images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । लमजुङ जिल्ला भुलभुलेमा निर्माणाधीन ५० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनामा खटाउनका लागि २४ प्राविधिक माग गरिएको छ । सिनो हाइड्रो–सगरमाथा पावर कम्पनी प्रालि अन्र्तगत निर्माणाधीन आयोजनामा खटाउन दक्ष तथा प्राविधिक माग गरेको हो ।

कम्पनीले विभिन्न विभागका लागि ५ जना ‘टिम लिडर’ माग गरेको छ । मर्मत विभागका लागि १, निरक्षण विभागका लागि २ र सञ्चालन विभागका लागि २ जना ‘टिम लिडर’ माग गरेको हो । मर्मत र सञ्चालन विभागमा काम गर्नका लागि मेकानिकल÷इलक्ट्रिकल इन्जिनियरिङमा स्नातक, निरक्षण विभागका लागि भने इलेक्ट्रिकल इन्जिनियरीङमा स्नातक गरेको हुनुपर्ने छ । यी सबैका लागि सम्बन्धित क्षेत्रमा ४ देखि ५ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।

यसैगरी, मर्मत विभागका लागि थप ६ र सञ्चालन विभागका लागि पनि थप ४ जना प्राविधिक आवश्यक परेको कम्पनीले जानकारी दिएको छ । यसैगरी ८ जना सञ्चालक मागेको छ । यसका लागि सम्बन्धित विषयमा ३ देखि ४ वर्ष कार्यानुभव भएको र चिनियाँ तथा अग्रजी भाषामा सक्षम हुनुपर्नेछ ।

स्वस्थ्य सुरक्षा तथा वातावरण विभागका लागि १ जना चिकित्सक माग गरेको छ । यसका लागि पब्लिक हेल्थमा स्नातक गरेको, सम्बन्धित क्षेत्रमा ७ वर्षको अनुभव भएको हुनुपर्नेछ । यी सबैका लागि चिनियाँ तथा अंगे्रजी भाषामा सक्षम हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्रमा आवेदन दिइसक्नुपर्नेछ । आवेदकले आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit