विद्युत अपडेट

  • प्राधिकरण : १००११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २८४८८ मे.वा.घन्टा
  • आयात : १०८२ मे.वा.घन्टा
  • निर्यात : ६७३५ मे.वा.घन्टा
  • ट्रिपिङ : ७०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५३७६१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३६ मे.वा.
२०८२ असार ३, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
 समाचार विश्लेषण : ‘एमसिसी अनुदान’ फिर्ता, लगानीको दायित्व सरकारमा सर्दै

काठमाडौँ । विरोध र समर्थनको लामो रस्साकस्सीको शृङ्खला पार गर्दै निर्माण चरणमा प्रवेश गरेको अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) द्वारा सञ्चालित प्रसारण लाइन आयोजना अन्ततः अनिर्णित अवस्थामा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सहायतामा रोक लगाउने नीति सार्वजनिक गरेपछि यसको भविष्य अनिश्चित बन्यो ।

उक्त कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान दिने र नेपाल सरकारको १३ करोड डलरमा प्रसारण लाइन तथा सडक मर्मतको काम पूरा गर्ने योजना थियो । अमेरिकाले उपलब्ध गराउने अनुदानमा ५ करोड डलर थप दिने गत वर्ष नै निर्णय भएको थियो । जो वाइडेनको सरकार हटेर ट्रप कार्यकाल सुरु हुनासाथ यसमा असर परेको छ । 

अमेरिकी सत्तामा ट्रम्पको प्रवेशसँगै उनले २०८१ साल माघ ७ गते (सन् २०२५, जनवरी २०) मा विदेशी सहायताका लागि ९० दिन रोक लगाउने एक कार्यकारी आदेश जारी गरे । यसले नेपालमा अमेरिकी सहयोगमा सञ्चालित अन्य आयोजनासँगै लम्सीफेदी–रातमाटे, रातमाटे–दमौली, दमौली–बर्दघाट तथा रातमाटे–हेटौँडा ४०० केभी प्रसारण लाइन तथा सम्बन्धित सबस्टेसन निर्माणलाई गम्भीर असर पुर्‍याएको छ ।

२०६८ साल माघ ५ गते नेपाल थ्रेस होल्ड कार्यक्रममा छनोट भएपछि ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’मा हस्ताक्षर हुँदासम्म यसले दर्जनौँ चरण पार गर्‍यो । देशभित्र राजनीतिक विभाजनमात्र भएन भूराजनीति हिसाबले सञ्चालित चीनको बिआरआई (बेल्ट एन्ड रोड इनिसियटिभ) र अमेरिकाले दक्षिण एसियाको आर्थिक विकास तथा स्वतन्त्रताको नाममा अघि बढाएको रणनीतिक अवधारणा ‘इन्डो–प्यासिफिक स्ट्राटेजी (आइपिएस)’ मा समेत राम्रै बहस भयो । बिआरआई अन्तर्गत चीनले प्रसारण लाइन आयोजनालाई बेवास्ता गरेको तर अमेरिकाले आइपिएसकै एउटा अङ्गको रूपमा अगाडि बढाएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राम्रै परिचर्चा भयो ।

त्यति गरेर कार्यान्वयन चरणमा पुगेको ३१५ किलोमिटर बराबरको प्रसारण लाइन ३ वटा सबस्टेसन तथा सडक मर्मत आयोजना अमेरिकी सरकारको एउटै निर्णयले अगाडि बढ्ने/नबढ्ने अन्योलको अवस्थामा पुगेको छ । २०८१ साल फागुन ४ गते (सन् २०२५, फेब्रुअरी १६) अमेरिकाले सहयोग रोकिएको विषय परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालयलाई जानकारी गरायो ।

अमेरिकाले ९० दिनका लागि सहयोग रोकिएको भने पनि त्यसको सीमा कट्दासम्म नेपालले यसबारे प्रस्ट धारणा प्राप्त गर्न सकेको छैन । विदेशी सहयोगका विषयमा कार्यकारी आदेश जारी भएको (जेठ २९ गते) १४२ दिन पुग्यो । तथापि, यो विषयलाई अमेरिकाले अन्योलमै राखेको देखिन्छ ।

अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले उताबाट औपचारिकरूपमा कुनै पनि जानकारी नआएको हुँदा यसमा केही नसोचिएको बताए । ‘पुरानो जे अवस्था हो, त्यो भन्दा थप केही तयारी भएको छैन, नयाँ विकल्पका विषयमा समेत सोचिएको छैन,’ उनले ऊर्जा खबरसँग भने, ‘त्यसको पनि प्रक्रिया होला, प्रस्ट धारणा आएपछि के गर्ने भन्नेमा छलफल होला ।’

आयोजनाका लागि वित्तीय स्रोत परिचालन अर्थबाट भए पनि त्यसको तालुक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि उक्त प्रसारण लाइन कसरी विकास गर्ने भन्नेमा कुनै तयारी नगरेको देखिन्छ । सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र १५ हजार मेगावाट भारतलगायत देशमा निर्यात गर्ने मार्गचित्र बनाएको मन्त्रालयले समेत चासो नदेखाउनुमा उदेक मान्नुपर्छ । तथापि, यसबीचमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपालका लागि अमेरिकी राजदूत डिआर थम्पसनसँग भेट गरी एमसिसी अनुदानका विषयमा छलफल भएको बताएका छन् ।

