सरकारको नीतिगत तथा व्यहारिक अवरोधका कारण १० मेगावाटभन्दा साना जलविद्युत् आयोजना प्रवर्द्धक कम्पनीहरू वित्तीय संकटमा परेको भन्दै प्रवर्द्धकहरूले सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । साना आयोजनाहरूको नेतृत्वकर्ता संस्था ग्रिन इनर्जी आन्टरप्रेनर्स नेपालले काठमाडौँमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी यस्तो चेतावनी दिएको हो ।
पिपुल्स पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । जलविद्युत् आयोजना प्रवद्र्धनका लागि कम्पनीले लिएको ऋण घटाउने तथा अर्को आयोजना निर्माणमा लगानी गर्ने उद्देश्यकले कम्पनीले १ बराबर १ अनुपात (शतप्रतिशत) हकप्रद सेयर जारी गर्ने भएको हो ।
सांसद दीपक खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार सम्हालेको झण्डै ४ महिना पुग्यो । यसबीचमा धेरै नीतिगत सुधारका प्रयास देखिएका छन् । लामो समयदेखि गिँजोलिएको ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल विवाद समाधानोन्मुख छ । देशका विभिन्न ठाउँमा निर्माण भइरहेका प्रसारण लाइनका अवरोध हटेर काम सुचारु भएको छ । निर्माणको अन्तिम चरणमा रहेका जलविद्य...
२०८१ मङ्सिर ९नेपालको ऊर्जा क्षेत्र अहिले सरकार, निजी क्षेत्र, दातृ निकाय तथा विकास साझेदार, विदेशी लगानीकर्ता लगायतको चासोको केन्द्रमा छ । सबैतिरबाट प्राथमिकता पाएको यो क्षेत्रका गतिविधिले पनि पछिल्लो समय निकै तीव्रता पाएको देखिन्छ । यस ऊर्जा खबरको छैटौँ अङ्कमा हामीले २०८०/८१ को पछिल्लो ६ महिना (माघ–असार) मा भएका मुख्य तथा महत्त्वपूर्ण गतिविधिलाई समेटेका...
२०८१ मङ्सिर १९काठमाडौँ । एक इन्जिनियरले देशमा दीगो भौतिक पूर्वाधार विकासको खाका कोर्न सक्छ । त्यसलाई कार्यान्वयन गर्दै समग्र देशलाई नै समृद्धितर्फ अगाडि बढाउन सक्छ । एउटा सामान्य आवसगृहदेखि काठमाडौँबीचमा ठडिइरहेको धरहरा होस्, चाहे माथिल्लो तामाकोसी (४५६ मेगावाट) जलविद्युत् आयोजनाको जस्तो जटिल भौतिक संरचना नै किन नहोस्, इन्जिनियरको ज्ञानसीप झिकिदिने हो भने यस्ता संरचनाको कल्पना पनि गर्न सकिँदैन ।