काठमाडौँ । पेट्रोल, डिजेल, मट्टीतेल र हवाईइन्धनको मूल्य बढेको छ । नेपाल आयल निगम (एनओसी) लाई इन्डियन आयल निगम (आइओसी) बाट सोमबार प्राप्त मूल्य सूची अनुसार मंगलबारदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजेल/मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ र हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ५१ अमेरिकी डलरले मूल्य बढाएको जनाइएको छ ।
निगमका अनुसार एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । वृद्धि भएको मूल्य अनुसार सबैभन्दा बढी मूल्य तिर्नुपर्ने तेस्रो वर्गका ग्राहकका लागि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर १४९ रुपैयाँ पर्ने भएको छ ।
यस्तो छ आयल निगमको विज्ञप्ति