विद्युत अपडेट

  • प्राधिकरण : ८९५६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०२८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६२३० मे.वा.घन्टा
  • आयात : २२५३ मे.वा.घन्टा
  • निर्यात : ६४५८ मे.वा.घन्टा
  • ट्रिपिङ : १५०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५१९६९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८२ मे.वा.
२०८२ असार १, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले आगामी साउन महिना भित्रै वीरगञ्ज महानगरपालिका भित्रमा सञ्चालन हुने नयाँ खानेपानी आयोजनाहरूको टेन्डर आह्वान गरिने बताएका छन् ।

गत जेठ २६ गते (सोमबार) खानेपानी मन्त्रालय सिंहदरवारमा वीरगञ्जको खानेपानी तथा ढलको समस्या समाधान गर्न आयोजित छलफल कार्यक्रममा मन्त्री यादवले वीरगञ्ज महानगरपालिकामा एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालन गरिने खानेपानीका आयोजनाहरूको निर्माणका लागि एडिबीसँग थप प्राविधिक र वित्तीय छलफल गरी टेन्डर आह्वान गरिने बताए ।

‘एडिबीको ऋण सहयोगमा सञ्चालन हुने कुल १२ वटा आयोजनामध्ये, पहिलो चरणमा कम्तिमा छ वटा आयोजनाहरूको तत्काल सुरुवात गर्ने गरी काम अघि बढाउने छौँ । यसका लागि सम्बद्ध सबै निकायबीच आवश्यक समन्वय र सहकार्यलाई अझ सुदृढ बनाइनेछ, उनले बताए ।’

खानेपानी मन्त्रालय, वीरगञ्ज महानगरपालिका लगायत सबै सरोकारवालाहरुकोे साझा प्रयासले वीरगञ्ज महानगरवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने मन्त्री यादवले विश्वास व्यक्त गरे ।

आजको उक्त छलफलले सकारात्मक परिणाम स्वरूप, आगामी साउन महिनाभित्रै वीरगञ्ज महानगरपालिकामा सञ्चालन गरिने खानेपानी आयोजनाहरूको निर्माणका लागि एडिबीसँग थप प्राविधिक र वित्तीय छलफल गरी टेन्डर आह्वान गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।

आजको उक्त छलफल कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, खानेपानी मन्त्रालयका सचिव ई. प्रमिलादेबी शाक्य बज्राचार्य, सहसचिव ई. मीना श्रेष्ठ, ई. रमाकान्त दुवाडी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठ, नेपाल खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकाल लगायतका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३