विद्युत अपडेट

  • प्राधिकरण : ७५३७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३३८४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४०९५१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २२७९३ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ६१९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९१० मे.वा.
२०८२ असोज ३, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । तनहुँ हाइड्राेपावर लिमिटेडले विकास गरिरहेको १४० मेगावाटको तनहुँ जलाशय आयोजनाको विद्युत्‌गृह निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजना निर्माणको प्याकेज–२ अन्तर्गत पर्ने विद्युत् गृह निर्माणको धेरैजसो काम सकिएको हो ।

यस प्याकेजअन्तर्गतको इलेक्ट्रोमेकानिकल उपकरण जडानको कार्यसमेत चलिरहेको छ । यद्यपि, यो काम प्याकेज–१ को हाइड्रोमेकानिकल कार्यसँग अन्तरसम्बन्धित रहेकोले पूरा गर्न समय लाग्ने देखिएको प्रवर्द्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छवि गैरेले बताए । उनका अनुसार हाइड्रोमेकानिकल कार्यको प्रगति हालसम्म १५ प्रतिशतभन्दा कम रहेको छ ।

यस प्याकेजअन्तर्गत वाटर–वे, विद्युत्‌गृह र सम्बन्धी उपकरण आपूर्ति कार्यको काम सिनोहाइड्रो कर्पोरेशन चीनले गरिरहेको छ । उक्त प्याकेजेको ठेक्का सम्झौता २०७५ असोज १५ गते भई निर्माण सुरु गरिएको थियो ।

बाँध निर्माणमा न्यून प्रगति

सिइओ गैरेका अनुसार आयोजना निर्माणको प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणको प्रगति भने न्यून देखिएको छ । बाँध निार्मणका लागि ९ लाख घनमिटर क्रंकिट लाग्नेमा हालसम्म करिब ६० हजार घनमिटर कंक्रिट मात्र हालिएको छ । जटिल कार्य मानिको यस प्याकेजअन्तर्ग हाइड्रो मेकानिकल निर्माणको काममा भने प्याकेज–२ सँग अन्तरसम्बन्धित भएर गर्नुपर्ने र यसमा समय लाग्ने देखिएको छ । २०७७ चैत ९ (२२ मार्च २०२१) मा ठेक्का सम्झौता गरी सोङ्दा–कालिका जेभी कम्पनीले यो प्याकेजको कार्य गरिरहेको छ ।

वनका कारण प्रसारण लाइनमा ढिलाइ 

प्याकेज–३ अन्तर्गत ३३ किलोमिटर लामो २२० केभी प्रसारण लाइन निर्माणअन्तर्गत ९६ टावरमध्ये ७८ टावरको जग निर्माणको काम सकिएको छ । यस मध्ये ६९ वटा टावरको जडानसमेत भइसकेको छ । वन क्षेत्रमा पर्ने बाँकी टावर निर्माणका लागि वन विभागसँग सम्झौता हुन नसकेकोले रोकिएको छ । २०७५ पुस १० गते केइसी इन्टरनेशनल लिमिटेड इन्डियाले ठेक्का सम्झौता गरी यो प्याकेजको काम गरिरहेको छ ।

त्यस्तै, आयोजनाका लागि वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानका लागि ऐन बमोजिम वृक्षारोपण तथा जग्गाको रकम भुक्तानी गर्न ५ अर्ब ८५ करोड रुपैयाँ लाग्ने देखिएकोले त्यसको स्रोत सुनिश्चिता हुन नसकेको उनले बताए । त्यस्तै, ५ किस्तामा वन विकास कोषमा रकम जम्मा गर्न अनुरोध गरिए पनि हालसम्म निर्णय नभएकोले प्रसारण लाइन निर्माणमा अवरोध भइरहेको उनको भनाइ छ । 

आयोजना निर्माणमा लेह्मेयर इन्टरनेशनल जिएमबीएचले परामर्श सेवा दिइरहेको छ । वातावरणीय तथा सामाजिक सुरक्षणका लागि इएलसी इटाली र जिइओसिईको सहकार्यमा काम भइरेको छ ।

झण्डै १३ अर्ब लागत बढ्ने

आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर (आजको मूल्यमा ७० अर्ब ९३ करोड २३ लाख रुपैयाँ) अनुमान गरिएकोमा लागत बढेर थप ९२.३८ मिलियन अमेरिकी डलर (आजको मूल्यमा १२ अर्ब ९७ करोड ५६ लाख ९४ हजार रुपैयाँ) बढी लाग्ने देखिएको छ । उक्त थप लागतका लािग वित्तीय स्रोतको व्यवस्थापन गर्नुपर्ने भएको सिइओ गैरेको भनाइ छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत अर्थमन्त्रालयसँग अनुरोध गरिएको छ । 

नेपाल सरकार, विद्युत् प्राधिकरण तथा दातृ निकायहरू एडिबी, इआइबी र जाइकाको संयुक्त लगानीमा आयोजना निर्माण भइरहेको हो । आयोजना निर्माण पूरा गर्ने कार्यमा देखिएका र देखिन सक्ने समस्या समाधानका लागि सरकारका सम्पूर्ण सरोकारवाला मन्त्रालय तथा निकायहरू र सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको उनले बताए ।

तस्बिरहरू

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३