विद्युत् उत्पादन गरेर कुन बाटो हुँदै बजार पुर्‍याउने वा प्रसारण तथा वितरण पूर्वाधारमा कसरी अगाडि बढ्ने यसमा मन्त्रालयको ठोस योजना नै देखिँदैन । उता, एमसिसी अन्तर्गतको प्रसारण लाइन कार्यान्वयनकर्ता मिलेनियम च्यालेन्ज एकाउन्ट, नेपाल (एमसिए नेपाल) उस्तै अन्योलको भूमरीमा रुमल्लिएको छ ।

हालसम्म एमसिसी सञ्चालक समितिको बैठक नबसेको हुँदा आयोजना कसरी अगाडि बढ्छ भन्ने बारे अन्योल नै रहेको एसिए नेपालका कार्यकारी निर्देशक डा. खड्गबहादुर विष्टले बताए । ‘सहयोग रोकिने जानकारी भएको गत जेठ ९ गते नै १२२ दिन पुग्यो, हामी सञ्चालक समितिको निर्णय कुरेर बसेका छौँ,’ उनले भने । उनका अनुसार अहिलेसम्म अमेरिकाले करिब ५ करोड २० लाख अमेरिकी डलर बराबरको भुक्तानी दिइसकेको छ । यता, २ करोड ६० लाख डलर बराबरको रकम नेपाल सरकारको खर्च भइसकेको छ ।

उक्त रकम पठाइसकेको र केही सबस्टेसन निर्माणको ठेक्का पनि लागिसकेको हुँदा अनुदान नियमित हुने पूर्वाधार क्षेत्रका विज्ञहरूको आकलन छ । यो आयोजनाको कुरा मात्र भन्दा पनि नेपाल–अमेरिकी सम्बन्ध, इन्डो प्यासिफिक रणनीति वा बिआरआई मार्फत चीनलाई नेपाल प्रवेशमा रोक लगाउने अमेरिकी रणनीति फेरिएको पाइँदैन । यी केही आधारले पनि अनुदान नियमित हुने अपेक्षा गरिएको छ ।

अमेरिकाले निर्णय नै गरेर अनुदान रोक्यो भने प्रसारण लाइन कसरी विकास गर्ने ? यस विषयमा नेपाल विद्युत् प्राधिकरणले पनि वैकल्पिक उपाय सोचेको देखिँदैन । निजी क्षेत्रद्वारा उत्पादित ठूलो परिमाणको विद्युत् खरिद गरी त्यसको बजार व्यवस्थापनको मुख्य अभिभारा लिएको प्राधिकरणसमेत यसबारे मौन रहनुले अवस्था झनै अन्योलपूर्ण देखिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य एमसिसीको आयोजना छनोटक्रममा त्यसको निर्देशक समितिमा समेत आवद्ध भएर काम गरेका थिए । अझ, उनले नै विस्तृत प्राविधिक अध्ययन गरेकै आधारमा यो प्रसारण लाइन अमेरिकी अनुदानमा निर्माण हुने टुङ्गो लागेको थियो ।

अमेरिकाले ५० करोड डलर नदिँदैमा प्रसारण लाइन विकास नहुने भन्ने होइन तर देशमा पुँजी अभाव र ठूलो परिमाणको लगानी आवश्यक पर्ने प्रसारण पूर्वाधारमा यत्ति रकम फर्किँदा पनि ठूलै नोक्सानी हुने विश्लेषकहरू बताउँछन् । यस विषयमा निजी ऊर्जा उत्पादकहरूको छाता संस्था ‘स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)’ ले समेत आधिकारिक धारणा बाहिर ल्याएको छैन ।

अमेरिकाले निर्णय नै गरेर अनुदान रोक्यो भने प्रसारण लाइन कसरी विकास गर्ने ? यस विषयमा नेपाल विद्युत् प्राधिकरणले पनि वैकल्पिक उपाय सोचेको देखिँदैन । निजी क्षेत्रद्वारा उत्पादित ठूलो परिमाणको विद्युत् खरिद गरी त्यसको बजार व्यवस्थापनको मुख्य अभिभारा लिएको प्राधिकरणसमेत यसबारे मौन रहनुले अवस्था झनै अन्योलपूर्ण देखिएको छ ।

उता, ग्रिन इनर्जी आन्टरप्रेनर्स नेपाल (ग्रिन) का अध्यक्ष सूर्यप्रसाद अधिकारीले ठूला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् विद्यमान र प्रस्तावित प्रसारण लाइनबाट प्रवाह गर्ने विकल्पबारे अध्ययन भइरहेकाे बताए । 'प्रस्तावित लाइनहरूलाई यथाशीघ्र निर्माण प्रक्रियामा लैजान वन तथा स्थानीय निकायसँग समन्वय गरेर काम गर्नुपर्ने देखिएकाे छ,' उनले भने, 'अब प्रसारण लाइन निर्माण र हस्तान्तरण (विओटी) मोडलमा निर्माण गर्न निजी क्षेत्रलाई दिनुपर्छ ।'

त्यसका लागि वन र भूमिसम्बन्धी कानुनमा आवश्यक संशोधन गरेर जानुकाे विकल्प नरहेकाे उनकाे भनाइ थियाे । उनका अनुसार ३३ केभी प्रसारण लाइनमा जोडिएका साना जलविद्युत् आयोजनाहरूको ग्रिडमा हुने अधिक विच्छेदन र उच्च भोल्टेजको प्रभावलाई न्यूनीकरण गर्न पनि अर्को अध्ययन भइरहेको छ ।

