परिचय
नेपालमा साधारणतः ऊर्जा भन्नाले दाउरा तथा गुइँठाको आगो, जलविद्युत्, एलपिजी ग्यास र तेललाई बुझिन्छ । तिनलाई अधिकांश खाना पकाउन र बत्ती बाल्न अनि यातायात र कलकारखाना सञ्चालनमा प्रयोग गरिन्छ । दाउरा तथा गुइँठा बालेर खाना पकाइन्छ । अँध्यारोलाई उज्यालो पारिन्छ, मटितेलले टुकी र बिजुलीले बल्ब बालेर । विद्युत् हिटरले न्यानो, फ्रिजले चिसो र एयरकण्डिसनले शीतलता उत्पन्न गर्दै घरलाई वातानुकूलित पारिन्छ ।
ऊर्जाको स्रोत र तिनको प्रयोग यति मात्रै होइन । ऊर्जा सम्बन्धी यी सीमित बुझाइ हुन् । ऊर्जालाई वैश्विक स्तरमा जान्न जरुरी छ । ऊर्जाले देशको अर्थतन्त्र चलायमान राखेको हुन्छ । यसलाई अर्थतन्त्रको मुटु मान्दा पनि हुन्छ । दिगो अर्थतन्त्रका लागि सशक्त ऊर्जा सुरक्षा नीति अवलम्बन गरिएको हुनपर्छ । उद्योग, यातायात, कृषिमा अर्थतन्त्र निर्भर गर्छ । यस्ता गतिविधिलाई जीवित राख्न ऊर्जा निरन्तर उपलब्ध हुनुपर्छ । ’जी ७’जस्ता औद्योगिक राष्ट्रलाई हेर्यौँ भने, ती राष्ट्र ऊर्जा उपयोगबाटै समृद्ध बनेका छन् ।
विश्वबजारमा हरित अर्थतन्त्रको विचार उदाइरहेको अवस्थामा अबको ऊर्जानीति हरित हुनुपर्छ । अबको युग भनेको हरित अर्थतन्त्रको हो । स्वच्छ ऊर्जा उपलब्ध नहुँदासम्म हरित अर्थतन्त्र सफल हुन्छ भनेर ग्यारेन्टी गर्न सकिन्न ।
ऊर्जालाई अलि भिन्न दृष्टिकोणबाट हेर्दा, शरीररूपी मेसिन सञ्चालन गर्ने साधन हो, ऊर्जा । मानिसको शरीरलाई गतिशील राख्न ऊर्जा चाहिन्छ । अन्न, दूध, मही, घ्यु, फलफूल शरीरका लागि ऊर्जाका स्रोत हुन् । यस्ता खानपिनाले शरीरका कोषलाई जीवित राख्छन् । जीवित कोषको सहायताले मांसपेसी परिचालित हुन्छन् ।
मादक पदार्थ तथा लागू–औषध पनि शरीरलाई गतिशील राख्ने ऊर्जा हुन् तर यी सबै अस्वच्छ ऊर्जा हुन् । अस्वच्छ ऊर्जाले शरीरको गतिमा असन्तुलन ल्याइदिन्छ, एउटा मातेको मान्छेजस्तो । आज पृथ्वी पनि एक मातेको मान्छेजस्तै भएको छ । यसको पारिस्थितिकीय गति दिनानुदिन असन्तुलित बन्दै गएको छ । हामीले चलाउँदै आएका ऊर्जा सबै अस्वच्छ भएकाले प्रकृति अप्राकृतिक बन्दै छ ।
अर्थतन्त्रलाई सक्रिय राखेर विकासको पथतिर लम्किने क्रममा पेट्रोल, डिजल, ग्यास र कोइलाजस्ता अस्वच्छ ऊर्जाको अत्यधिक प्रयोग गरिँदै आइएको छ । परिणामतः पृथ्वीको आयु छोटिँदै गइरहेको छ । सृष्टि नै विनाशको ब्ल्याक होलतिर पस्दै गरेको जस्तो लाग्छ ।
ऊर्जालाई राजनैतिक, सामाजिक र आर्थिक– यी तीन आयामबाट मात्रै होइन, अब चौथो आयामबाट पनि परिभाषित गर्नुपर्ने बेला आएको छ । त्यो चौथो आयाम भनेको पर्यावरणीय हो । ऊर्जाको प्रयोगले कसरी पर्यावरणको क्षयीकरण भइरहेको छ र यसको वैकल्पिक उपाय के त भनेर गहन विमर्श गर्नपर्ने देखिन्छ । ती उपाय भनेका जल, सौर्य, वायु, जैविक पिण्ड (बायोमास) र हाइड्रोजनबाट स्वच्छ ऊर्जाको उत्पादन गर्नु हो । अब स्वच्छ इन्धनको खोजी, विकास र प्रयोगतर्फ विश्वको ध्यान केन्द्रित हुनु अपरिहार्य छ । किनभने, हामीले प्रयोग गर्दै आएको कोइला, तेल र ग्यासजस्ता इन्धनले सुन्दर वातावरणको स्वच्छता लुट्दै आएको छ । अस्वच्छ वातावरणको चरम रूपले जलवायु परिवर्तनलाई निम्त्याइरहेको छ ।
