विद्युत अपडेट

  • प्राधिकरण : ९०६४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५४२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १९१९० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७३६३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९११ मे.वा.
२०८२ भदौ ८, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
नेपाल सौर्य विद्युत् उत्पादक संघको रजत जयन्ती

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सरकारले उज्यालो पुऱ्याउन नसकेका दुर्गम तथा विकट गाउँ–बस्तीमा सौर्य विद्युत् उत्पादकले बिजुली पुर्‍याइरहेको भन्दै प्रशंसा गरेका छन् । नेपाल सौर्य विद्युत् उत्पादक संघको रजत जयन्ती समारोहमा उनले यस्ताे बताएका हुन् ।

सरकारले हरेक नागरिकको घरमा उज्यालो दिन नसकिरहेकाे अवस्थामा साैर्य विद्युत् पुर्‍याएर महत्त्वपूर्ण योगदान साैर्य विद्युत् उत्पादकले गरेको भन्दै उनले आभार व्यक्त गरे । 

‘विद्युत्‌को आवश्यकता बढ्दो छ, आपूर्तिको माग पनि उच्च छ तर त्यसको सम्बोधन हुन नसकेको गुनासो छ,'  उनले भने, 'अब तीव्र गतिमा काम गर्ने बेला आएको छ । सरकारले लिएको १० वर्षे दीगो ऊर्जा लक्ष्यमा संघको निरन्तर सहयोग र सहकार्य अपरिहार्य छ ।’

दिगो ऊर्जा विकासका लागि निजी क्षेत्रको लगानी र साझेदारीलाई अझ प्रभावकारी बनाउन सरकार नीतिगत सहजीकरण गरिरहेको मन्त्री खड्काले बताए । स्वच्छ र भरपर्दो ऊर्जाको विकल्पका रूपमा सौर्य ऊर्जा रणनीतिक रूपमा महत्त्वपूर्ण भइसकेको उल्लेख गर्दै उनले भने, ‘हामी जलविद्युत्‌को जति अगाडि बढ्दैछाैँ, सौर्य ऊर्जा पनि त्यत्तिकै महत्त्वको विषय हो । जलवायु परिवर्तनको चुनौतीलाई मध्यनजर गर्दै अबको ऊर्जा योजना बहुआयामिक र नवीकरणीय स्रोतमै केन्द्रित हुनुपर्ने आवश्यकता छ ।’

कार्यक्रममा मन्त्री खड्काले सरकारले सौर्य ऊर्जा क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सौर्य विद्युत् खरिद दर पुनरावलोकन, प्रसारण लाइनको पहुँच विस्तार र बैंकिङको व्यवस्था जस्ता विषयलाई प्राथमिकतामा राखेको जानकारी दिए । ‘हामीले स्वच्छ ऊर्जा उत्पादन गरिरहेका छौँ, कार्बन उत्सर्जन गरिरहेका देशहरूसँग क्षतिपूर्तिका लागि कूटनीतिक तथा अन्तर्राष्ट्रिय स्तरमा आवश्यक पहल गर्न सरकार तयार छ ।’

संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले सौर्य ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान र सरकारसँगको सहकार्यको आवश्यकता माथि प्रकाश पारे । ‘संघले विगत २५ वर्षमा नीति संवाद, प्रविधि हस्तान्तरण र परियोजना विकासमा महत्त्वपूर्ण भूमिका र अब सहकार्य, स्थायित्व र लगानीमैत्री वातावरण आवश्यक रहेकाे उनले बताए । 

कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, संघका वरिष्ठ उपाध्यक्ष, सदस्यहरू, विभिन्न सौर्य कम्पनीका प्रतिनिधि, विद्युत् प्राधिकरणका पदाधिकारी, विज्ञहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

रजत जयन्ती समारोहमा संघद्वारा प्रकाशित ‘उज्यालो यात्रा’ नामक स्मारिका विमोचन गरिएको थियो । साथै संघका संस्थापक पदाधिकारीहरूलाई सम्मान गरिएको थियो । सौर्य ऊर्जा प्रवर्द्धनमा योगदान पुर्‍याएका कम्पनीहरूलाई कदरपत्र प्रदान गरिएको कार्यक्रममा सौर्य ऊर्जा क्षेत्रको वर्तमान अवस्था, सम्भावना र चुनौतीका विषयमा पनि व्यापक छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३