त्यस्तै, इपानका महासचिव बलराम खतिवडाले निजी क्षेत्रले संयुक्त लगानी (कन्सोर्टियम) गरेरै भए पनि अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताए । ‘हामीले संस्थागतरूपमा छलफल गरिसक्यौँ, केही दिनभित्र हाम्रो धारणा लेखेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेश गर्ने तयारी भएको छ,’ उनले भने, ‘स्रोत व्यवस्थापनका अन्य विकल्पमा सरकारले पनि सोच्नु पर्‍यो ।’

स्रोतका विकल्पहरू

उल्लिखित आधारको सम्भावना सकियो वा अनुदान पूर्णतः रोकियो भने के गर्ने त ? त्यसबारे सरकारले अहिलेसम्म एक प्रतिशत पनि तयारी गरेको देखिँदैन । यसमा सरकार लाचार र पूर्णतः गैरजिम्मेवार देखिन्छ । अमेरिकाले वैदेशिक सहायता रोक्ने घोषणा गरिरहँदा आयोजना निर्माणमा स्रोत व्यवस्थापनका विकाल्पमा तयारी गर्नुपर्ने थियो ।

स्रोत व्यवस्थापनका विकल्पमा जाँदा पनि आयोजनाको विद्यमान अवस्थाबाटै अघि बढ्नुपर्ने हुन्छ । सबैभन्दा महत्वपूर्ण पक्ष समय हो । त्यसको हेक्का राख्नुपर्छ । स्रोतका विकल्प भेटिएलान् तर प्रसारण लाइन निर्माणको तयारीमा खर्च भएको झन्डै ६–७ वर्ष फर्किँदैन । अतः यही बिन्दुमा टेकेर स्रोत व्यवस्थापन र निर्माणका विकल्पमा जानु उचित हुने यस क्षेत्रका विज्ञहरू सुझाउँछन् ।

प्रसारण लाइन निर्माणका वैकल्पिक स्रोत व्यवस्थापन यसरी गर्न सकिन्छ :

-    विद्युत् प्राधिकरणले एसियाली विकास बैंक (एडिबी), विश्व बैंकजस्ता विकास साझेदारसँग ऋण लिएर बनाउने ।

-    प्राधिकरणले सहायक कम्पनी स्थापना गरी त्यसमा निजी क्षेत्रको पनि स्वामित्व सुनिश्चित गर्ने ।

-    राष्ट्रिय प्रसारण ग्रिड कम्पनीमार्फत बनाउने ।

-    चीन तथा भारतीय एक्जिम बैंकहरूको अनुदानमा विकास गर्ने

-    निजी क्षेत्रको सहवित्तीयकरणमा विकास गर्ने

एमसिसीले अनुदान झिकेको खण्डमा उल्लिखित विकल्पमा गएर प्रसारण लाइन विकास गर्नैपर्ने देखिन्छ । किनकि, सिन्धुपाल्चोकको भोटेकोसी नदीदेखि पश्चिम कालीगण्डकी बेसिनसम्म विकास गर्ने भनिएका सबै आयोजनाको यही प्रसारण लाइन बन्ने आधारमा विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । अझ, पूर्वको ताप्लेजुङ वा पश्चिम दार्चुलामा विकास हुने आयोजनाका लागि समेत यही प्रावधान झुन्ड्याइएको छ । यो प्रसारण लाइन जुनसुकै अवस्थामा निर्माण हुनुपर्ने, अन्यथा देशको सिङ्गो अर्थतन्त्र धराशायी हुने यस क्षेत्रका जानकारहरूको विश्लेषण छ ।

यो प्रसारण लाइनमार्फत देशमा खपत नभएको विद्युत् बर्दघाटदेखि बुटवल हुँदै भारत निर्यात गर्ने योजना छ । जसबाट २ हजार ५०० मेगावाटभन्दा बढी विद्युत् प्रवाह हुने प्रक्षेपण गरिएको छ । उक्त परिमाणको बिजुली नेपालमा खपत हुन नसके निर्माण अगाडि बढेको बुटवल-गोरखपुर ४०० केभी प्रसारण लाइनमार्फत भारततर्फ पठाउने दीर्घकालीन योजना छ । यही कारण पनि नेपालभित्र एमसिसी अन्तर्गतको प्रसारण लाइन र अन्तरदेशीयरूपमा बुटवल-गोरखपुर लाइन उतिकै महत्त्वका देखिन्छन् ।

भोटेकोसीदेखि पश्चिम कालीगण्डकीसम्म निर्माण भई सञ्चालनरत र निर्माणाधीन आयोजनाहरूको सूची तल उल्लेख गरिएको छ :

अ. भोटेकोसी नदी बेसिनमा निर्माण भई सञ्चालनरत तथा निर्माणाधीन आयोजना (सिन्धुपाल्चोक)

