काठमाडौँ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) देखि अधिकृतसम्मका पदमा ७ जनालाई जागिर खुलाएको छ । कम्पनीले उक्त पदहरूमा शुक्रबार विवरण खुलाई दरखास्त आह्वान गरेको हो ।
कम्पनीले ११औँ तहको प्रशासन सेवातर्फ नायब प्रमुख कार्यकारी अधिकृत (वित्त) पदमा खुला प्रतिस्पर्धामार्फत १ जनाका लागि विज्ञापन खोलिएको हो । त्यस्तै, यस पदमा आवेदन दिन वित्त वा लेखा मूल विषय लिएर व्यवस्थापन संङ्कायमा स्नातकोत्तर उत्तीर्ण गरेको तथा अधिकृत स्तरको पदमा ७ वर्षको कार्यानुभव भएको वा ९ वर्षको कार्यानुभव भएको चार्टर्ड एकाउन्टेन्ट हुनुपर्ने छ ।
त्यस्तै, ११औँ तहकै प्राविधिक सेवातर्फ नायब प्रमुख कार्यकारी अधिकृत (हाइड्रोपावर) पदमा खुला प्रतिस्पर्धाबाट १ जनाका लागि विज्ञापन खोलिएको छ । यो पदमा आवेदन दिन सिभिल इन्जिनियरिङमा स्नातक गरी हाइड्रोपावर, हाइड्रोपावर डेभलपमेन्ट, हाइड्रोपावर प्लानिङ, हाइड्रोपावर डेभलपमेन्ट एन्ड म्यानेजमेन्ट, वाटर रिर्सोस इन्जिनियरिङ म्यानेजमेन्ट वा यीसरहका विषयमा स्नातकोत्तर उत्तीर्ण गरी हाइड्रोपावर डिजाइन वा निर्माण वा उत्पादनको क्षेत्रमा ७ वर्षको कार्यानुभव हासिल गरेको हुनुपर्ने छ ।
कम्पनीले १०औँ तहको प्रशासनतर्फ प्रमुख प्रबन्धक पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी १ जनाका लागि विज्ञापन गरेको छ । यस पदमा आवेदन दिन स्नातकोत्तर तह वा सो सरहको विषय उत्तीर्ण गरी ७ वर्षको कार्याअनुभव हासिल गरेको हुनुपर्ने छ । त्यस्तै, १०औँ तहको प्रमुख प्रबन्धक (हाइड्रोपावर) पदमा खुलाबाट एक जनाका लागि विज्ञापन खोलेको छ ।
यसबाहेक कम्पनीले ८औँ तहको प्रबन्धक (हाइड्रोपावर), ७औँ तहको वरिष्ठ अधिकृत (वित्त) पदमा महिला १ जना र छैटौँ तहको अधिकृत (प्रशासन) पदमा महिला एक जनाका लागि विज्ञापन खोलेको छ ।
विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुहोस्