विद्युत अपडेट

  • प्राधिकरण : ८६३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५८७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १८६९४ मे.वा.घन्टा
  • आयात : ३३०२ मे.वा.घन्टा
  • निर्यात : १४८७ मे.वा.घन्टा
  • ट्रिपिङ : १२१० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७१९ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : १९०१ मे.वा.
२०८२ जेठ ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा पनि पटक-पटक विद्युत् काटिने समस्या रहेको र त्यस्तो समस्या समाधान गर्न छानबिन समिति समेत गठन गरिएको पाइएको छ । उक्त पदमा हितेन्द्रदेव शाक्य आएपछि बढी समस्या देखिएको भन्ने आम गुनासो आएपछि प्राधिकरणले यस्तो तथ्य बाहिर ल्याएको हो ।

घिसिङको कार्यकालमा पनि काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा लाइन ट्रिपिङ हुने, तार जल्ने तथा ट्रान्सफर्मर पड्किने समस्या रहेको प्राधिकरणले जानकारी दिएको छ । त्यतिबेला प्रणालीमा समस्या आउनुका साथै विभिन्न ठाउँमा ट्रान्सफर्मर जल्ने वा आगलागी हुने, ट्रान्सफर्मर नै चोरी हुने घटना देखिएका थिए ।

त्यसको एउटा नमुनाको रूपमा चितवन भरतपुरस्थित आँपटारी क्षेत्रमा भएको नियमित विद्युत् अवरुद्धको घटनालाई लिन सकिन्छ । प्राधिकरणका अनुसार उक्त समस्याका विषयमा छानबिन गर्न २०८० साउन २६ गते समिति नै गठन गरिएको थियो ।

आयोजना व्यवस्थापन निर्देशनालयका उप-कार्यकारी निर्देशक ताराप्रसाद प्रधानको संयोजकत्वमा कार्यकारी निर्देशकको सचिवालयकै तत्कालीन निर्देशक कमल आचार्य, प्रसारण निर्देशनालयका प्रवन्धक थर्कबहादुर थापा, ईलेक्ट्रो मेकानिकल वर्कशप निर्माण आयोजनाका उप-प्रबन्धक सुरज दाहाल र ग्रीड सञ्चालन विभागका ईन्जिनियर करिम हुसेन खान सम्मिलित समिति गठन गरिएको थियो ।

'अध्ययन तथा राय सिफारिस कमिटी' नाम दिइएको उक्त समितिलाई दिइएको अख्तियारी नामामा भनिएको छ : विगत केही समयदेखि विद्युत् वितरण प्रणालीमा बेला बेलामा अचानक लाईन जाने (Line Trip हुने), विद्युत्‌को भोल्टेज स्तर अस्वाभाविक रूपमा तल/माथि (Up/Down) हुने, न्यून भोल्टेज स्तरको कारण विद्युतीय उपकरणहरूसमेत नचल्ने, भरतपुर (आँपटारी) लगायत केही स्थानका सब-स्टेशन/संरचनाहरूमा पटक-पटक समस्या आइरहने गरेको लगायत समस्याहरू देखा पर्नुको साथै गुनासोहरूसमेत प्राप्स हुने गरेकोले उल्लिखित समस्याहरूको कारण पहिचान तथा समस्या समाधानका लागि अपनाउनु पर्ने उपायहरूका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न मिति २०८०/०४/२६ गतेको निर्णयानुसार देहाय बमोजिमको अध्ययन तथा राय सिफारिस कमिटी गठन गरिएको हुँदा सो सम्बन्धमा अध्ययन गरि ७ दिनभित्र राय सिफारिससहितको प्रतिवेदन पेश गर्न हुन निर्णयानुसार अनुरोध गरिन्छ। 

अध्ययन तथा राय सिफारिस कमिटीः 

उप-कार्यकारी निर्देशकः    श्री ताराप्रसाद प्रधान  आयोजना व्यवस्थापन निर्देशनालय संयोजक

निर्देशकः                       श्री कमल आचार्य         कार्यकारी निर्देशकको सचिवालय     सदस्य

प्रबन्धकः                       श्री थर्कबहादुर थापा     प्रसारण निर्देशनालय                       सदस्य

उप-प्रवन्धकः                श्री सुरज दाहाल             ई.मे. वर्कशप निर्माण                     आयोजना सदस्य

ईन्जिनियरः                 श्री करिम हुसेन खान        ग्रीड सथालन विभाग                       सदस्य सचिव

प्राधिकरणमा विगतमा पनि देशका विभिन्न ठाउँमा सबस्टेसन तथा ट्रान्सफर्मरमा आगलागी भएका अनेक उदाहरणहरू छन् । तिनको यथार्थ विवरण विश्लेषण नगरी नयाँ नेतृत्व फेरिनासाथ समस्या बढेको भन्ने गुनासो बढ्नु नियोजित भएको प्राधिकरणको दाबी छ । विगतमा भएका यस्ता घटनाका केही उदाहरण हेरौः

१. २०८१ बैशाख ७ गते गुल्मीको विरबास सबस्टेसनमा आगलागी ।

२. २०८१ माघ २२ गते विष्णुपुर सबस्टेशन अन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध 

३. २०७९ असोज २५ गते १३२/११ केभी न्यू-भरतपुर सबस्टेसनमा आगलागी ।

४. २०७८ बैशाख २० गते हावाहुरी र झरीले विद्युत् सेवा अवरुद्ध ।

५. २०७८ साउन २७ गते दाङको तुलसीपुर सबस्टेसनको ट्रान्सफर्मर जल्यो ।

६. २०७८ साउन २८ गते तामाकोसीको विद्युत प्रवाह हुने प्रसारण लाइनमा आगलागी ।

पछिल्लो एक दशकमा भएका यस्ता घटना दर्जनौँ होइन, सयौं छन् । जहाँ प्राविधिक कारणले मत्र नभइ हावाहुरी, भारी वर्षा, बाढी पहिरो, चट्याङ जस्ता प्राकृतिक विपद्का कारण समस्या दोहोरिइरहेका हुन्छन् । यस्ता समस्या दोहोरिनुको पहिलो कारण प्रसारण तथा वितरण प्रणाली बलियो नहुनु, समय समयमा वा तार पोल वा ट्रान्सफर्मरको पटके मर्मत सम्भार नहुनु, पुराना उपकरण समयमै बदली नगर्नु लगायत दर्जनौँ कारण रहेको प्राधिकरणले जनाएको छ ।

उल्लिखित काम समयमै गर्नका लागि मानव संसाधनको उचित व्यवस्थापन तथा ठुलो परिमाणको बजेटको खाँचो देखिन्छ । पर्याप्त बजेट नहुँदा र कर्मचारीलाई उचित ढंगले परिचान वा तैनाथ नराख्दा समेत पटके समस्या आइरहेको देखिन्छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३