ठीक एक वर्षअघि अर्थात् पुस १६ गते, २०८१ मा रसुवागढी जलविद्युत् आयोजनाबाट विद्युत्को व्यापारिक ऊत्पादन सुरु भयो । त्यो केवल विद्युत् उत्पादन सुरु भएको दिनमात्र थिएन । वर्षौँको सपना, सङ्घर्ष र समर्पणले मूर्त रूप पाएको ऐतिहासिक क्षण थियो । विडम्बना नै भन्नुपर्छ, सञ्चालनमा आएको करिब ६ महिनामै (गत असार २४ गते बिहान करिब ३.१५ बजे) एउटा अकल्पनीय घटना घट्यो ।
नेपाल विद्युत् प्राधिकरणले सरकारी निकाय र स्थानीय तहहरूबाट उठ्न बाँकी रहेको अर्बौँ रुपैयाँ बराबरको विद्युत् महसुल बक्यौता असुल गर्न एक दीर्घकालीन र प्रभावकारी योजना कार्यान्वयनमा ल्याउने भएको छ । सडक बत्तीको बक्यौता असुलीका लागि संघ सरकारबाट सम्बन्धित स्थानीय तहमा जाने अनुदान (बजेट) बाट सिधै कट्टा गरी अर्थ मन्त्रालयमार्फत प्राधिकरणको खातामा जम्मा गरिने छ । त्यस्तै, सरकारी कार्यालयले तिर्नुपर्ने बक्यौता महसुल असुलीका लागि समेत अर्थ मन्त्रालयले पठाउने बजेटबाट नै कटौती गरी प्राधिकरणको खातामा जम्मा गर्ने योजना बनाइएको छ ।
कोरला नाकाबाट चालु आर्थिक वर्षको ५ महिनामा २ हजार ७४ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् । आइतबारदेखि कोरला नाकाबाट थप चिनियाँ विद्युतीय सवारीसाधन नेपाल भित्रिने क्रममा रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए ।
पछिल्लो समय नेपाल ऊर्जा क्षेत्रमा अभूतपूर्व छलाङ मारिरहेको छ। दशकौँदेखि लोडसेडिङको चरम पीडामा बाँचेको मुलुक अहिले विद्युत् निर्यात गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ । देशलाई यो अवस्थामा ल्याइपुर्याउनुमा नीतिगत स्पष्टता, कूटनीतिक सक्रियता र जनसहभागितालाई जोड दिएर यस क्षेत्रलाई नेतृत्व दिने नेतृत्वकर्ताको भूमिका महत्त्वपूर्ण तथा प्रभावकारी देखिए...
२०८१ चैत २५काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आफ्नो हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । केन्द्रको मंगलबार (कात्तिक १८ गते) सम्पन्न २९औँ वार्षिकोत्सवको अवसरमा उक्त विवरण बाहिर ल्याएको हो । केन्द्रले आफ्नो उपलब्धिलाई देहायबमोजिम उल्लेख गरेको छ : १. केन्द्रको स्थापनाकालदेखि आर्थिक वर्ष (आव) २०८१/८२ को अन्त्यसम्म भौतिक प्रगति विवरणलाई हेर...
२०८२ कार्तिक १८काठमाडौँ । एक इन्जिनियरले देशमा दीगो भौतिक पूर्वाधार विकासको खाका कोर्न सक्छ । त्यसलाई कार्यान्वयन गर्दै समग्र देशलाई नै समृद्धितर्फ अगाडि बढाउन सक्छ । एउटा सामान्य आवसगृहदेखि काठमाडौँबीचमा ठडिइरहेको धरहरा होस्, चाहे माथिल्लो तामाकोसी (४५६ मेगावाट) जलविद्युत् आयोजनाको जस्तो जटिल भौतिक संरचना नै किन नहोस्, इन्जिनियरको ज्ञानसीप झिकिदिने हो भने यस्ता संरचनाको कल्पना पनि गर्न सकिँदैन ।