जलवायु परिवर्तन
क्लाइमेट वाच वल्र्ड रिसर्च इन्स्टिच्यूटका अनुसार सन् २०२० मा उद्योग, यातायात र भवनमा प्रयोग गरिएको ऊर्जाबाट हरितगृह ग्यास उत्सर्जन भएको देखिन्छ । कार्बन डाइअक्साइड, मिथेन र नाइट्रोक्साइड तीन प्रमुख हरितगृह ग्यास हुन् । यी ग्यासको अत्यधिक मात्राले वायुमण्डलमा छाताजस्तो एक किसिमको तह जमेको छ । यही बाक्लो तहले पृथ्वीबाट परावर्तन हुने सूर्यको विकिरणलाई छेकेर राख्छ । परिणामतः सूर्यको ताप पृथ्वीकै वरिपरि थुनिन जाँदा पृथ्वीलाई तताउने काम गरिरहेको छ । यही तापमान वृद्धिले जलवायु परिवर्तन भएको हो । जलवायु परिवर्तनले बाढी–पहिरो, खडेरी, डढेलो, जैविक विविधतामा ह्रासजस्ता विपत्तिहरू थुप्रिरहेका छन् ।
अहिले पनि विश्वमा अधिकांश कोइला, तेल र ग्यास जलाएर बिजुली उत्पादन गरिन्छ । यो नै जलवायु परिवर्तन अनि विश्व तापमान वृद्धिको कारण हो । अहिलेकै गतिमा तापमान वृद्धि हुँदै गएमा यो शताब्दीको अन्त्यसम्म हाम्रो हिमालबाट ८०% हिउँको मात्रा हराउन सक्ने सन् २०२३ मा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले गरेको एक अध्ययनमा उल्लेख छ । त्यही भएर सन् २०३० भित्र कम्तीमा ४५% स्वच्छ ऊर्जाको लक्ष्य राखिएको छ । हुन त यसै अवधिभित्र शतप्रतिशत स्वच्छ ऊर्जा उत्पादन गर्न सके जलवायु सङ्कट विरुद्ध लड्दै आएको युद्ध जित्न सकिने वैज्ञानिकहरूको तर्क छ ।
ऊर्जा र युद्ध
ऊर्जाले द्वन्द्व र युद्ध पनि सिर्जना गरिदिन्छ । मध्यपूर्वमा सधैँ खलबल भइरहनुको मुख्य कारण ऊर्जा पनि हो । यो क्षेत्रमा तेल र ग्यासको अपार भण्डार छ । सन् १९०८ तिर त्यहाँ तेल पत्ता लागेपछि एकपछि अर्को युद्ध चलिरह्यो । प्रथम विश्वयुद्धको ज्वाला तत्कालीन मेसोपोटामिया (इराक र सिरिया) सम्म सल्किनुको एएटा कारण यो पनि तानिन्छ । यसरी हाम्रा धेरै गतिविधि हरितगृह ग्यास उत्सर्जन गर्ने खालका छन् । थियो । रसिया–युक्रेन युद्धले युरोपमा ऊर्जा सङ्कट उत्पन्न गरिदिएको छ । माकुराको जालोसरी तेलका पाइप सञ्जाल युरोपभरि विछ्याइएका छन् । युद्धपूर्व युरोपियन राष्ट्रले रसियाको तेल यही पाइपलाइनबाट आयात गर्थे । यी तेलका पाइप बन्द गरिएका छन् । एक किसिमले ठिकै भएको छ । किनकि, रसियाबाट वितरण गरिएको ऊर्जा स्वच्छ थिएन । अहिले युरोपियन राष्ट्रहरू ऊर्जामा आत्मनिर्भर हुन सौर्य र वायुजस्ता नवीकरणीय ऊर्जाको विकासमा दिनरात खटिएका छन् ।
