विद्युत अपडेट

  • प्राधिकरण : ८८३८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३७०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३७८०३ मे.वा.घन्टा
  • आयात : ४०५ मे.वा.घन्टा
  • निर्यात : १६७९८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६०७५२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६०१ मे.वा.
२०८२ साउन २, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । औद्योगिक समूह दिवाकर गोल्छा अर्गनाइजेशन अन्तर्गतको गोल्छा ग्रीन इनर्जी प्रालिले नेपालमा सौर्य ऊर्जा विकास तथा विस्तारलाई अघि बढाउने भएको छ । भारतमा ४०० भन्दा बढी सौर्य विद्युत् परियोजना विकासमा काम गरिसकेको भारतको केएसएल क्लिनटेक लिमिटेडसँगको सहकार्यमा कम्पनीले नेपालमा सौर्य ऊर्जा विस्तार गर्न लागेको हो । 

यसका लागि शुक्रबार एक समारोहका बीच गोल्छा ग्रीन इनर्जी प्रालि र केएसएल क्लिनटेकबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारी पत्रमा दिवाकर गोल्छा अर्गनाइजेशनका निर्देशक हिमांशु गोल्छा र केएसएलका निर्देशक आदित्य भाग्चन्दकले हस्ताक्षर गरे । 

कार्यक्रममा नेपाल सौर्य ऊर्जा उत्पादक संघका अध्यक्ष सन्दीप शाहले नेपालमा हिउँदमा जलविद्युत् उत्पादन कम हुने र त्यसलाई पूर्ति गर्न हिउँदमा सौर्य ऊर्जा उत्पादनका लागि आवश्यक घाम लाग्ने भएकोले यसको सन्तुलन मिलाउने गरी सौर्य ऊर्जा उत्पादन गर्नुपर्ने धारणा राखे । हाल हिमालको हिउँ पग्लिँदै गएको तथा जलवायु परिवर्तनले जलविद्युत्को भविष्य नै सङ्कटमा पार्दै लगेको तर घामको भविष्य सुनिश्चित रहेकोले सौर्य ऊर्जालाई सरकारले दोस्रो दर्जाको व्यवहार गर्नु नहुने बताए । उनले हिउँमा अपुग हुने बिजुली पूर्ति गर्न भारतले प्रदूषित कोइलाबाट उत्पादन गर्ने बिजुली आयात गर्नुपर्ने बाध्यता हाउन पनि सौर्य ऊर्जाको विकासमा अघि बढ्नु आवश्यक रहेको बताए । 

वैकल्कि ऊर्जा प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत सन्तोष राईले नेपालमा सौर्य विद्युत् उत्पादन र  प्रसारण प्रणालीमा जडान गर्ने प्रशस्त सम्भावना हुँदा हुँदै पनि ग्रिड जडित रुफटप सोलारलाई ५०० किलोवाटको सीमा तोक्नु उचित नभएको बताए । उनले नेपालमा लाग्ने घामको गुणस्तर सौर्य विद्युत् उत्पादनका लागि उपयुक्त भएको र सरकारले पछिल्लो समय बजेटमार्फत सौर्य ऊर्जाका लागि आवश्यक उपकरण आयातका लागि भन्सार कर छुट दिने प्रावधानले यसमा उत्साहित बनाएको बताए । 

कार्यक्रममा निर्देशक गोल्छाले केएसएलसँगको सहकार्यबाट आफू उत्साहित भएको बताए । हुलास स्टिलमार्फत हालैका दिनमा पनि आफूहरूले विद्युत् पोललगायत सामग्री उत्पादन गर्दै आएकोमा अब सौर्य ऊर्जाको विकास र विस्तारलाई अघि बढाइने बताए । 

केएसएलका निर्देशक भाग्चन्दकले आफूहरूले भारतमा सानादेखि ठूलासम्म ४०० भन्दा बढी फोटोभोल्टिक सौर्य विद्युत् आयोजनाको डिजाइन, निर्माण तथा सञ्चालन गरेर विशेषज्ञता र अनुभव हासिल गरिसकेको भन्दै नेपालमा पनि अब सौर्य ऊर्जा विकासमा अघि बढ्ने बताए । उनले कम्पनीले दिने बिक्रीपछिको सेवा समेत सानासाना समस्या र चुनौतीलाई पनि मिहिन रूपमा समाधान गर्ने गरी दिइरहेको बताए । 

गोल्छा ग्रीन इनर्जीले अघि बढाउने सौर्य विद्युत् आयोजनाहरू विकासका लागि आवश्यक ऋणको व्यवस्थापन भने एभरेष्ट बैंक लिमिटेडबाट गरिने सहमति भएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३