विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ २, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले विद्युत् महसुलको बक्यौता ६० दिनभन्दा बढी समयसम्म नतिरेका ग्राहकलाई भुक्तानीका लागि एसएमएस द्वारा जानकारी दिने भएको छ । यो सेवाको परीक्षणका लागि पहिलो चरणमा रुपन्देहीको नयाँ मिल वितरण केन्द्र अन्तर्गतका ग्राहकलाई जानकारी दिने तयारी भइरहेको प्रादेशिक कार्यलय प्रमुख हरि पाण्डेले ऊर्जा खबरसँग बताए ।

‘परीक्षण सफल भयो भने हामी यो सेवा लुम्बिनी प्रदेशभरका वितरण कार्यालय तथा विद्युत् ग्राहकमा लागु गर्ने छौँ,’ उलने भने, ‘यसले बक्यौता भुक्तानी रकम र समयावधिबारे ग्राहकले आफ्नै मोबाइलमा सूचना पाउनेछन् र समयमै बिल भुक्तानी गर्न सक्नेछन् भन्ने हाम्रो अपेक्षा छ ।’

उनका अनुसार प्राधिकरणको प्रचलित विनियमयले ६० दिनभन्दा बढी बक्यौता रहेका ग्राहकको बक्यौता असुलीका लागि जुनसुकै बेला लाइन काट्ने प्रावधान राखेता पनि ग्राहकवर्गबाट बिना सूचना लाइन काटेको, बक्यौता थाहा नपाएको जस्ता गुनासो आएपछि कार्यालयले यस्तो सेवा सुरु गर्न लागेको हो ।

‘एसएमएसमार्फत जानकारी गराइसकेपछि पनि लाइन काट्दा जानकारी नै नदिई प्राधिकरणले लाइन काट्यो भन्ने ग्राहकको गुनासोको सम्बोधन हुनेछ,’ उनले भने, परीक्षण अभ्यास सफल भए यस्तो सेवा विस्तार गर्ने र समयमै बिल भुक्तानी गर्ने ग्राहकको सङ्ख्या बढ्ने विश्वास गरिएको छ ।’

त्यसैगरी, जनगुनासो व्यवस्थापनका लागि लुम्बिनी प्रदेश अन्तर्गतका वितरण केन्द्रमा ग्राहकको फोन नउठ्ने समस्या समाधानका लागि प्रादेशिक कार्यालयले चौबिस घन्टे कल सेन्टर सञ्चालन गर्ने भएको छ ।

कल सेन्टरबाट नै ग्राहकलाई ‘कल ब्याक’ हुने व्यवस्था मिलाउन लागेको पनि उनले बताए । ग्राहक गुनासो व्यवस्थापन र दुरुस्त सेवाप्रवाहमा यी दुई सेवा महत्त्वपूर्ण हुने अपेक्षा गरिएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३