पश्चिमेली राष्ट्रले रसियामाथि आर्थिक नाकाबन्दी लगाएपछि भूराजनैतिक जोखिम मोलेर भए पनि अर्थतन्त्रको विकास गर्न भारतले रसियाको सस्तो कोइला र तेल आयात गर्दै आएको छ । सक्षम राजनीतिमा सुरक्षित ऊर्जा योजना लागू गरिएको हुन्छ । प्रधानमन्त्री नरेन्द्र मोदीले त्यही गरेका हुन् । ऊर्जाको जोहो गर्दै आर्थिक उन्नतितिर छलाङ मार्न भारत तत्पर देखिन्छ । तर, अस्वच्छ ऊर्जाको अत्याधिक प्रयोगले भारतको पर्यावरण दिनानुदिन बिग्रिँदै गएको पाइन्छ । वायु प्रदूषणले निसासिइरहेका छन्, दिल्ली लगायत ठूला सहरहरू । उच्च गर्मी, बाढी पहिरो र डुबानबाट ग्रसित छ, भारत ।
अस्वच्छ ऊर्जा
भारत, चीन र पश्चिमेली राष्ट्रमा कोइला, ग्यास र तेलजस्ता जैविक इन्धन जलाएर विद्युत् उत्पादन गरिन्छ । बेलायतमा अझै पनि २७.६% विद्युत् जैविक इन्धनबाट प्राप्त हुन्छ । नेपालमा अधिकांश डिजल, पेट्रोल, मटीतेल, ग्यास, दाउरा, गुइँठा प्रयोग गरिन्छ । यी सबै अस्वच्छ ऊर्जाका उदाहरण हुन् । अहिले गाउँघरमा ऊर्जाको प्रयोग फराकिलो बनेको छ । बिजुलीले रातलाई उज्यालो बनाएको छ । धुले बाटोमा पेट्रोलले चल्ने मोटरसाइकल र जिप गुडेका छन् । पहिले कोदालोले खन्ने, गोरुले जोत्ने बारीमा डिजलबाट सञ्चालित ट्रयाक्टर पुगेका छन् । बञ्चरोले काटिने रुख आजकल चेनशो भन्ने मेसिनले काटिन्छ । डिजलले चल्ने डोजरले खनेर बाटो बनाइएको छ, पहिले गैँटी–बेल्चा प्रयोग हुन्थ्यो । सिँचाइका लागि बिजुली र तेलबाट सञ्चालित पम्प प्रयोग गरेर पानी तानिन्छ । यसरी हाम्रा धेरै गतिविधि हरितगृह ग्यास उत्सर्जन गर्ने खालका छन् ।
अन्तर्राष्ट्रिय ऊर्जा संस्था (आइएसए) का अनुसार सन् २०२१ मा नेपालमा ९९% विद्युत् जलस्रोतबाट उत्पादन गरिएको तथ्याङ्क छ । जलविद्युत् स्वच्छ ऊर्जामा परे पनि यसको संरचना निर्माणकालमा समाज र पर्यावरणलाई पर्ने असरलाई नियाल्दा यसलाई अस्वच्छ मान्ने गरिन्छ । जलविद्युत् आयोजनाले ठूलो क्षेत्रफल ओगट्छ । बाँध तथा सुरुङ निर्माणका क्रममा स्थानीय मानिसको बस्ती उठाउनुपर्ने हुन्छ । यसले वन्यजन्तुको बासस्थानलाई पनि उठिबास लगाउँछ । माछाजस्ता जलचरको बसाइँसराइमा अवरोध उत्पन्न हुन्छ । बाँधदेखि नदीको तल्लो र माथिल्लो तटमा मत्स्यआवादी (फिस पपुलेसन) तलमाथि भएको विभिन्न अध्ययनले देखाएका छन् ।
बाढी, पहिरो र भुइँचालोबाट जलविद्युत्का लागि बाँधिएका बाँध जोखिमपूर्ण सावित भएका छन् । लिबियाको डेर्ना बाँध यसको एक उदाहरण हो । सन् २०२३ मा आएको एउटा आँधीले बाँध भत्काइदिँदा बीस हजार मानिस बेपत्ता भएका थिए । त्यही साल भारतको सिक्किममा भारी वर्षाले हिमताल फुटायो । टिस्टा नदीमा बाढी आउँदा जलविद्युत्को बाँध फुटेको थियो ।
