँजी बजारको स्थायित्व र पारदर्शितामा गम्भीर असर जनाएको हो ।

गैरआवासीय नेपालीले नेपालमा लगानीको स्थायित्व, पारदर्शिता, र कानुनी स्पष्टता जस्ता वातावरणको अपेक्षा गरेको एनआरएनएले जनाएको छ । यद्यपि, प्रस्तावित व्यवस्था कार्यान्वयन भए संस्थापक सेयरधनीले आफ्नो सेयर बेच्नसमेत कठिन हुने, वैदेशिक लगानी फिर्ता गर्न नसकिने परिस्थिति बन्ने, र कानुनी अन्योलको वातावरणले अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक सन्देश जाने खतरा छ ।

सेबोन, अर्थ मन्त्रालय, र सिडिएससीलाई यो प्रस्तावमा पुनर्विचार गर्न सन्तुलित निर्णय लिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३