क्र.सं. आयोजना क्षमता (मेगावाट) प्रवर्द्धक अवस्था
सुनकोसी १०.५० नेपाल विद्युत् प्राधिकरण सञ्चालन
२. माथिल्लो भोटेकोसी ४५ भोटेकोसी पावर कम्पनी ''
३. इन्द्रवाती–३ ७.५० नेशनल हाइड्रोपावर कम्पनी प्रा.लि. ''
४. सुनकोसी स्मल २.६० सानिमा हाइड्रोपावर प्रा.लि. ''
५. चाकु खोला लाफिङ बुद्ध पावर नेपाल लिमिटेड ''
६. मध्य चाकु १.८० लाफिङ बुद्ध पावर नेपाल ''
७. तल्लो चाकु खोला १.८० लाफिङ बुद्ध पावर नेपाल प्रा.लि. ''
८. भैरवकुण्ड खोला भैरवकुण्ड हाइड्रोपावर प्रा.लि. ''
९. बराम्ची खोला ४.२० युनिक हाइडेल प्रा.लि. ''
१०. माथिल्लो चाकु ‘ए’ २२.२० शिवश्री हाइड्रोपावर प्रा.लि. ''
११.   झ्याडी खोला  २   इलक्ट्रोकम एन्ड रिसर्च सेन्टर ''
१२. गेलुन खोला ३.२०   गेलुन खोला हाइड्रोपावर कम्पनी प्रा.लि. ''
१३. माथिल्लो बलेफी खोला ‘ए’  ३६   बलेफी हाइड्रो पावर लिमिटेड ''
१४. याम्बलिङ खोला ७.२७  याम्बलिङ हाइड्रोपावर लिमिटेड ''
कुल   १५०.०७  - -
१५.   माथिल्लो बलेफी ४६ अप्पर बलेफी हाइड्रो पावर लिमिटेड निर्माणाधीन
१६.   तल्लो बलेफी  २०  साझा पावर कम्पनी लिमिटेड ''
१७.   बलेफी ‘ए’    २२.१४  मुनलाइट हाइड्रो पावर कम्पनी लिमिटेड ''
१८.  बलेफी खोला ४०  बलेफी इनर्जी प्रा.लि. ''
१९.  मध्य–भोटेकोसी   १०२ मध्य–भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेड ''
२०. माथिल्लो न्यासिम खोला ४३ सिन्धुज्वाला हाइड्रोपावर प्रा.लि. ''
२१.  न्यासिम खोला ३५ सीता हाइड्रोपावर कम्पनी प्रा.लि. ''
२२.  भोटेकोसी–५  ६२   कालिका इनर्जी लिमिटेड ''
२३. जुरिम्बा खोला ७.६३  जुरिम्बा हाइड्रोपावर कम्पनी प्रा.लि. ''
२४. तल्लो सेलाङ खोला १.४८  सेवा हाइड्रो लिमिटेड ''
२५. सुपर मेलच्मी  २३.६०  मिलारेपा इनर्जी प्रा.लि. ''
 २६.  भोटेकोसी–१ ४४  इलेक्ट्रो पावर कम्पनी लिमिटेड ''
२७. तल्लो इन्द्रावती  ४.५० नेशनल हाइड्रोपावर कम्पनी प्रा.लि. ''
२८. लिपिङ खोला   १६.२६     हिम रिभर पावर लिमिटेड ''
२९. ब्रह्मायणी   ३६.५२ ब्रह्मायणी हाइड्रोपावर कम्पनी प्रा.लि. ''
३०. माथिल्लो ब्रह्मायणी   १५.१५  इन्टिग्रेटेड हाइड्रो फन्ड नेपाल प्रा.लि. ''
३१. देवढुङ्गा चाकु खोला    ३.५६ देवढुङ्गा मालिका हाइड्रोपावर प्रा.लि. ''
ख   कुल   ५२२.८४  - -
  क+ख ६७२.९१  - -

नोट : उत्पादित विद्युत् लप्सीफेदी सबस्टेसनमा जोडिएर प्रवाह हुने ।

आ. त्रिशूली नदी बेसिनमा निर्माण भई सञ्चालनरत तथा निर्माणाधीन आयोजना (रसुवा, नुवाकोट)

क्र.सं. आयोजना क्षमता (मेगावाट) प्रवर्द्धक अवस्था
१.  सान्जेन खोला  ७८ साला–सुङ्गी प्रा.लि. सञ्चालन
२.  चिलिमे  २२.१०  चिलिमे हाइड्रो पावर कम्पनी लि. ''
३.  माथिल्लो सान्जेन  १४.८०  सान्जेन जलविद्युत् कम्पनी ''
४. सान्जेन ४२.५०  सान्जेन जलविद्युत् कम्पनी ''
५. रसुवागढी  १११  रसुवागढी हाइड्रो पावर कम्पनी लि. ''
६. त्रिशूली थ्री ‘ए’  ६०   नेपाल विद्युत् प्राधिकरण ''
७.  त्रिशूली   २४ नेपाल विद्युत् प्राधिकरण ''
८.  देवीघाट  १४.१०   नेपाल विद्युत् प्राधिकरण ''
९.   मैलुङ खोला ५   मैलुङ खोला हाइड्रो पावार कम्पनी प्रा.लि. ''
१०. माथिल्लो मैलुङ खोला   १४.३०   अप्पर मैलुङ खोला हाइड्रो पावर लिमिटेड ''
११.  तादी खोला (थप्रेक)  ५  आदि–शक्ति विद्युत् विकास कम्पनी प्रा.लि. ''
१२.  तल्लो तादी    ४.९९   बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी प्रा.लि. ''
 कुल    ३९५.७९ - -
१३. लाङटाङ खोला २० मल्टी इनर्जी डेभलपमेन्ट प्रा.लि. निर्माणाधीन
१४. माथिल्लो मैलुङ ‘ए’ ६.४२ इनर्जी इन्जिनियरिङ प्रा.लि. ''
१५. माथिल्लो मैलुङ ‘बी’ १७ माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेड ''
१६. मध्य-मैलुङ (क्यासकेड १३ माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेड ''
१७. त्रिशूली थ्री ‘बी’  ३७ त्रिशूली जलविद्युत् कम्पनी लि. ''
१८. माथिल्लो त्रिशूली– १  २१६ नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि. ''
१९. रसुवा भोटेकोसी १२० लाङटाङ भोटेकोसी हाइड्रो पावर कम्पनी प्रा.लि. ''
२०. माथिल्लो त्रिशूली–२ १०२ हाइड्रो चाइना कर्पोरेशन ''
२१. मध्य–त्रिशूली गङ्गा १५.६२ पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रा.लि. ''
२२. सुपर त्रिशूली १०० ब्लु इनर्जी लिमिटेट ''
२३. तादी खोला हिरारत्न हाइड्रो पावर प्रा.लि. ''
२४. माथिल्लो तादी ११ सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक प्रा.लि. ''
२५. तादी खोला क्यासकेड  हिरारत्न हाइड्रो पावर कम्पनी प्रा.लि. ''
२६. मध्य–तादी ५.५० दुप्चेश्वर महादेव हाइड्रो कम्पनी प्रा.लि. ''
२७. तादी घ्याङफेदी एबिपी इनर्जी प्रा.लि. ''
ख  जम्मा ६७९.५४ 
  क+ख १०७५.३३