बाढी, पहिरो र भुइँचालोबाट जलविद्युत्का लागि बाँधिएका बाँध जोखिमपूर्ण सावित भएका छन् । लिबियाको डेर्ना बाँध यसको एक उदाहरण हो । सन् २०२३ मा आएको एउटा आँधीले बाँध भत्काइदिँदा बीस हजार मानिस बेपत्ता भएका थिए । त्यही साल भारतको सिक्किममा भारी वर्षाले हिमताल फुटायो । टिस्टा नदीमा बाढी आउँदा जलविद्युत्को बाँध फुटेको थियो । यो विपत्तिले सय जनाभन्दा बढीको ज्यान लियो र अर्बौँ रुपैयाँको भौतिक क्षति पुग्यो । युद्धका बेला शत्रुको आँखामा एक नम्बरको निसानामा पर्छ, जलविद्युत्का ठूला बाँध । युक्रेन–रुस युद्धमा त्यही भयो । डमित्रो नदीमा बनाइएको बाँधलाई रसियाले भत्काइदिँदा तल्लो तट डुबानमा परेको थियो ।
आणविक ऊर्जालाई पनि सफा ऊर्जाको रूपमा मान्न सकिन्छ तर आणविक भट्टी फुटिहाल्यो भने यसले छर्ने रेडियोधर्मी विकिरणले मानव समाज र पर्यावरणमा दीर्घकालीन क्षति पुर्याउँछ । चेर्नोबिल, भोपाल, फुकुसिमाजस्ता आणविक भट्टीमा घटेका दुर्घटनाहरू यसका केही उदाहरण हुन् । आणविक ऊर्जा उत्पादन प्रक्रियामा सह–उत्पादनको रूपमा सिर्जना हुने घातक फोहोर (टोक्सिक वेस्ट) र यसको सुरक्षित व्यवस्थापनमा झेल्नुपर्ने चुनौतीले यसलाई पनि सफा ऊर्जाको रूपमा पूर्ण रूपमा स्वीकार्न नसकिएको अवस्था छ ।
अस्वच्छ ऊर्जा प्रयोगले पृथ्वीको तापमान वृद्धि त गर्छ नै, वायु प्रदूषित पारेर मानिसको स्वास्थ्यमा समेत क्षति पुर्याउँछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार वायु प्रदूषणका कारण विश्वमा प्रतिमिनेट १३ जना मानिस मरिरहेका हुन्छन् । गाडीमा प्रयोग हुने डिजलले नाइट्रोक्स अक्साइड ग्यास छोड्छ । कोइला तथा दाउरा जलाउँदा २.५ माइक्रोन भन्दा साना धुलाका कण उत्सर्जित हुन्छन् । यस्ता ग्यास र सुक्ष्म कणका कारण मानिसमा दम, क्यान्सर र मटुका घातक रोग लाग्ने गरेका छन् । अस्वच्छ ऊर्जाले जन्माएका यस्ता मानवीय र पर्यावरणीय समस्याले स्वच्छ ऊर्जाको अपरिहार्यता अझ बढ्दै गएको छ ।
स्वच्छ ऊर्जा
सौर्य, वायु, समुद्रिक छाल र हाइड्रोजन स्वच्छ ऊर्जाका स्रोत हुन् । कहिल्यै नमासिने, ननासिने हुनाले यिनलाई नवीकरणीय ऊर्जा पनि भन्ने गरिन्छ । आईएसएका अनुसार सन् २०२१ मा नेपालमा १% मात्रै विद्युत् सौर्यबाट उत्पादन गरिएको छ । झन्डै बाह्रै महिना घाम लाग्ने नेपालमा यो भन्दा धेरै सौर्य विद्युत् उत्पादन गर्न सकिने विभिन्न अध्ययनहरूको निचोड छ । बेलायतमा भने ४.५% बिजुली सूर्यबाट उत्पादन गरिन्छ ।
नेपालमा उच्च पहाडी शृङ्खला भएकाले प्रायः हावाको गति तीव्र रूपमा बगिरहेको हुन्छ । त्यसैले, यहाँ वायु विद्युत्को सम्भावना पनि त्यत्तिकै छ । हाल बेलायतमा वायुबाट ३०% विद्युत् उत्पादन भइरहेको छ । समुद्रको तटीय क्षेत्रमा अग्ला–अग्ला टर्बाइन ठड्याएर (जसलाई विन्ड–फार्म भनिन्छ) वायु विद्युत् उत्पादन गरिन्छ । घरबाट सिर्जित हरित फोहर, नल–पराल र पातपतिङ्गरजस्ता जैविक वस्तु (बायोमास) लाई कुहाएर पनि ऊर्जा उत्पादन गर्न सकिन्छ । यो विधिबाट उत्पादित ऊर्जालाई पूर्णतः स्वच्छ मान्न सकिन्न । तथापि, यसको कच्चा पदार्थ पर्याप्त मात्रामा स्वतः उपलब्ध भइरहने हुनाले नवीकरणीय ऊर्जा भन्न सकिन्छ ।
