विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाली बजारमा परिचित कम्पनी सिजी इलेक्ट्रोनिक्सले नवीनतम सौर्य प्रविधि सहितको 'सिजी सोलार वाटर हिटर'को माग बढ्दै गएको छ । यो वातावरणमैत्री सौर्य गिजरले परम्परागत ऊर्जा स्रोतको निर्भरतालाई कम गर्दै ग्राहकको जीवनलाई थप सरल र ऊर्जा-दक्ष बनाउने लक्ष्य लिएको जनाइएको छ ।

५ वर्षको ग्यारेन्टी सहित आएको यस गिजरमा इभ्याकुएटेड ट्यूब कलेक्टर टेक्नोलोजीको प्रयोग गरिएको छ, जसले सौर्य ऊर्जाको अधिकतम उपयोग गर्दै पानी तताउन थप प्रभावकारी बनाउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार ऊर्जा बचतमा योगदान दिने यस गिजरले बिजुली खर्च उल्लेखनीय रूपमा घटाउन सक्छ, जसले ग्राहकको आर्थिक बचतमात्र होइन, वातावरणीय जिम्मेवारी बहन गर्नमा समेत सहयोग पुर्‍याउँछ ।

यो वाटर हिटर विभिन्न क्षमता (१५ ट्यूबदेखि ३६ ट्यूबसम्म) का दबाब प्रणालीमा उपलब्ध छन्, जसले साना तथा ठूला परिवारको आवश्यकतालाई सहजै पूरा गर्न सक्ने कम्पनीको दाबी छ । १५-२० ट्यूब गिजर साना परिवारका लागि, २४-३० ट्यूब गिजर मध्यम परिवारका लागि र ३६ ट्यूब गिजर ठूला परिवार वा व्यावसायिक प्रयोगका लागि उपयुक्त रहेको पनि कम्पनीले जानकारी दिएको छ । यसमा एण्टी-कोरोसन कोटिंग र मौसम प्रतिरोधी डिजाइन रहेको छ, जसले यसलाई सबै प्रकारका मौसममा टिकाउ र भरपर्दो बनाएको छ। साथै, यसको प्रयोगकर्ता-मैत्री डिजाइनले गिजरको सजिलो स्थापना र मर्मत सुनिश्चित गरेको छ ।

नेपालले स्वच्छ ऊर्जातर्फको आफ्नो यात्रा अघि बढाइरहेको समयमा सिजी इलेक्ट्रोनिक्सले नवीकरणीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै दिगो भविष्य निर्माणको दिशामा कदम उठाएको छ । यो गिजरले जाडोमा न्यानो र ऊर्जा बचतसँगै हरित भविष्य निर्माणमा योगदान पुर्‍याउने आशा गरिएको छ । यो हिटर नेपालभरका सिजी इलेकट्रोनिक्सका शोरूममा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३