नोट : उत्पादित विद्युत् नुवाकोटको रातमाटे सबस्टेसन जोडिने ।

इ. बुढीगण्डकी नदी बेसिनमा निर्माण भई सञ्चालनरत तथा निर्माणाधीन आयोजना (गोरखा, तनहुँ)

क्र.सं. आयोजना क्षमता (मेगावाट) प्रवर्द्धक अवस्था
१. दरौँदी ‘ए’ दरौँदी कालीका हाइड्रो सञ्चालन
२. रिचेत खोला रिचेत जलविद्युत् कम्पनी प्रा.लि. ''
३. माथिल्लो रिचेत खोला  अप्पर रिचेत हाइड्रोपावर प्रा.लि. ''
४. चेपे खोला स्मल ८.६३ आशुतोष इन्भेस्टमेन्ट प्रा.लि. ''
५. चेपे खोला चम्पावती हाइड्रो पावर प्रा.लि. ''
६. सुपर चेपे ९.०५ रिज लाइन इनर्जी प्रा.लि. ''
७. अप्पर माछा खोला ४.५५ विकास हाइड्रोपावर कम्पनी प्रा.लि. ''
कुल         ४२.२३ –    
८. मध्य–सुपर दरौँदी १० बारपाक दरौँदी हाइड्रोपावर कम्पनी प्रा.लि. निर्माणाधीन
९. माथिल्लो दरौँदी ९.२० ग्रिन गोरखा इनर्जी लिमिटेड ''
१०. माथिल्लो दरौँदी ‘बी’ ८.३० ग्ल्यासियर हाइड्रो प्रा.लि. ''
११. माथिल्लो दरौँदी ‘सी’ ९.८२ ग्ल्यासियर हाइड्रो प्रा.लि. ''
१२. दरौँदी नदी ९.८४ मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेड ''
१३. दूधपोखरी चेपे ८.८३ दूधपोखरी चेपे हाइड्रो पावर प्रा.लि. ''
१४. सुपर माछा खोला ४.६० बुढीगण्डकी हाइड्रोपावर प्रा.लि. ''
१५. माछा खोला १६ वाटर इनर्जी डेभलपमेन्ट प्रा.लि. ''
१६. बुढीगण्डकी ‘क’ १३० नौलो नेपाल हाइड्रो इलेक्ट्रिक प्रा.लि. ''
१७. बुढीगण्डकी ‘ख’ २६० नौलो नेपाल हाइड्रो इलेक्ट्रिक प्रा.लि. ''
१८. बुढीगण्डकी प्रोक ८१ चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड ''
१९. सुपर माछाखोला ४.६० बुढीगण्डकी हाइड्रो पावर प्रा.लि. ''
२०. बुढीगण्डकी ३४१ टाइम्स इनर्जी प्रा.लि. ''
२१. चेपे खोला क्यासकेड आशुतोष इनर्जी लिमिटेड ''
२२. दोभान खोला २४.५० दोभान खोला हाइड्रोपावर लिमिटेड ''
२३. यरु खोला ३०.५९ यरु हाइड्रोपावर प्रा.लि. ''
२४. चिलुन खोला ४३.२० हनुमान हाइड्रोपावर प्रा.लि. ''
कुल ९९३.४८
  क+ख १०३५.७१

नोटः यी सबै आयोजना दमौली सबस्टेसनमा जोडिने प्रक्षेपण गरिएको छ ।

ई. मर्स्याङ्दी नदी बेसिनमा निर्माण भई सञ्चालनरत तथा निर्माणाधीन आयोजना (मनाङ, लमजुङ र तनहुँ)

