काठमाडौँ । सानिमा हाइड्रो कम्पनीले इन्जिनियरसहित ७ जना प्राविधिक कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न तह र विधाका इन्जिनियरहरू माग गर्दै विज्ञापन प्रकाशित गरेको हो ।
कम्पनीले नक्सा निर्माणसम्बन्धी काम गर्ने योग्यता भएका ३ जना जुनियर लेभलका डाफ्ट पर्सन वा सिभिल ओभरसियरको माग गरेको छ । सिभिल इनिजनिइरिङ विषयमा इन्टरमेडियट तह पास गरेका, आर्किटेक्चर वा प्राविधिक स्कुलमा इन्जिनियरिङ ड्रइङ अध्ययन गरेकाहरूले यो पदमा आवेदन दिन सक्ने जनाएको छ ।
त्यस्तै, जुनियर लेभलका ३ जना सिभिल इन्जिनियरको माग गरेको छ । सिभिल इन्जिनियरिङ विषयको अध्ययन पूरा गरी सम्बन्धीत क्षेत्रमा १ देखि २ वर्षको कार्यानुभव भएकाहरूयो पदमा आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।
सिभिल इन्जिनियरिङ विषयमा स्नातकोत्तर अध्ययन पूरा गरी सम्बन्धित क्षेत्रमा ५ वर्षको कार्यानुभव भएका १ जना सिनियर लेभलको सिभिल इन्जिनियरको माग गरेको छ ।
आवेदन दिन इच्छुकले आफ्नो वैयाक्तिक विवरण, शैक्षिक प्रमाणपत्र, काम गरेको अनुभव पत्र र आफूले इच्छाएको तलबसहित कम्पनीमा २५ अक्टोबर २०२४ सम्म आवेदन पठाउनुपर्ने कम्पनीले उल्लेख गरेको छ ।