बर्सेनि आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलन (कोप) बाट १ खर्ब अमेरिकी डलर बराबरको अक्षयकोष स्थापना गरिएको छ । जलवायु परिवर्तनको उच्च जोखिमयुक्त राष्ट्रलाई यस कोषबाट सहायता प्रदान गरिन्छ । नेपाल जलवायु परिवर्तनको उच्च जोखिमबाट प्रभावित विश्वमा दश राष्ट्रभित्र पर्छ । यस कोषबाट नेपालले पाउने अनुदान यस्तै स्वच्छ ऊर्जाको अनुसन्धान, उत्पादन र वितरणमा खर्चिनुपर्छ । सामुद्रिक छाल र ज्वारभाटाबाट पनि विद्युत् उत्पादन गर्न सकिन्छ । यसको प्रविधि झन्डै नदी–नालाबाट उत्पादित विद्युत्को जस्तै हुने हुँदा यसलाई जलविद्युत् नै मानिन्छ । बेलायत, अमेरिकाजस्ता सामुद्रिक राष्ट्रमा छालबाट बिजुली उत्पादन गर्ने प्रविधिको विकास गरिँदैछ ।
नेपाल जलवायु परिवर्तनको उच्च जोखिमबाट प्रभावित विश्वमा दश राष्ट्रभित्र पर्छ । यस कोषबाट नेपालले पाउने अनुदान यस्तै स्वच्छ ऊर्जाको अनुसन्धान, उत्पादन र वितरणमा खर्चिनुपर्छ ।
यसैगरी, हाइड्रोजन परमाणुलाई रासायनिक प्रक्रियाबाट फुटाएर पनि बिजुली उत्पादन गर्ने प्रविधिको विकास हुँदैछ । जब शुद्ध हाइड्रोजन इन्धनका रूपमा प्रयोग हुन्छ, त्यसले सह–उत्पादनका रूपमा केवल ताप र पानीमात्र फाल्छ । कोइला, तेलजस्ता जैविक इन्धनले जस्तो हानिकारक कार्बन हाइड्रोजनले उत्सर्जन गर्दैन । अझ, पछिल्लो समय हरित हाइड्रोजनको विकासमा विश्व अग्रसर हुँदै आएको छ ।
ऊर्जा स्वतन्त्रता
नेपालले स्वच्छ ऊर्जा नीति ल्याउँदा ऊर्जा स्वतन्त्रताको नीति पनि सँगसँगै निर्माण गर्नुपर्छ । यसले ऊर्जामा प्रत्येक घरलाई आत्मनिर्भर त बनाउँछ नै, स्वतन्त्र पनि बनाउँछ । यसो भयो भने राज्यले ऊर्जामा त्यति धेरै लगानी लगाउन पर्दैन । यसको उत्पादन, वितरण र व्यवस्थापनमा राज्यको स्रोत–साधन खर्चन पर्दैन । ऊर्जा स्वतन्त्रताको अवधारणा भनेको घरघरमा विद्युत् उत्पादन परियोजना हो । एउटा घरको प्रयोजनका लागि त्यही घरमै ऊर्जा उत्पादन, एउटा कारखानाको प्रयोजनका लागि त्यही कारखानामै ऊर्जा उत्पादन यसको लक्ष्य हुनुपर्छ ।
अहिले थुप्रै लघुजलविद्युत् परियोजना सञ्चालनमा छन् । जसअन्तर्गत स्थानीय खोलामा बिजुली उत्पादन गरेर गाउँघरमै वितरण गरिएको छ । लघुजलविद्युत् जस्तै सुक्ष्म–स्वच्छ ऊर्जा परियोजना पनि सञ्चालन गर्न सकिन्छ । यस्ता परियोजनाको अर्थ हावा वा सूर्यबाट सानो स्तरमा बिजुली उत्पादन गरेर टोलमा वितरण गर्ने भन्ने बुझ्नुपर्छ । छानाछानामा सौर्य ऊर्जा उत्पादन गर्ने प्यानल जडान गरेर घरेलु स्वच्छ ऊर्जा सञ्चालन गर्न सकिन्छ । दक्षिण फर्केका पाखा र बारीका कान्लामा सौर्य प्यानल जोडेर सुक्ष्म–स्वच्छ ऊर्जा उत्पादन