विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । देशकाे कृषि क्षेत्रकाे उत्पादन बढाउन नवीकरणीय ऊर्जा विकासमा जाेड दिनुपर्ने यस क्षेत्रका विज्ञ तथा सराेकारवालाहरूले बताएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) र नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकन) ले आइतबार एकाइसौँ राष्ट्रिय धान दिवसको अवसरमा नवीकरणीय ऊर्जा र कृषिका लागि ऊर्जा दक्षता भन्ने विषयवस्तुमा छलफलका क्रममा यसमा जाेड दिइएकाे हाे ।

केन्द्रमा आयोजित कार्यक्रममा ऊर्जा विज्ञ, सरकारी अधिकारीहरू र वैकल्पिक ऊर्जाका क्षेत्रमा क्रियाशील निजी क्षेत्र तथा उद्यमी लगायतले कृषि क्षेत्रमा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता प्रविधिको एकीकरण गरी उत्पादकत्व र दिगोपनामा जोड दिइयाे । 'आयातित खाद्य पदार्थमा निर्भरता घटाउन र खाद्य सुरक्षा सुनिश्चित गर्न नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग र ऊर्जा दक्षता महत्त्वपूर्ण रहेकाे अधिकांशकाे भनाइ थियाे ।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले कृषि क्षेत्रमा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने तथा ऊर्जा दक्षताका उपाय खोज्न निरन्तर छलफल र विचार विमर्श गरिनु आवश्यक रहेकाे बताए । ‘नवीकरणीय ऊर्जालाई सिँचाइ र बाली व्यवस्थापनबाहेक कृषि उत्पादन ढुवानी र लामो समयसम्म भण्डारण गर्न पनि प्रयोग गर्न सकिन्छ,’ उनले भने, 'नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता ऐन ल्याउन सरकारबाट आवश्यक तयारी भइरहेको र यस सम्बन्धी समस्यालाई सम्बोधन गर्न संसदको चलिरहेको बैठकमा यससम्बन्धी विधेयकमाथि छलफल भइरहेको छ ।'

यसैगरी, रिकनका अध्यक्ष गुणराज ढकालले नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउन नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगको महत्त्वबारे प्रकाश पारेका थिए । कृषिका लागि नवीकरणीय ऊर्जा प्रविधिका संवन्धमा केन्द्र र परिसंघको सहकार्य अपरिहार्य रहेकाे उनकाे भनाइ थियाे ।

उता, केन्द्रकी उपनिर्देशक शुभलक्ष्मी श्रेष्ठले कृषिका लागि नवीकरणीय ऊर्जा प्रविधि उपयोग गर्न तथा ऊर्जा दक्षताका उपायहरूका लागि केन्द्रले उल्लेखनीय योगदान गर्दै आएको र निजी क्षेत्रका साथ सहकार्य गर्दै कृषि क्षेत्रमा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताइन् ।

कार्यक्रमको समापनमा पूर्वविज्ञान तथा प्रविधि मन्त्री गणेश साहले सबन्धित निकायहरूले प्रदेश तथा स्थानीय स्तरमा पनि कृषिका लागि नवीकरणीय ऊर्जा प्रविधि तथा ऊर्जा दक्षता सम्बन्धी क्षमता अभिवृद्धि र सचेतनाका लागि परिचयात्मक कार्यक्रमहरू सञ्चालन गर्नु उपयुक्त हुने बताए ।

कार्यक्रममा शेखर अर्याल, सुशील ज्ञवाली, के. आर खनाल, डा. शान्तिकला सुवेदी, सुनिता न्हेमफुकी, सुहृद चापागाईं लगायतले नवीकरणीय ऊर्जा विकास र यसले कृषि विकासमा पुर्‍याउने याेगदानका विषयमा चर्चा गरेका थिए ।

छलफल कार्यक्रममा इमीबाट शिशिर श्रेष्ठ, प्राक्टिकल एक्सनबाट मिनविक्रम मल्ल तथा एग्रडाइरेक्टका सुबास श्रेष्ठले सिँचाइका लागि सौर्य ऊर्जाको प्रयोग, नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग र ऊर्जा दक्षताका विषयमा प्रस्तुति दिएका थिए ।

कृषिलाई जलवायु मैत्री तुल्याउन वातावरणीय सन्तुलनका पक्षहरूमा गम्भीर भई कृषि उत्पादन गर्ने प्रविधिको अभ्यास गर्नु हो । यसका लागि सिँचाइमा दक्षता बढाउने र पानीको खपत घटाउने, जैविक खेतीः रासायनिक मल र विषादीको सट्टा जैवीक मल र जैविक कीटनाशकको प्रयोग गर्ने एवम् माटोको उर्वरा शक्ति संरक्षण गर्न आवश्यक रहेकाे लगायत विषयमा चर्चा गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३