विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको हवाई इन्धन डिपो बाहिर सार्ने आवश्यक नयाँ डिपोको डिपिआर तयार भएको छ । गुह्येश्वरी नजिक नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने ५० रोपनी क्षेत्रफलको जग्गामा डिपो स्थानान्तरण गर्न आवश्यक डिपिआर तयार पारिएको हो । सिनामंगलमा रहेको डिपो स्थान्तरणका लागि पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले तयार पारेको डिपिआर बिहीबार निगमलाई हस्तान्तरण गरिएको छ ।

निगमले २०८४ मंसिरभित्र अत्याधुनिक डिपो बनाएर स्थानान्तरण सक्ने जनाएको छ । नयाँ डिपो निर्माणका लागि कम्पनी छनोट गर्न आउँदो भदौमा बोलपत्र आह्वान गर्ने तयारी निगमको छ । डिपो स्थानान्तरणका लागि डिपिआर तयार गर्न निगमले गत मंसिरमा  पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग सम्झौता गरेको थियो ।

डिपिआर हस्तान्तरण कार्यक्रममा नेपाल आयल निगम सिनामंगल डिपोका प्रमुख प्रदीपकुमार यादवले पुराना प्रविधिका डिपो विस्थापित गरी नयाँ प्रविधिका डिपो निर्माण गर्न लागिएको बताए । उनकाअनुसार सरकारी इन्जिनियरबाट पहिलो पटक ६ अर्ब ५४ करोडको प्रोजेक्टको डिपिआर निर्धारित समयभित्रै बुझाउने काम भएको छ । यसले आगामी दिनमा परियोजनालाई अघि बढाउन सघाउ पुग्ने छ । पहिला पनि आयल निगमले पुल्चोक इन्जिनियरिङको सहयोगमा पोखरामा एयर डिपो बनाएको बताए ।

उनले जहिले पनि एडीबी, विश्व बैंकको सहयोग लिने र बाहिरका विज्ञलाई डिपिआरमा गुहार्ने तर उनीहरूले समयमै काम नगरिदिँदा आयोजनामा ढिलाइ हुने गरेको बताए । उनले डिपिआर निर्माणको काम नेपालीले राम्रोसँग गर्नसक्ने बताए ।

‘विगतमा नागरिक उड्यन प्राधिकरणले जुन डिपिआर बनाउन एडीबीलाई गुहारेर जर्मनको हन्सा कन्सल्टलाई बोलाएर ५०औँ करोड खर्च गरे त्यो डिपिआर पुल्चोक इन्जिनियरिङ क्याम्पसले १ करोड ९८ लाखमा समयमै बनाएर दिएको छ,’ उनले भने, ‘हाम्रा नेपाली इन्जिनियरले बनाएका छन् । जुन सेक्टरमा हामी अघि बढ्दैछौँ, त्यो क्षेत्रमा हाम्रा नेपाली व्यवसायी, नेपाली इन्जिनियरलाई हामीले प्रोत्साहन गर्नुपर्छ ।’

पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक डा. सुरज लामिछानेले निगमसँगको सम्झौताअनुसार नै संस्थानले समयमै काम सकेर डिपिआर बुझाएको बताए । ‘इन्जिनियरिङ कलेजका सम्पूर्ण प्राविधिकहरूको सहयोगमा समयमै काम सम्पन्न गरेर आयल निगमलाई डिपिआर बुझाउन सफल भएका छौँ,’ उनले भने, ‘यसमा सहयोग गर्ने सबैलाई धन्यवाद । आयल निगमले जुन प्रकारको इनर्जि देखायो त्यसले आगामी दिनमा नेपालका इन्जिनियरहरुलाई समेत अघि बढ्न ठूलो सहयोग मिल्ने छ ।’

त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलसँगै जोडिएका कारण आयल निगमको डिपोले विमानस्थल र स्थानीयवासीलाई जोखिम बढाएको भन्दै आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३