विद्युत अपडेट

  • प्राधिकरण : ८६३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५८७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १८६९४ मे.वा.घन्टा
  • आयात : ३३०२ मे.वा.घन्टा
  • निर्यात : १४८७ मे.वा.घन्टा
  • ट्रिपिङ : १२१० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७१९ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : १९०१ मे.वा.
२०८२ जेठ ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । शिलन्यास भएको ४ वर्षभन्दा बढी हुँदासम्म राष्ट्रिय गौरवको सूचीमा रहेको सुनकोसी–मरिन बहुउद्देश्यीय आयोजनाको प्रगति जम्मा ९ प्रतिशतमै सीमित रहेको छ । ठेकेदारलाई सही ढंगले परिचालन गरेर काम गर्न नसक्दा प्रगति निराशाजनक देखिएको हो ।

जलस्रोत तथा सिँचाइ विभागका अनुसार अहिलेसम्म जम्मा ८.८१ प्रतिशतमात्र निर्माण पूरा भएको छ । विभागका महानिर्देशक सञ्जीव बरालले समेत ठेकेदारलाई सही ढंगले परिचालन गर्न नसक्दा निर्माणमा ढिलाइ भएको स्वीकार गरेका छन् ।

आयोजनाको प्रगतिको विषयमा शुक्रबार जानकारी लिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले निर्माणमा ध्यान दिएर कामलाई तीव्रता दिन निर्देशन दिए । सन् २०२७ सम्म हेडवक्र्स अर्थात् बाँध क्षेत्रको निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि त्यसअनुसार काम नभएकोमा उनले असन्तृष्टि जनाएका छन् ।

काम पाइने लोभले एउटै ठेकेदारले कम शुल्कमा ठेक्का पारेर धेरै आयोजना लिने र समयमै सम्पन्न नगर्ने प्रवृतिका कारण विकास निर्माणले गति लिन नसकेको चिन्ता व्यक्त गरेका छन् । ‘देश नै वर्वाद हुने स्थिति उत्पन्न हुनु राम्रो होइन, अर्बौँ रकम खर्च गर्दा पनि प्रगति शुन्य छ,’ उनले भने, ‘यस्तो तरिकाले मुलुकको विकास सम्भव छैन ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले २०७७ साल फागुन २० गते आयोजनाको शिलन्यास गरेका थिए । शिलन्यास गरेको करिब १९ महिनापछि अर्थात् २०७९ साल असोज २८ गते टनेल बोरिङ मेसिन (टिबिएम) बाट सुरुङ खन्न सुरु भएको थियो ।

सुनकोसीको पानी १३ किलोमिटर लामो सुरुङ खनेर ६७ क्युसेक पानी सिन्धुलीस्थित मरिन खोलामा झारेर कृषियोग्य भूमिमा सिँचाइ गर्नुका साथै विद्युत उत्पादन गर्ने लक्ष्यअनुसार आयोजना अगाडि बढाइएको छ ।

सुर्खेतको हात्तीखालमा भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी (कोभेक) ले नै सुनकोसी–मरिनको काम पनि पाएको छ । कोभेकले यसअघि भेरी–बबई डाइभर्सनको १२.२ किलोमिटर सुरुङ तोकिएको समयभन्दा ६ महिना अगाडि र लागतभित्रै पूरा गरेको थियो ।

आयोजनाको बाँध, सुरुङ र विद्युत्‌गृह संरचना बनाउन ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कोभेकसँग २०७७ साल फागुनमा भएको सम्झौता अनुसार सुनकोसी–मरिनको सुरुङ खन्नमात्र १० अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण छ । आयोजनाको सुरुङ २२ महिनाभित्र पूरा गरिसक्ने कोभेकले जनाएको थियो तर विभागकै कमजोर समन्वयका कारण काममा ढिलाइ हुने देखिएको छ ।

सुनकोसी मरिन डाइभर्सन आयोजनाले हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । सञ्चालनरत राजमार्गलाई ९ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । यस्तै, बाँध तथा विद्युत्‌गृह निर्माण गर्न भारतीय कम्पनी पटेल इजिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ ।

आयोजनाको निर्माणका लागि आर्थिक वर्ष (आव) २०७८/७९ मा २ अर्ब रुपैयाँ खर्च भएको थियो भने आव २०७९/८० का लागि २ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । अध्ययनअनुसार आयोजनाको मुख्य सुरुङ सुनकोसी र तामाकोसी नदी संगमस्थलबाट ९ सय मिटर सिन्धुलीको खुर्कोटतर्फ १२ मिटर उचाइको बाँध बनाइ निर्माण हुनेछ । ६६ मिटर उचाइबाट पानी खसालेर ३१ मेगावाट विद्युतसमेत उत्पादन गर्ने योजना छ । सिन्धुली र रामेछापमा निर्माण हुने उक्त आयोजनाले बागमती र मधेस प्रदेशलाई जोड्नेछ ।

यस आयोजनाबाट मात्रै तराईको ७७ हजार हेक्टर जमिनमा थप सिँचाइ पुग्ने अध्ययनले देखाएको छ । अहिलेसम्म बागमती सिँचाइमार्फत तराईको ४५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगिरहेको छ । बागमती सिँचाइ र सुनकोसी–मरिनबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३