क्र.सं. आयोजना क्षमता (मेगावाट) प्रवर्द्धक अवस्था
१. मर्स्याङ्दी ६९ नेपाल विद्युत् प्राधिकरण सञ्चालन
२. मध्यमर्स्याङ्दी ७० नेपाल विद्युत् प्राधिकरण ''
३. माथिल्लो मर्स्याङ्दी ‘ए’ ५० सिनो हाइड्रो–सगरमाथा पावर कम्पनी प्रा.लि. ''
४. न्यादी खोला ३० न्यादी हाइड्रो पावर लिमिटेड ''
५. सिउरी खोला न्यादी ग्रुप प्रा.लि. ''
६. राधी स्मल ४.४० राधी विद्युत् कम्पनी लिमिटेड ''
७. माथिल्लो मिदिम खोला ७.५० भुजुङ हाइड्रोपावर लिमिटेड ''
८. मिदिम खोला युनियन हाइड्रोपावर प्रा.लि. ''
९. माथिल्लो छन्दी खोला छ्याङ्दी हाइड्रोपावर कम्पनी प्रा.लि. ''
१०.  छन्दी खोला छ्याङ्दी हाइड्रोपावर कम्पनी प्रा.लि. ''
११. रुदी खोला ८.८० विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रा.लि. ''
१२. रुदी खोला ‘बी’ ६.६० विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रा.लि. ''
१३. माथिल्लो स्याङ्गे खोला २.४० अप्पर स्याङ्गे हाइड्रोपावर प्रा.लि. ''
१४. दोर्दी–१ १२ दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेड ''
१५. माथिल्लो दोर्दी ‘ए’ २५ लिबर्टी इनर्जी हाइड्रो पावर प्रा.लि. ''
१६. दोर्दी खोला २७ हिमालय पावर पार्टनर ''
१७. सुपर दोर्दी ‘ख’ ५४ पिपुल्स हाइड्रो पावर कम्पनी प्रा.लि. ''
कुल ३८०.७०
१८. हिउँचुली दोर्दी ५७ पिपुल्स हाइड्रो पावर कम्पनी प्रा.लि. निर्माणाधीन
१९. दोर्दी दूधखोला १९ गोमा गणेश हाइड्रो पावर प्रा.लि. ''
२०. छहरे खोला १७.५० छहरे खोला हाइड्रोपावर कम्पनी प्रा.लि. ''
२१. मिदिम खोला ४.८० मध्य-मिदिम जलविद्युत् कम्पनी प्रा.लि. ''
२२. सुपर न्यादी ४०.२७ सिउरी न्यादी पावर लिमिटेड ''
२३. तल्लो न्यादी १२.६० हब पावर प्रा.लि. ''
२४. किसेदी खोला ४.१० अना मल्टी–पर्पाेज कम्पनी प्रा.लि. ''
२५. चेपे खोला क्यासकेड आशुतोष इनर्जी लिमिटेड ''
२६. नार खोला ५८.९० नार खोला हाइड्रो इनर्जी प्रा.लि. ''
२७. मर्स्याङ्दी बेँसी ५० दिव्यज्योति हाइड्रो पावर प्रा.लि. ''
२८. माथिल्लो खुदी २६ सुपर खुदी हाइड्रोपावर लिमिटेड ''
२९. न्यादी–फिदी २१.४० नर्थ समिट हाइड्रो लिमिटेड ''
३०. हिदी खोला ६.८२ ह्वाइट लोटस पावर प्रा.लि. ''
३१. मिदिम–१ १३.४२ माउन्ट रसुवा हाइड्रोपावर प्रा.लि. ''
३२. मनाङ मर्स्याङ्दी १३५ मनाङ मर्स्याङ्दी हाइड्रो पावर कम्पनी प्रा.लि. ''
३३. तल्लो मनाङ मर्स्याङ्दी १३९.२० बुटवल पावर कम्पनी ''
३४. माथिल्लो मर्स्याङ्दी–२ ३२७ बुटवल पावर कम्पनी ''
३५.  माथिल्लो मर्स्याङ्दी–१  ९० अप्पर मर्स्याङ्दी हाइड्रो पावर कम्पनी प्रा.लि. ''
३६. सुपर दोर्दी ‘बी’   ५४ पिपुल्स हाइड्रोपावर कम्पनी प्रा.लि. ''
कुल १०७९.०१
  क+ख १४५९.७१

नोटः यी सबै आयोजना दमौली सबस्टेसनमा जोडिने प्रक्षेपण गरिएको छ ।

उ. कालीगण्डकी नदी बेसिनमा निर्माण भई सञ्चालनरत तथा निर्माणाधीन आयोजना (मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ, स्याङ्जा)

