विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज ३०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

कैलाली । धनगढी उपमहानगरपालिका–२ मा निर्माण भएको बायोग्यास प्लान्टबाट जैविक मल र एलपी ग्यासको उत्पादन शुरू भएको छ । विश्व बैंकको आर्थिक एवम् प्राविधिक सहयोगमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) को फोहरजन्य वैकल्पिक ऊर्जा उत्पादन कार्यक्रमअन्तर्गत उक्त कार्य गरिएको हो ।

उक्त परियोजना विकासकर्ता देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिसका कार्यकारी निर्देशक रविनकान्त पन्तले बायोग्यास प्लान्टबाट उत्पादित जैविक मल र खाना पकाउने एलपी ग्यासको बिक्री वितरणको शुरू भइसकेको बताए । उनका अनुसार बायोग्यास प्लान्टको दैनिक मलको उत्पादन क्षमता ३ हजार ५०० किलो रहेकामा हाल प्रतिदिन २ हजार किलोग्राम उत्पादन भइरहेको छ ।

खाना पकाउने एलपी ग्यासको दैनिक उत्पादन गर्ने क्षमता १ हजार किलोग्राम रहेकोमा हाल ५०० किलोग्राम उत्पादन भइरहेको पनि उनले बताए । प्लान्टबाट उत्पादित जैविक मलको मूल्य प्रतिकिलो २० रुपैयाँ र ग्यास (प्रतिसिलिन्डर) को १ हजार ४ सय ५० रुपैयाँ कायम गरिएको पन्तले जानकारी दिए ।

'बजार नभएका कारणले क्षमताभन्दा कम उत्पादन गर्नु परेको छ, बिस्तारै मागअनुसार उत्पादनको क्षमता पनि बढाउँदै लगिने छ,' उनले भने, 'उपहानगरपालिकाले सङ्कलन गर्दै आएको कुहिने फोहर, कृषि क्षेत्रको फोहर र औद्योगिक क्षेत्रको फोहरलाई गरी दैनिक ३० हजार किलोग्राम फोहरको व्यवस्थापन भइरहेको छ ।' कुहिने फोहरलाई प्लान्टमा प्रशोधन गरी जैविक मल र ग्यास उत्पादन गर्दै आएको उनको भनाइ छ ।

पन्तका अनुसार प्लान्टबाट कम्पोस्ट र झोल मल पनि उत्पादन भइरहेको छ । विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, धनगढी उपमहानगर र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा गत आर्थिक वर्ष (आव) २०८० सालमा झण्डै २१ करोड रुपैयाँमा प्लान्ट निर्माण गरिएको थियो ।

प्लान्ट निर्माणमा सरकारको ४० प्रतिशत र देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिसको ६० प्रतिशत लगानी रहेको जनाइएको छ । देव ट्रेनिङले २० वर्षसम्म प्लान्ट चलाएर धनगढी उपमहानगरलाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३