गर्न सकिन्छ । त्यस्तै, डाँडाको टुप्पामा वायु ऊर्जा उत्पादन गर्ने बिजुलीका पोलजस्ता टर्बाइन ठड्याएर स्थानीय स्तरमै वायु ऊर्जा उत्पादन गर्न सकिन्छ । यस्ता परियोजनामा जलविद्युत् जस्तो टाढा–टाढासम्म प्रसारण लाइन विस्तार गर्न पर्दैन । यो झन्डै–झन्डै सामुदायिक वनको मोडल हो । जसमा, स्थानीय जनताको लगानी हुन्छ र तिनैको सहभागितामा परियोजना सञ्चालन गरिन्छ ।
यसरी घरेलु स्वच्छ ऊर्जा र सुक्ष्म–स्वच्छ ऊर्जाले उपभोक्तालाई ऊर्जा स्वतन्त्रता दिन्छ । पहिला वनबाट दाउरा ल्याई चुलामा जलाएर भात पकाइन्थ्यो । त्यो एउटा ऊर्जा स्वतन्त्रताको उदाहरण थियो । बेलायतमा घर–घरमा पानीको पाइपजस्तै ग्यासको पाइप जडित छ । त्यही ग्यासबाट भात पकाउने हो, बोइलर चलाएर घरलाई न्यानो राख्ने हो । ग्यास वितरण गरे बापत कम्पनीले महसुल उठाउँछ र बेला–बेलामा शुल्क बढाउँछ । ग्यास पाइपमा कतै समस्या आयो भने चुलामा भात पाक्दैन । जाडोमा घर न्यानो बनाएर बसून् भनेर जेष्ठ नागरिकलाई सरकारले ऊर्जा भत्ता दिँदै आएको थियो । अहिलेको लेबर सरकारले त्यो नपाउने बनाइदियो । यो चाहिँ ऊर्जा स्वतन्त्रता होइन ।
दक्षिण फर्केका पाखा र बारीका कान्लामा सौर्य प्यानल जोडेर सुक्ष्म–स्वच्छ ऊर्जा उत्पादन गर्न सकिन्छ । त्यस्तै, डाँडाको टुप्पामा वायु ऊर्जा उत्पादन गर्ने बिजुलीका पोलजस्ता टर्बाइन ठड्याएर स्थानीय स्तरमै वायु ऊर्जा उत्पादन गर्न सकिन्छ ।
सुक्ष्म–स्वाच्छ ऊर्जाको अवधारणालाई माथि उल्लेख गरे जस्तै स्वतन्त्र ऊर्जासँग जोड्न सकिन्छ । यस्तो भयो भने बहुराष्ट्रिय कम्पनीले आपूर्ति गर्ने ऊर्जामा निर्भर हुनु पर्दैन । महिनावारी महसुल बुझाउन परेन । बाढी–पहिरोका कारणले जलविद्युत् आयोजना भत्किँदा गाउँ नै अन्धकारबाट गुज्रिनु पर्ने अवस्था छ । प्रसारण लाइनको टावर पहिरोले ढाल्दा वा बगाउँदा बिजुलीबाट गाउँ विच्छेद भएका धेरै उदाहरण छन् । यसरी, सयौँ किलोमिटर तारद्वारा बिजुली घरघरमा पुर्याएर उज्यालो बनाउने परम्परागत अभ्यास नेपालको भूगोलअनुसार अनुकूल पनि देखिँदैन । सुक्ष्म–स्वच्छ–स्वतन्त्र ऊर्जा परियोजनाले यस्तो समस्या समाधान गर्न ठूलो सहयोग पुर्याउँछ ।
अब, नेपाल सुक्ष्म–स्वच्छ–स्वतन्त्र ऊर्जाको विकासमा जुट्नुपर्छ । यो कुरा बेलायतजस्तो नवीकरणीय ऊर्जाको केन्द्र हुन गइरहेको राष्ट्रबाट सिक्न सकिन्छ । सन् २०२४ मा बेलयातमा ४१.८% ऊर्जा नवीकरणीय स्रोतबाट उत्पादन हुन्छ । यस्तो ऊर्जा उत्पादनमा आवश्यक पर्ने प्रविधिको विकास गरेर संसारलाई बेच्दै आइरहेको छ । सन् २०३५ सम्म त्यहाँको ऊर्जा प्रणालीलाई कार्बनविहीन बनाउने लक्ष्य छ । साथै, हरितगृह ग्यास उत्सर्जन घटाउँदै सन् २०५० सम्म शून्यमा झार्ने उद्देश्य छ ।