क्र.सं. आयोजना क्षमता (मेगावाट) प्रवर्द्धक अवस्था
१. कालीगण्डकी ‘ए’ १४४ नेपाल विद्युत् प्राधिकरण सञ्चालन
२. आँधीखोला ९.४ बुटवल पावर कम्पनी लिमिटेड ''
३. तातोपानी नेपाल विद्युत् प्राधिकरण ''
४. मिस्ट्री खोला ४२ माउन्टेन इनर्जी नेपाल लिमिटेड ''
५. मोदी खोला १४.८० नेपाल विद्युत् प्राधिकरण ''
६. मध्य–मोदी १८ मिडल मोदी हाइड्रो पावर लिमिटेड ''
७. तल्लो मोदी–१ १० युनाइटेड मोदी हाइड्रो पावर प्रा.लि. ''
८. तल्लो मोदी २० मोदी इनर्जी प्रा.लि. ''
९. थापा खोला १३.६० माउन्ट कैलाश इनर्जी कम्पनी लिमिटेड ''
१०. निलगिरि खोला ३८ निलगिरि खोला हाइड्रोपावार कम्पनी प्रा.लि. ''
११. निलगिरि खोला–२ क्यासकेड ७१ निलगिरि खोला हाइड्रोपावार कम्पनी लिमिटेड ''
१२. घलेम्दी घलेम्दी हाइड्रो लिमिटेड ''
१३. घार खोला १४ म्याग्दी हाइड्रोपावर लिमिटेड ''
१४. सेती खोला ३.५० पर्वत पैंयु खोला हाइड्रोपावार कम्पनी ''
१५. दरम खोला ‘ए’ २.५० सयपत्री हाइड्रो पावर प्रा.लि. ''
१६. ठेउले खोला १.५० बाराही हाइड्रोपावर प्रा.लि. ''
१७. भीम खोला ४.९६ शिखर पावर डेभलपमेन्ट प्रा.लि. ''
कुल ४१४.२६  - -
१८. ठूलो खोला २१.३० संयुक्त ऊर्जा लिमिटेड निर्माणाधीन
१९. माथिल्लो ठूलो खोला ‘ए’ २२.५० ठूलो खोला हाइड्रोपावर प्रा.लि. ''
२०. तल्लो ठूलो खोला ४.७५ चितवन इनर्जी लिमिटेड ''
२१. राहुघाट ४० रघुगङ्गा हाइड्रोपावर लिमिटेड ''
२२. राहुघाट मंगले  ३७ टुन्डी पावार कम्पनी प्रा.लि. ''
२३. माथिल्लो राहुघाट ४८.५० टुन्डी पावार कम्पनी प्रा.लि. ''
२४. धवला खोला १०.८० धवलासिरि पावर कम्पनी प्रा.लि. ''
२५. मध्य–कालीगण्डकी ५३.५३ हाइड्रो सर्पोट प्रा.लि. ''
२६. म्याग्दी खोला ५७.३० हाइड्रो भिलेज लिमिटेड ''
२७. तिप्ल्याङ कालीगण्डकी ५८ तिप्ल्याङ कालीगण्डकी हाइड्रोपावर प्रा.लि. ''
२८. माथिल्लो म्याग्दी ३७ हाइड्रो इम्पायर प्रा.लि. ''
२९. माथिल्लो म्याग्दी–१ ५३.५० अप्पर म्याग्दी हाइड्रोपावर लिमिटेड ''
३०. रुप्से खोला रिसर्च एन्ड डेभलपमेन्ट ग्रुप ''
३१. दर्बाङ म्याग्दी खोला २५ धवलागिरि कालिका हाइड्रो लिमिटेड ''
३२. रेले खोला हिम कन्सल्ट लिमिटेड ''
३३. मुडी खोला १४.७० एभरेष्ट इनर्जी एन्ड इन्फ्रास्ट्रक्चर फन्ड प्रा.लि. ''
३४. बगर खोला ५.५० मोना हाइड्रोपावर लिमिटेड ''
३५. कुनबान खोला २० सुस्मित इनर्जी प्रा.लि. ''
३६. मिस्ट्री खोला–२ १२ माउन्टेन इनर्जी नेपाल लिमिटेड ''
३७. दार खोला ६.५ दार खोला हाइड्रोपावर प्रा.लि. ''
३८. सुपर घलेम्दी ९.१४ सुपर घलेम्दी हाइड्रोपावर प्रा.लि. ''
३९. सिंकोस खोला ३.४५ सिंकोस हाइड्रोपावर प्रा.लि. ''
४०. स्यानो खोला ४.७५ कर्णाली जलस्रोत लिमिटेड ''
४१. कालीगण्डकी गर्ज १८० कालीगण्डकी गर्ज हाइड्रो पावर प्रा.लि. ''
कुल ७३५.२२
  क+ख ११४९.४८

नोट : यी सबै आयोजना बर्दघाट सबस्टेसनमा जोडिने प्रक्षेपण गरिएको छ ।

ऊ. सेती नदी बेसिनमा निर्माण भई सञ्चालनरत तथा निर्माणाधीन आयोजना (कास्की, तनहुँ, नवलपरासी)

