विद्युत अपडेट

  • प्राधिकरण : ८२५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १०९०८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६३५३ मे.वा.घन्टा
  • आयात : २९९५ मे.वा.घन्टा
  • निर्यात : ३८५९ मे.वा.घन्टा
  • ट्रिपिङ : ३० मे.वा.घन्टा
  • ऊर्जा माग : ४८५३६ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २२७८ मे.वा.
२०८२ जेठ १९, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सरकारले आर्थिक वर्ष (आव) २०८२/८३ को बजेट तथा कार्यक्रममा सिँचाइ क्षेत्रमा पनि उल्लेख्य उपलब्धि हासिल गर्ने लक्ष्य लिएको छ । यस वर्ष १४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने, ६३ किलोमिटर तटबन्ध निर्माण र २७० हेक्टर जमिन नदी उकासबाट जोगाइने उल्लेख छ ।

यसैगरी, सात वटै प्रदेशका प्रमुख सहरहरूमा भूकम्प वा बाढी प्रभावित सिँचाइ संरचनाको पुनःनिर्माण कार्य पनि तीव्र गरिने भनिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको योजना अनुसार ५ वर्षभित्र ४ लाख ६८ हजार हेक्टर जमिनमा लिफ्ट सिँचाइ सुविधा पुर्‍याउने छ ।

सिँचाइतर्फका प्राथमिकताका कार्यक्रमहरू

–    कृषियोग्य भूमिमा सिञ्चित क्षेत्र विस्तार गर्न सिँचाइ पूर्वाधारको विकास गरिने ।

–    बहुउद्देश्यीय आयोजनाको हेडवक्र्स, नहर, सुरुङ, पावरहाउस र वितरण प्रणाली एकसाथ सम्पन्न हुने गरी निर्माण गरिने ।

–    बबई, रानी जमरा कुलरिया, महाकाली, प्रगन्ना–बड्कापथ सिँचाइ आयोजनाहरू आगामी तीन वर्षभित्र सम्पन्न गरिने ।

–    सिक्टा र बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाको निर्माणलाई तीव्रता दिइने । यसका लागि रु. ८ अर्ब ५० करोड विनियोजन ।

–    भेरी–बबई डाइभर्सन आयोजनाको हेडवर्कस् र पावरहाउस निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्न २ अर्ब ७ करोड रुपैयाँ विनियोजन ।

–    सुनसरी–मोरङ, चन्द्र नहर, कमला, नारायणी, गण्डक, राजापुर लगायत सिँचाइ प्रणालीको मर्मत–सम्भार, पुनस्र्थापना तथा व्यवस्थापन सुधार गर्न १ अर्ब ८२ करोड रुपैयाँ विनियोजन ।

–    सुनकोसी–मरिन डाइभर्सन आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइने ।

–    वागमती सिँचाइ आयोजनाको स्तरोन्नति गरी सुनकोसी–मरिन पथान्तरण आयोजनाबाट थप हुने पानीको उपयोगबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका १ लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरिने । यसका लागि २ अर्ब ७३ करोड रुपैयाँ विनियोजन ।

–    आगामी पाँच वर्षसम्म पहाडी र हिमाली क्षेत्रका कृषियोग्य टारहरूमा लिफ्ट सिँचाइ सुविधा विस्तार गरी ४ लाख ६८ हजार हेक्टरमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराइने ।

–    तराई र भित्री मधेशमा भूमिगत जल–सिँचाइ सुविधा उपलब्ध गराउन निर्माणाधीन आयोजना सम्पन्न गरिने । यसका लागि ३ अर्ब ३१ करोड रुपैयाँ विनियोजन ।

–    सडक, सिँचाइ र जलविद्युत् आयोजनामा सुरुङ प्रविधिको प्रयोग प्रवर्द्धन गर्न निजी क्षेत्रले टनेल बोरिङ मेसिन पैठारी गर्दा १ प्रतिशत भन्सार महसुल लिई बाँकी कर तथा महसुल छुट दिइने ।

–    राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कृषि तथा पशुपालनतर्फका २१ सुपरजोन र २०६ जोनमा सिँचाइ, मल, बिउ र प्रविधिका लागि पुँजीगत अनुदान तथा सहुलियत उपलब्ध गराउन रु. ३ अर्ब ५० करोड विनियोजन । यस कार्यक्रममार्फत ४ हजार ८ सय ५० हेक्टर जमिनमा उन्नत प्रविधिसहित १५ बालीवस्तुको क्षेत्र विस्तार गरिने ।

–    साना सिँचाइ पूर्वाधार विकास गरी थप ६ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराइने ।

–    दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेशका २२ जिल्लामा चैते धान खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने । यसबाट थप १२ लाख मेट्रिक टन धान उत्पादन हुने अपेक्षा ।

–    चैते धान खेतीका लागि सिँचाइ पूर्वाधार निर्माण गर्न रु. ३३ करोड विनियोजन ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३