विद्युत अपडेट

  • प्राधिकरण : ७१४३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३८२८५ मे.वा.घन्टा
  • आयात : २५० मे.वा.घन्टा
  • निर्यात : १४३६० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५८८२७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २५५२ मे.वा.
२०८२ असार २९, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल सरकारको गठन आदेशअनुसार स्थापित ‘वैकल्पिक ऊर्जा विकास समिति’मा ३ सदस्य मनोनयन गरिएको छ । असार ९ गतेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीस्तरीय निर्णयले उक्त मनोनयन गरेको हो ।

मनोनित हुनेमा सन्तोष कोइराला, डा. माधवबहादुर कार्की र मानबहादुर शाही रहेका छन् । यसअघि मनोनित देवेन्द्ररमण खनाल, कुशल गुरुङ र महेश अधिकारीको पदावधि सकिएको हुँदा निजहरूलाई नियुक्त गरिएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जानकारी दिएको छ । कोइराला, कार्की र अधिकारीलाई गत जेठ २९ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार मनोनित गरिएको पनि जनाइएको छ ।

केन्द्रका अनुसार निजहरूलाई गठन आदेश, २०५३ को दफा ३ (२) को खण्ड (ज), (झ) र (ञ) मा उल्लिखित व्यवस्था अनुसार मनोनयन गरिएको छ ।माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका कोइराला हाल नेपाल बैंकर्स संघको अध्यक्षसमेत छन् । यस्तै, डा. कार्की लामो समयदेखि हरित अर्थतन्त्रको क्षेत्रमा काम गर्दै आएका विज्ञ हुन् भने शाही टेक्निकल इन्जिनियरिङ डिजाइन कन्सल्टेन्सी एन्ड कन्स्ट्रक्सन प्रालिका अध्यक्ष हुन् ।

गठन आदेशअनुसार वैकल्पिक ऊर्जा वा ऊर्जा दक्षतामा कर्जा प्रवाह गर्ने नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त “क” वर्गका बैंकमध्ये समितिको सिफारिसमा पर्नेमा कोइराला रहेका छन् । यस्तै, वैकल्पिक ऊर्जा वा ऊर्जा दक्षता प्रविधिको विकास सम्बन्धी काममा संलग्न गैरसरकारी संस्थामध्ये समितिको सिफारिसमा
डा. कार्की र लघुजलविद्युत्, सौर्य ऊर्जा तथा वायोग्यासको क्षेत्रमा कार्यरत निजी क्षेत्रका संघ संस्थामध्येको सिफारिसमा शाहीलाई मनोनयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३