विद्युत अपडेट

  • प्राधिकरण : ८२७० मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९८३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३३०९ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७२८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ६५६६२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९७३ मे.वा.
२०८२ भदौ १८, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । टाइम्स इनर्जी प्रालिले निर्माण गर्ने ३४१ मेगावाटको बूढीगण्डकी आंशिक–जलाशय जलविद्युत् आयोजनामा १० बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने टुङ्गो लागेको छ । यो स्वदेशी निजी क्षेत्रले निर्माण गर्न लागेको सबैभन्दा ठूलो आयोजना हो ।

लगानी व्यवस्थापन गर्न नेपाल इनभेष्टमेन्ट मेगा बैंकले नेतृत्व लिने र नबिल बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेड र ग्लोबल आइएमइ बैंक लिमिटेडले सह–नेतृत्वकर्ताको भूमिका निर्वाह गर्ने कम्पनीले जानकारी दिएको छ । साथै, अन्य लगानीकर्तामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल), माछापुच्छ्रे बैंक लिमिटेड, सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेड, नेपाल पूर्वाधार बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेड रहेका छन् ।

कुल ७० अर्ब रुपैयाँ लगानी अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत बैंक (५२.५० अर्ब रुपैयाँ) मार्फत र २५ प्रतिशत (१७.५० अर्ब रुपैयाँ) स्वपुँजी लगानी हुने छ । साथै, मुख्य स्वपुँजी लगानीकर्ता साहास ऊर्जाले ५१ प्रतिशत (८.९२५ अर्ब रुपैयाँ) लगानी गर्ने कम्पनीका अध्यक्ष हिमप्रसाद पाठकले जानकारी दिए ।

टाइम्स इनर्जीका अनुसार प्रवर्द्धक र बैंकहरूबीच साउन २२ गते (बिहीबार) लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने छ । उल्लिखित बैंकहरूले के कति लगानी लगानी गर्ने भन्ने विषयमा प्रवर्द्धकले खुलाएको छैन । टाइम्स इनर्जी साहास ऊर्जा प्रालिको सहायक कम्पनी हो, साहास ऊर्जाले यसअघि सोलुखुम्बुमा ८६ मेगावाटको सोलु–दूधकोसी निर्माण गरी सञ्चालन गरिरहेको छ ।

कम्पनीले निर्माण गर्ने बूढीगण्डकी गोरखाको चुम नुब्री र धार्चे गाउँपालिकामा निर्माण गर्ने छ । अहिलेसम्म आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ भने विद्युत् विकास विभागबाट २०८० साल पुस ५ गते नै उत्पादन अनुमतिपत्र प्राप्त गरेको छ ।

आंशिक–जलाशय अर्थात् आयोजना पिकिङ रन अफ दि रिभर (पि–आरओआर) प्रकृतिको यस आयोजनाको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारामा रहने गरी डिजाइन गरिएको छ । आयोजनाको दैनिक ५ घन्टाको दरले पिकिङ हुने गरी पोखरी निर्माण गरिने छ । यसको डिजाइन बहाव १००.२७ घनमिटर प्रतिसेकेण्ड र कुल हेड ३९८ मिटर रहने छ ।

बूढीगण्डकी नदीमा बाँध बाँधी खोलाको दायापट्टि निर्माण हुने  इन्टेकबाट पानीलाई फर्काइ आयोजनाको मुख्य  संरचनाहरूः सेटलिङ बेसिन, हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप हुँदै विद्युत्‌गृहमा पुर्‍याउने गरी डिजानइ तयार भएको कम्पनीले जनाएको छ । भूमिगत विद्युत्‌गृहमा ५७ मेगावाटका ६ वटा भर्टिकल एक्सिस पेल्टोन टर्बाइनमार्फत विद्युत् उत्पादन गरिने छ ।

आयोजनाबाट २०८७ साल पुस १५ गतेदेखि व्यावसायिक उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको छ । जसबाट वार्षिक १८६७ गिगावाट घन्टा विद्युत् उत्पादन हुने छ । उत्पादित विद्युत् विद्युत्‌गृहदेखि करिब ४५ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण गरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) द्वारा निर्माण हुने ४०० केभीको नुवाकोटको रातमाटे सबस्टेसनमा जोडिने छ ।

निजी क्षेत्रले यसअघि पूर्वको तमोर नदीमा २८५ मेगावाटको माथिल्लो तमाेरमा लगानी व्यवस्थापन गरी निर्माण गरिरहेको छ । जसको कुल लगानी ५५ अर्ब रुपैयाँ अनुमान गरिएको छ । एभरेष्ट बैंक लिमिटेडको नेतृत्वमा प्रवर्द्धक तमोर इनर्जी प्राली र अन्य बैंकहरूबीच २०८१ साल जेठ २४ गते लगानी सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३