चाइनाले पनि नवीकरणीय ऊर्जा उत्पादनमा उल्लेखनीय प्रगति गरेको छ । त्यहाँ तीन चौथाइ बिजुली जैविक इन्धनबाट उत्पादन गरे पनि युरोपियन युनियन र अमेरिकाले भन्दा बढी स्वच्छ ऊर्जा उत्पादन हुन्छ । स्वच्छ ऊर्जा उत्पादको क्षेत्रमा चाहिने आवश्यक प्रविधिको विकास पनि द्रुत गतिमा गरिरहेको छ । यसरी नेपालले छिमेकी राष्ट्रबाट समेत यसमा सहयोग लिन सक्छ । यद्यपि, सफा ऊर्जा उत्पादनका प्रविधि परीक्षण अझै विकासकै क्रममा छन् । यत्ति हो, त्यसलाई तीव्रता दिँदै यसको चरम विकास गरेर सर्वसुलभ बनाउन बाँकी नै छ । अहिले मिडियामा अत्यधिक सुनिने विषय हो, एआई (आर्टिफिसियल इन्टेलिजन्ट) अर्थात् कृबौ (कृत्रिम बौद्धिकता) । ऊर्जा उत्पादन, भण्डारण, वितरण र उपभोगमा कृबौको प्रयोगबारे बहस, अध्ययन र अभ्यास भइरहेका छन् । उदाहरणतः हावा र घामको स्थिति मौसमअनुसार परिवर्तनशील हुन्छ । घाम नलाग्ने मौसमको पूर्व–सूचना कृबौले उपभोक्तालाई दिन सक्छ । उत्पादन, माग र आपूर्तिबीच कृबौले सहजीकरण गरिदिन सक्छ । नेपालले पनि सुक्ष्म–स्वच्छ ऊर्जा विकासमा कृबौलाई आधार मानेर अगाडि बढ्न सक्छ ।
बौद्धिक उपभोक्ता
जसरी राजनीतिमा जनता शक्तिशाली हुन्छन्, त्यसैगरी व्यापारमा उपभोक्ता । क्रेताले रुचाएनन् भने जतिसुकै ठूलो बजार ओगटेको कार्बन पदचिह्न कम भएको सामग्री प्रयोग गर्नुपर्छ । यो नै बौद्धिक उपभोक्ताको विषेशता हो । सामान पनि हराउँछ । बजारमा माग रहेन भने फ्याक्ट्रीले उत्पादन बन्द गर्नुपर्ने अवस्था आउँछ । ऊर्जाको हकमा पनि उपभोक्ता एक शक्ति भएर उदाउनुपर्ने भएको छ । अस्वच्छ ऊर्जाको प्रयोग बन्द गरेर स्वच्छको माग गर्नुपर्ने भएको छ । मागले सफा ऊर्जा विकासलाई चाहिने प्रविधिको अनुसन्धान, खोज र उत्पादनका लागि बाटो खोल्छ ।
खपत गरिँदै गरेको ऊर्जाप्रति यसरी अहिलेका उपभोक्ताले बौद्धिक धारणा बनाउन जरुरी छ । हामी प्रत्येक बौद्धिक उपभोक्ता (स्मार्ट कन्जुमर) बन्नुपर्छ । यसो हुन सक्यौँ भने कालान्तरमा अस्वच्छ ऊर्जालाई स्वच्छले बजारबाट विस्थापित गरिदिने छ । फलतः हामी स्वच्छ वातावरणमा बाँच्न सक्छौँ । सहरीया जीवन बाँच्दै छौँ भने एक बौद्धिक उपभोक्ताको जिम्मेवारी निभाउँदै, न्यूनतम् ऊर्जा खपत गर्ने सामग्री खरिद गर्नतिर लाग्नुपर्छ । टिभी, एयरकन्डिसन, हिटर, फ्रिज, राइसकुकर, पङ्खा, वासिङ मेसिन, टोस्टर, ओभन, माइक्रोवेभजस्ता घरेलु उपकरणका कुन ब्राण्डले थोरै ऊर्जा खपत गर्छन् भन्ने सचेतनाको खाँचो देखिन्छ ।
नेपालको सन्दर्भमा ग्यास ओभनभन्दा इलेक्ट्रिक ओभन प्रयोग गर्नतिर लाग्नुपर्छ । किनकि, एलपीजी ग्यास जैविक इन्धन हो । जसको प्रयोगबाट हरितगृह ग्यास उत्सर्जन हुन्छ ।
