विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८७१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६४६९ मे.वा.घन्टा
  • आयात : २२११ मे.वा.घन्टा
  • निर्यात : ४६६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४५१५३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २११७ मे.वा.
२०८३ ब‌ैशाख १७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
भिडियो अन्तर्वार्ता

सांसद दीपक खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार सम्हालेको झण्डै ४ महिना पुग्यो । यसबीचमा धेरै नीतिगत सुधारका प्रयास देखिएका छन् । लामो समयदेखि गिँजोलिएको ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल विवाद समाधानोन्मुख छ । देशका विभिन्न ठाउँमा निर्माण भइरहेका प्रसारण लाइनका अवरोध हटेर काम सुचारु भएको छ । निर्माणको अन्तिम चरणमा रहेका जलविद्युत् आयोजना छिटो पूरा गर्न सहजीकरण गरिएको छ । दैनिक आइपर्ने समस्या समाधानले पनि गति लिएको देखिन्छ ।

अर्कोतर्फ, भारतको बाटो हुँदै बंगलादेशसम्म ४० मेगावाट जलविद्युत् निर्यातको सम्झौता भई निर्यात सुरु भएको छ । हिउँद लागेसँगै देशको माग र आपूर्तिबीच सन्तुलन मिलाउन भारतबाट विद्युत् आयात गर्ने प्रक्रिया टुंगो लागेको छ । यद्यपि, यी नियमित प्रक्रिया एव्म कामहरू हुन् । मन्त्रालयले लिनुपर्ने दीर्घकालीन नीतिगत र कूटनीतिक निर्णय तथा योजनाका धेरै कामहरू छन् । नयाँ विद्युत् विधेयक लामो समयदेखि संसदमा विचाराधीन छ । साथै, विद्युत् विकासमा सरकारले राखेको लक्ष्य पूरा गर्न केही जलाशय आयोजना विकास गर्नुपर्ने टडकारो देखिएको छ । देशको विद्युत् प्रणालीलाई बचाइराख्न र ऊर्जा सुरक्षाका लागि समेत यो अपरिहार्य देखिएको छ । यिनै केही महत्त्वपूर्ण विषयमा केन्द्रित रहेर मन्त्री खड्कासँग ऊर्जा खबरले अन्तर्वार्ता गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३