काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । बुधबार (असार ३२ गते) देखि लागु हुने गरी निगले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँका दरले मूल्य घटाएको हो ।
घटेको मूल्य अनुसार तीन वर्गका ग्राहक मध्ये अधिकतम मूल्य तिर्नुपर्ने तेस्रो वर्गका ग्राहकलाई प्रतिलिटर १६० रुपैयाँ पर्ने छ । त्यस्तै, तेस्रो वर्गका ग्राहकका लाग डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४८ रुपैयाँ पर्ने छ ।
इन्डियन आयल कर्पोरेशन (आइओसी) ले प्रत्येक १५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ । आइओसीले असार ३१ गते पठाएको नयाँ मूल्य सूची अनुसार यी ती पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।