विद्युत अपडेट

  • प्राधिकरण : १००११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २८४८८ मे.वा.घन्टा
  • आयात : १०८२ मे.वा.घन्टा
  • निर्यात : ६७३५ मे.वा.घन्टा
  • ट्रिपिङ : ७०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५३७६१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३६ मे.वा.
२०८२ असार ४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जारी गरेको ‘हरित ऊर्जा ऋणपत्र’ मा माग रकमको ४ गुणा बढी आवेदन परेको छ । बैंकले वार्षिक ६ प्रतिशत ब्याज दिने गरी ७ वर्ष अवधि भएको ५ अर्ब रुपैयाँको हरित ऊर्जा ऋणपत्र जारी गरेको थियो ।

निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले आवेदनका लागि २०८२ जेठ १८ गतेदेखि जेठ २५ गतेसम्मको समय दिएर ऋणपत्र निश्काशन गरेको थियो । उक्त सयमसीमाभित्र सर्वसाधाणतर्फको २ अर्ब रुपैयाँका लागि सामूहिक लगानी कोषहरू बाहेक जम्मा ३ हजार ३३ योग्य लगानीकर्ताबाट ३ अर्ब ३८ करोड ५४ लाख ७८ हजारका लािग लागि आवेदन परेको थियो । निजी प्लेसमेन्ट तर्फको ३ अर्बका लागि जम्मा २३ योग्य लगानीकर्ताबाट  १५ अर्ब ५९ करोड ५५ लाख रुपैयाँको ऋणपत्र माग गर्दै आवेदन परेको थियो । यस ऋणपत्रमा समग्रमा माग गरिएको भन्दा करिब ४ गुणा बढीले आवेदन परेको र प्रारम्भिक बाँडफाँडको कार्य सम्पन्न भई अन्तिम बाँडफाँड हुने चरणमा रहेको बैंकले जनाएको छ ।

नेपालमै पहिलो पटक सार्वजनिक रूपमा जारी गरिएको यस हरित ऊर्जा ऋणपत्र निष्काशनबारे सम्पन्न भएकोबारे निफ्रा ग्लोबल ग्रीन ग्रोथ इन्ष्टिच्युट (जिजिजिआई र कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी (कोइका) समेतको सहआयोजनामा मंगलबार समीक्षात्मक कार्यक्रम आयोजना गरेको थियो । 
कार्यक्रममा नेपालमा हरित ऋणपत्र जारी हुनुको महत्त्व र नेपालको दिगो विकासमा यस्ता ऋणपत्रले पार्ने सकारात्मक प्रभावबारे समीक्षात्मक छलफल गरिएको थियो ।

वन तथा वातावरण मन्त्रालयका मन्त्री ऐनबहादुर शाही ठकुरीको उपस्थिमिा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा, नेपालका लािग दक्षिण कोरियाको राजदूत टि–योङ पार्कको समेतको उपस्थिति थियो । जिजिजिआईका नेपालका लागि आवसीय प्रतिनिधि लाउरा जलसजोकीले कार्यक्रमको अध्यक्षता गरेकी थिइन् ।

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा, नेपाल धितोपत्र बोर्डबाट कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल राष्ट्र बैंकका सहायक निर्देशक विनित जैन वैगानी, बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र कोइकाका कन्ट्री डाइरेक्टर मुहेओन कोङसमेतले धारणा राखेका थिए । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३