क्र.सं. आयोजना क्षमता (मेगावाट) प्रवर्द्धक

अवस्था

१. सेती खोला १.५० नेपाल विद्युत् प्राधिकरण सञ्चालन
२. मर्दी खोला ४.८० गण्डकी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रा.लि. ''
३. विजयपुर–१ ४.५० भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ''
४. माथिल्लो मादी २५ मादी पावर प्रा.लि. ''
५. नामार्जुन मादी १२ हिमालयन हाइड्रोपावर प्रा.लि. ''
६. सर्दी खोला मन्दाकिनी हाइड्रोपावर प्रा.लि. ''
७. मद्क्यू खोला १३ सिक्लेस हाइड्रोपावर प्रा.लि. ''
८. विजयपुर खोला–२ ४.५० सिभिल हाइड्रोपावर कम्पनी ''
९. माथिल्लो मर्दी युनाइटेड इदिमर्दी एन्ड आर.बी. हाइड्रोपावर प्रा.लि. ''
१०. सुपर मादी ४४ सुपर मादी हाइड्रोपावर लिमिटेड ''
११. सेती खोला  २५ भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड ''
कुल १४५.३० 
१२. माथिल्लो मोदी ‘ए’ ४२ मोदी जलविद्युत् कम्पनी लिमिटेड निर्माणाधीन
१३. लान्द्रुक मोदी ८६.५९ अन्नपूर्ण विद्युत् विकास कम्पनी प्रा.लि. ''
१४. माथिल्लो मोदी क्यासकेड १८.२० मोदी जलविद्युत् कम्पनी लिमिटेड ''
१५. गर्चयाङ खोला ६.६०  सिटिजन हाइड्रोपावर कम्पनी प्रा.लि. ''
१६. बज्र मादी २४.८० बज्र इनर्जी भेन्चर्स प्रा.लि. ''
१७. माथिल्लो मादी ‘०’ ४३ अन्नपूर्ण पावर कम्पनी प्रा.लि. ''
१८. मादमे खोला २४ मादमे खोला हाइड्रोपावर लिमिटेड ''
१९. करुवा सेती ३२ झ्यामोलोङ्मा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रा.लि. ''
२०. माथिल्लो सेती २० अप्पर सेती हाइड्रो प्रा.लि. ''
२१. माथिल्लो भुरुण्डी खोला ३.७५ अम्बे हाइड्रोपावर प्रा.लि. ''
२२. माथिल्लो भुरुण्डी खोला ‘ए’ ४.५० निको इनर्जी लिमिटेड ''
२३. सेती खोला २२ सेती खोला हाइड्रोपावार लिमिटेड ''
२४. भलौंदी खोला २.६४ भलौंदी खोला हाइड्रोपावार प्रा.लि. ''
२५. माथिल्लो सर्दी खोला २.९० मन्दाकिनी हाइड्रोपावार लिमिटेड ''
२६. मिवाजे खोला ४.९५ माँ दुर्गा काली हाइड्रोपावार कम्पनी प्रा.लि. ''
२७. सुपर सेती २४ एसएन इनर्जी लिमिटेड ''
२८. कालीका कालीगण्डकी ३८.१६ मौलाकालिका हाइड्रोपावर कम्पनी प्रा.लि. ''
२९. तनहुँ सेती १४० तनहुँ हाइड्रोपावर लिमिटेड ''
कुल ५४०.०९
  क+ख ६८५.३९

 

उल्लिखित नदी बेसिनमा निर्माण भई सञ्चालनरत तथा निर्माणाधीन आयोजनाको जम्मा विवरण तल प्रस्तुत गरिएको छ :

क्र.सं.  नदी बेसिन सञ्चालनरत   निर्माणाधीन   कुल  
    सङ्ख्या क्षमता सङ्ख्या क्षमता सङ्ख्या क्षमता
अ. भोटेकोसी १४ १५०.०७ १७ ५२२.८४ ३१ ६७२.९१
आ. त्रिशूली १२ ३९५.७९ १५ ६७९.५४ २७ १०७५.३३
इ. बुढीगण्डकी ४२.२३ १७ ९९३.४८ २४ १०३५.७१
ई. मर्स्याङ्दी १७ ३८०.७० १९ १०७९.०१ ३६ १४५९.७१
उ. कालीगण्डकी १७ ४१४.२६ २४ ७३५.२२ ४१ ११४९.४८
ऊ. सेती ११ १४५.३० १८ ५४०.०९ २९ ६८५.३९
  कुल ७८ १५२८.३५ ११० ४५५०.१८ १८८ ६०७८.५३

 

निष्कर्ष

समग्रमा भोटेकोसी नदी बेसिनदेखि पश्चिम कालीगण्डकी बेसिनसम्मको तथ्यगत विश्लेषण गर्दा ६ हजार मेगावाटभन्दा बढी जलविद्युत् आयोजना सञ्चालन तथा निर्माणाधीन छन् । ति मध्ये १ हजार ५२८ मेगावाटका ७८ आयोजना सञ्चालनमा तथा ४ हजार ५५० मेगावाट बराबरका ११० आयोजना निर्माणाधीन छन् । यी आयोजनाहरू एमसिसीको अनुदानमा निर्माण हुने प्रसारण लाइनसँग कुनै न कुनै हिसाबले जोडिएका छन् । यो प्रसारण लाइन नबनेको खण्डमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा ६ हजार मेगावाटभन्दा बढी आयोजनाबाट उत्पादित तथा उत्पादन हुने विद्युत् प्रवाहमा समस्या देखिने प्रस्ट देखिएको छ ।

तसर्थ, उक्त प्रसारण लाइन अमेरिकी अनुदान फिर्ता गएको खण्डमा पनि सरकार आफैँ, सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा वा अन्य जुनसुकै संयन्त्र प्रयोग गरी विकास गर्नुको विकल्प देखिँदैन । साथै, बुटवल-गोरखपुर सीमापार प्रसारण लाइन पनि बन्नुपर्ने देखिन्छ । तबमात्र उल्लिखित आयोजनाबाट उत्पादित तथा उत्पादन हुने विद्युत् खपत तथा प्रवाह हुने बलियो आधार बन्न सक्छ ।

नोटः तालिकामा उल्लिखित आँकडा विद्युत् विकास विभागको वेबसाइट, नेपाल विद्युत् प्राधिकरणको पिपिए सूची र निजी क्षेत्रबाट प्राप्त विवरणको आधारमा तयार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

लक्ष्मण वियोगी

जलस्रोत, ऊर्जा तथा समसामयिक आर्थिक क्षेत्रमा केन्द्रित रहेर कलम चलाउने वियोगी सम्पादक हुन् ।

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३