काठमाडौँ । हिमालयन ऊर्ज विकास कम्पनी लिमिटेड (हुर्जा) मा ६ जना सञ्चालक चयन भएका छन् । पुस २७ गते भएको कम्पीको तेइसौँ तथा चौबिसौँ साधारणसभाले कम्पनीका सञ्चालकहरूको चयन गरेको हो । चयन भएका सञ्चालकहरूमा कम्पनीको सेयर सदस्य मातृसेवा प्रतिष्ठान नेपालबाट हरिप्रसाद पाण्डे, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडबाट रमेशप्रसाद न्यौपाने छन् । त्यस्तै, सोमनाथ पाठक, श्रीराम पाण्डे, सुमन शर्मा चौलागाई र प्रमिला चौहान बस्नेत छन् ।
त्यस्तै, पुस २६ गते नै भएको नवनियुक्त सञ्चालकहरुको बैठकले सञ्चालक समितिको अध्यषमा हरिप्रसाद पाण्डेलई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले स्वतन्त्र सञ्चालकमा सोलुखुम्बुको लिखु पिके गाउँपािलका–२ का छत्रबहादुर बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
संयुक्त साधारणसभाले रमेशप्रसाद न्यौपानेको संयोजकत्वमा लेखा समिति, सोमनाथ पाठकको संयोजकत्वमा जोखिम व्यवस्थापन समिति र श्रीराम पाण्डेको संयोजकत्वमा सम्पत्ति तथा दायित्व समितिसमेत पुनर्गठन गरेको छ ।
कम्पनीले रामेछापमा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती–२ जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।