नेपालको सन्दर्भमा ग्यास ओभनभन्दा इलेक्ट्रिक ओभन प्रयोग गर्नतिर लाग्नुपर्छ । किनकि, एलपीजी ग्यास जैविक इन्धन हो । जसको प्रयोगबाट हरितगृह ग्यास उत्सर्जन हुन्छ । यसको उत्पादन कसरी र कहाँ हुन्छ ? यो बुझ्नुपर्ने हुन्छ । बौद्धिक उपभोक्ताले एलपीजीको ढुवानी कति टाढाबाट गरिँदैछ भन्ने प्रश्न सोध्छन् । किनभने, ढुवानीमा कार्बन पदचिह्न (कार्बन फुटप्रिन्ट) जोडिएर आउँछ । भारतबाट गाडीमा हालेर भित्र्याइएको ग्यास सिलिण्डरको कार्बन पदचिह्न हाम्रै खोलामा उत्पादित विद्युत्को भन्दा निक्कै बढी हुने गर्छ ।
यसरी आफूले प्रयोग गरिने वस्तु र ऊर्जाको स्रोत कहाँ र कसरी आएको हो ? यो जानकारी राख्न अहिलेको अत्याधुनिक युगमा अति जरुरी छ । उपभोक्ताले कस्तो खालको इन्धन प्रयोग गर्ने भन्ने कुरा त्यसको सुलभता र मूल्यमा निर्भर गर्छ । यसर्थ, सरकारद्वारा स्वच्छ इन्धनलाई सर्वसुलभ र सस्तोमा उपलब्ध गराइनुपर्छ । यस्तो नीति तब सफल हुन्छ, जब देशमै आवश्यक प्रविधि र प्राविधिक जन्माउन सकिन्छ । समग्रमा, कार्बन पदचिह्न कम भएको सामग्री प्रयोग गर्नुपर्छ । यो नै बौद्धिक उपभोक्ताको विषेशता हो ।
उपसंहार
नवीकरणीय ऊर्जा मासिने र नासिने हुँदैन, अर्थात् यो सृष्टि रहँदासम्म न घाम लाग्न छोड्ला न छोड्ला हावा चल्न । यसर्थ सुक्ष्म–स्वच्छ–स्वतन्त्र ऊर्जा नेपालको भूगोल सुहाउँदो छ । जलवायु परिवर्तनले भविष्यमा पार्ने असर, विषेशतः यसले पगालिदिने हिउँ र सुकाइदिने नदीले गर्दा स्वच्छ ऊर्जानीति नेपालले तुरुन्तै अवलम्बन गर्नतिर लाग्नु नै बुद्धिमानी देखिन्छ ।
नेपालमा कोइला, ग्यास र तेल भण्डार छैनन् तर जलविद्युत्को प्रबल सम्भावना छ । अहिले बल्ल बर्खामा आत्मनिर्भर बनेको छ, नेपाल । हिउदमा अझै पनि कोइला प्रयोग गरेर उत्पादन गरिएको ५ सय मेगावाटभन्दा बढी बिजुली भारतबाट आयात गरेर बाल्नुपर्ने अवस्था छ । दशकौँअघि नेपाल जलविद्युत् बेचेर संसारको धनी देश हुन सक्थ्यो । अब त जलविद्युत्मा जति नै प्रगति गरे पनि यसबाट फाइदा लिन, जलवायु परिवर्तनको जोखिमले केही दशकमात्रै बाँकी होला । यसैले असको प्रचुर सम्भावना र आवश्यकता भनेको सौर्य र वायुजस्ता वैकल्पिक र स्वच्छ ऊर्जा नै हुन् ।
त्यसका लागि बौद्धिक उपभोक्ताको खाँचो छ । यस्ता उपभोक्ताको बाहुल्यता रहेमा तिनको मागलाई परिपूर्ति गर्न स्वच्छ ऊर्जाको विकास हुन्छ । यसमा उच्चस्तरीय प्रविधिको खाँचो पर्छ । यस्ता प्रविधि विदेशबाट आयात गर्न सकिन्छ र तिनलाई नेपालको भूगोल र परिवेश सुहाउँदो बनाएर सफा ऊर्जा उत्पादन गर्न सकिन्छ । अतः अब ऊर्जा सम्बन्धी परिवर्तित धारणाको विकास गर्दै ऊर्जालाई स्वच्छ बनाउनतिर लागियो भने विश्वको तापमान वृद्धि कम गर्न सकिन्छ । जलवायु परिवर्तनको खतरापूर्ण जोखिम पनि पर धकेल्न सकिन्छ ।
पर्या–साहित्य लेखनमा विशेष अभिरुचि राख्ने लेखक, बेलायतको फोक्सटनमा वातावरण व्यवस्थापन विभागमा कार्यरत छन् । यो लेख २०८१ साल पुसमा प्रकाशित ऊर्जा खबर अर्धवार्षिक पत्रिकाबाट साभार गरिएको हो ।
लेखक, पर्यावरणविद्, आख्यानकार एवम् कवि हुन् ।