विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । म्याग्दी जिल्लामा हाइड्रो इम्पायर प्रालिले निर्माण गर्ने ३७ मेगावाटको माथिल्लो म्याग्दी खोला जलविद्युत् आयोजनाको आज वित्तीय व्यवस्थापन हुने भएको छ । ५ वटा बैंकको सहवित्तीयकरणमा झण्डै साढे ५ अर्ब रुपैयाँ लगानी गर्ने विषयमा आज सम्झौता हुँदैछ ।

आयोजनामा सिद्धार्थ बैंक लिमिटेडको प्रमुख अग्रसरता तथा नेपाल एसबिआई बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र नबिल बैंक लिमिटेडले लगानी गर्ने टुंगो लागेको छ । बैंकको ब्याजबाहेक आयोजनाको कूल लागत ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार रुपैयाँ अनुमान गरिएको छ । त्यसमा बैंकहरूबाट ५ अर्ब ३४ करोड ८८ लाख ९८ हजार रुपैयाँ लगानी गर्नेछन् ।

कम्पनीका अनुसार आयोजनामा बैंकको ब्याजबाहेक ऋण र स्वपुँजी लगानीको अनुपात ८०ः२० रहेको छ भने बैंकको ब्याजसहित लगानीको अनुपात ७०ः३० (कूल लगानी ७ अर्ब ६३ करोड २९ लाख १४ हजार रुपैयाँ) प्रक्षेपण गरिएको छ । आयोजना निर्माण भएको करिब १२ वर्षमा बैंकको ऋण तिरिसक्ने योजना छ ।

धवलागिरि गाउँपालिका–४ मा निर्माण हुने आयोजनाबाट वार्षिक औसत २१५.७१४ गिगावाट घन्टा (हिउँदमा ६७.२३ गिगावाट घन्टा र बर्खामा १४८.४८६ गिगावाट घन्टा) ऊर्जा उत्पादन हुनेछ ।  उत्पादित विद्युत् विद्युत्‌गृहदेखि १० किलोमिटर दूरीको १३२ केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण गरी नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसनमा लगेर केन्द्रीय प्रणालीमा प्रवाह गरिनेछ ।

आयोजनाको डिजाइन परामर्शदातामा ईआई माभेन प्रा.लि. रहेको छ भने सिभिल निर्माण (हेडवक्र्सदेखि अडिट सुरुङ) माछापुच्छ्रे इन्जिनियरिङ प्रा.लि. र आरजे/ममता जेभी (अडिट सुरुङदेखि विद्युत्‌गृहसम्मको संरचना) ले गर्ने गरी सम्झौता भएको छ ।

हालसम्म आयोजना निर्माणस्थलमा पुग्ने २१ किलोमिटर पहुँचमार्ग पूरा भई आवश्यक ५० टन क्षमताको १ र ३० टन क्षमताको १ बेलिब्रिज पनि सञ्चालनमा आइसकेको छ । आयोजनाले निर्माण गर्नुपर्ने करिब ९ किलोमिटर पहुँचमार्गको काम समेत पूरा भएको कम्पनीले जानकारी दिएको छ । उता, सुरक्षार्थ आवश्यक नेपाली सेनाका लागि आवास (आर्मी क्याम्प) को व्यवस्था र अन्य सिभिल संरचनाका लागि ठेकेदार परिचालन भइ कार्य सुरु भइसकेको छ ।

आयोजनाका लागि आवश्यक निजी जग्गा १.६९ हेक्टर खरिद गरिएको तथा सरकारी जग्गा ३.६९ हेक्टर अधिग्रहण गरी यसको शोधभर्नाको प्रक्रिया अगाडि बढाएको छ । यस्तै, वन सम्बन्धी सम्पूर्ण कार्यहरू सकिइसकेको छ । आयोजनाका लागि आवश्यक विष्फोटक पर्दाथ खरिदका लागि लागि सम्बन्धित निकायबाट स्वीकृति लिई प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३