विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको ५.२५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको ३०४औँ सञ्चालक समितिको बैठकले गरेको सो निर्णय आगामी पुस २४ गते हुने तेह्रौँ वार्षिक साधारणसभाबाट पारित गर्ने तयारी छ ।

कम्पनीका अनुसार चुक्ता पुँजीको ५.२५ प्रतिशतका दरले हुन आउने १ अर्ब २८ करोड ९३ लाख ९० हजार २ सय २ रुपैयाँ नगद लाभांश वितरण स्वीकृत गर्ने प्रस्ताव छ । साधारणसभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने, गत आर्थिक वर्षकै वासलात, नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने लगायत विषय प्रस्तावको रूपमा तयार गरेको छ ।

साधारणसभाका लागि पुस १२ गते एक दिनका लागि कम्पनीको शेयरधनी दर्ता किताब तथा शेयर दाखिला खारेजीको कार्य बन्द रहने जनाइएको छ । पुस ११ गतेसम्म कारोबार भई त्यसको ३ कार्यदिनभित्र दाखिल खारेज कायम रहने सेयरधनीले मात्र साधारणसभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३