काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपार लिमिटेडमा ४ जना सञ्चालक नियुक्त भएका छन् । कम्पनीको मंगलबार सम्पन्न नवौँ वार्षिक साधारणसभाबाट ४ वर्षे कार्यकालका लगि सञ्चालकहरू निर्वाचित भएका हुन् ।
नियुक्त हुने सञ्चालकहरूमा संस्थापक सेयरधनीका तर्फबाट विनयकुमार श्रेष्ठ छन् । त्यस्तै संस्थापक सेयरधनी सानिमा माई हाइड्रोपावर लिमिटेडका प्रतिनिधिका रूपमा शिवकुमार बस्नेत, संस्थापक शेयरधनीबाट विनोद ओझा र सानिमा माईकै तर्फबाट सुमना न्यौपानेलाई नियुक्त भएका छन् ।
कम्पनीले ताप्लेजुङस्थित तमोर नदीको पानी सदुयोग गरी ७३ मेगावाटको जलविद्युत् केन्द्र सञ्चालन गरिरहेको छ ।