विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । भारतीय सरकारी सार्वजनिक कम्पनी एनटीपीसी लिमिटेडको सहायक कम्पनी एनटीपीसी ग्रिन इनर्जी लिमिटेडले १० हजार करोड भारु (१ खर्ब ६० अर्ब रुपैयाँ) बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । यसका लागि कम्पनीले मस्यौदा तयार पारी सम्बन्धित निकायमा दर्ता गरेको छ । विभिन्न परियोजनाका लागि लिएको ऋण तिर्न तथा कम्पनी सञ्चालनका लागि आईपीओबाट रकम जुटाउन लागिएको कम्पनीले जनाएको छ । 

सन् २०३० सम्म कम्तीमा ५०० गिगावाट स्वच्छ ऊर्जाको उत्पादन थप गर्ने भारतको लक्ष्यलाई कम्पनीको यो योजनाले सघाउने विश्वास गरिएको छ । एनटीपीसी ग्रीन इनर्जीको हालको नवीकरणीय ऊर्जा उत्पदनको जडित क्षमता ३.३ गिगावाट छ । आगामी वर्षहरूमा यो क्षमतामा उल्लेख्य वृद्धि ल्याउने योजना कम्पनीले बनाएको छ । 

कम्पनीले सुजलोनसँग मिलेर भारतको सबैभन्दा ठूलो वायु ऊर्जा परियोजना विकास गर्न साझेदारी गरेको छ, जसले झन्डै ३० लाख घरहरूलाई बिजुली आपूर्ति गर्ने क्षमता राख्छ । परियोजनाअन्तर्गत गुजरातमा ३७० वटा वायु ऊर्जा प्लान्टका टर्बाइन जेनेरेटरहरू जडान गर्ने योजना छ । 

एनजीईएलसँग भारतभर थुप्रै सौर्य ऊर्जा परियोजना पनि सञ्चालनमा छन्, तीनले देशको नवीकरणीय ऊर्जा क्षमतामा महत्त्वपूर्ण योगदान दिएको छ । सौर्य र वायु ऊर्जाबाहेक कम्पनीले हरित हाइड्रोजन र हरित मिथानोल उत्पादनमा पनि लगानी गरिरहेको छ, जुन नवीकरणीय ऊर्जाबाट उत्पादन गरिने स्वच्छ इन्धन हुन् ।

कम्पनीले नवीकरणीय ऊर्जा प्रणालीलाई विश्वसनीय तथा भरपर्दो बनाउन उन्नत ऊर्जा भण्डारण समाधानहरूको खोजी गरिरहेको छ । त्यस्तै, कम्पनीले फोहोरलाई ऊर्जामा परिवर्तन गर्ने कामसमेत गरिरहेको छ, जसले यसको नवीकरणीय ऊर्जा उत्पादनमा विविधता थपिरहेको छ । 

यस्ता परियोजनामार्फत सन् २०३२ सम्ममा ६० गिगावाट नवीकरणीय ऊर्जा क्षमता हासिल गर्ने कम्पनीको लक्ष्य छ। (भारतीय सञ्चारमाध्यमहको सहयोगमा)

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३