विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । साउन १४ र १५ गते लगातार २ विद्युत् कम्पनीले प्रारम्भिक सेयर निष्काशन (आइपिओ जारी) गर्ने भएका छन् । दुई मध्ये झापा इनर्जी लिमिटेडले साउन १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्काशन गर्ने भएको हो । 

कम्पनीले जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबर प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन गर्न लागेको हो । 

कम्पनीले यस मध्ये १ लाख ९० हजार ९५ कित्ता सेयर आयोजना सञ्चालन गरेको क्षेत्र झापाको शिवसताक्षी नगरपालिका–४ र आयोजना क्षेत्रबाट १०० मिटर वरपरका बासिन्दालाई बाँडफाँट गर्न लागेको हो । 

यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ५७ लाख २ हजार ९०० रुपैयाँ बराबर प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५७ हजार २९ कित्ता साधारण शेयर सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्काशन गर्न लागेको हो । योग्य आवेदकले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरिने आइपिओमा आवेदन दिने म्याद छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गतेसम्म रहने छ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी हुने आइपिओको म्याद छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते हुने छ ।

इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्युअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता कमजोर रहेको देखाउँछ ।

कम्पनीले १० मेगावाटको सौर्य विद्युत केन्द्र निर्माण गरी सञ्चालन गरिरहेको छ । उक्त विद्युत् केन्द्रका् कुल अनुमानित लागत ८७ करोड ९० लाख रुपैयाँ (प्रतिमेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ) रहेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

दरमखोला हाइड्रो इनर्जीको आइपिओ

त्यस्तै, दरमखोला हाइड्रो इनर्जी लिमिटेडले साउन १५ गतेदेखि आइपिओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशतले हुन आउने ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयरमध्ये दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

यसअघि कम्पनीले १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ३० हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दामा बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, २ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको २ लाख ९१ हजार ९५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरूका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर बाँडफाँट गरिसकेको छ ।

सर्वसाधारणले कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सेयरको निश्कासन छिटोमा साउन १९ गते र ढिलोमा साउन २९ गते बन्द हुने छ ।

कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले  आइआरएन डबल बी माइनस इस्युअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषत रहेको देखाउँछ ।

कम्पनीले ९.६ मेगावाटको दरम खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यसको कुल अनुमानित लागत २ अर्ब ३८ करोड रुपैयाँ (प्रतिमेगावाट अनुमानित लागत २४ करोड ७९ लाख रुपैयाँ) रहेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३