विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज १, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

जनकपुरधाम । धनुषाको पोर्ताहास्थित कमला सिँचाइ आयोजना मधेस प्रदेशको धनुषा र सिरहाका किसानका लागि बरदान सावित भएको छ ।

उक्त आयोजनाले बर्सेनि कमला नदीमा आउने बाढीपहिरो नियन्त्रणका लागि दुईतर्फी तटबन्ध निर्माण गरेको छ । तटबन्धसँगै कमला नदीमा नहर लगायतका संरचना निर्माण गरेपछि उक्त आयोजना किसानका लागि बरदान सावित भएको हो ।

‘कमला सिँचाइ व्यवस्थान कार्यालय पोर्ताहा धनुषाअन्तर्गत यो आयोजनाले बाढीबाट हुने क्षतिबाट हामी सुरक्षित भएका छौँ’, सिरहाका किसान रामलखन महतोले भने,
‘यसको निर्माण नभएको भए अहिलेसम्म कमला क्षेत्रका बासिन्दाको उठिबास भइसकेको हुन्थ्यो, अहिले खेती पनि राम्रो भइरहेको छ।’

आयोजना कार्यालय प्रमुख वीरेन्द्र यादवका अनुसार कमला सिँचाइ आयोजनाबाट धनुषा र सिरहाका २५ हजार हेक्टर  कृषियोग्य जमिनमा सतह सिँचाइ (नहरमार्फत) सुविधा पुगेको छ । त्यसबाट ४० हजार घरपरिवार लाभान्वित भएका छन् ।

आयोजनाको पश्चिमी नहर प्रणालीमार्फत धनुषाको १२ हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । धनुषाको ६ नगरपालिका र २ गाउँपालिका गणेशमान चारनाथ, सबैला, सहिद, विदेह, कमला, हँसपुर नगरपालिका र औरही तथा जनकनन्दनी गाउँपालिकामा सिँचाइ सुविधा पुर्‍याएको छ ।

सो आयोजनामार्फत सिरहाको १२ हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविध पुगेको छ । ५ नगरपालिका कर्जन्हा, मिर्चैया, कल्यानपुर, सिरहा, सुखिपुर नगरपालिका र २ गाउँपालिका विष्णुपुर तथा औरही गाउँपालिकामा सिँचाइ सुविधा पुर्‍याएको छ ।

कमला पश्चिमी नहर प्रणालीको क्षमता १४ क्युसेक तथा लम्बाइ १४ दशमलव ३ किलोमिटर रहेको छ । त्यसका ४ वटा शाखा नहर छन् । कमला पूर्वी नहर प्रणालीको क्षमता १४ क्युसेक तथा लम्बाइ ३१ दशमलव ६ किमी रहेको छ । जसअन्तर्गत ८ वटा शाखा छन् । सो कार्यालयले गत आर्थिक वर्ष २०८०÷८१ मा कमला सिँचाइ प्रणालीमा मर्मतसम्भार आयोजना तथा बृहत सरकारी सिँचाइ योजनाको पुनःस्थापना तथा व्यवस्थापन हस्तान्तरण गरी २ कार्यक्रम सञ्चालन गरेको छ ।

यसै कार्यक्रम अन्तर्गत कमला सिँचाइ प्रणलीको ‘हेडवक्र्स’, पूर्वी तथा पश्चिमी नहर प्रणालीको मर्मत सम्भार तथा संरचना निर्माण गरेको जनाइएको छ । सोही आवमा आयोजना कार्यालयबाट कमला नदीको बाँध, ‘हेडवर्क्स’को मर्मतसम्भार  पूर्वी तथा पश्चिमी नहरको ‘अन्डरस्लुस’ तथा ‘वेयर’को ४ मध्ये २ वटा ‘वेयरपोर्सन’को मर्मतसम्भार गरेको छ ।

त्यसैगरी कमला ‘हेडवर्क्स’को पूर्वी तथा पश्चिमी बाँधलाई बाढीबाट भएको कटानको पश्चिमीतर्फ ‘स्लोप रिभेटमेन्ट’ १३३ मिटर तथा ‘टोईवाल’ १३९ मिटर र पूर्वीतर्फ ‘लन्चिङ’ तथा ‘ग्याविन वाल’ १७५ मिटर, ‘टोईवाल’ ५४ मिटर तथा ‘स्पर’ एउटा र ‘स्टड’ ८ निर्माण गरी मर्मतसम्भार गरिएको  प्रमुख यादवले जानकारी दिए ।

कमला सिँचाइको पूर्वी तथा पश्चिमी नहर प्रणाली अन्तर्गत १ हजार १० मिटर नहर ‘लाइनिङ’, ३ दशमवलव १५ किमी ‘सभिर्सरोड’ मर्मत, ३ वटा ‘भीआरबी’, ३ वटा ‘बोक्स कल्भर्ट’, चारवटा ‘रोड क्रसिङ’, तीनवटा ‘डिभिजन बोक्स’, आठवटा  ‘ड्रोपस्ट्रक्चर’, १८९ मिटर ‘टेनिङ वाल’, १९० मी संरचना बचावट (खाली बोरामा माटो) भर्ने काम, १८० मिटर, नहर संरक्षण, १ गेट जडान सहित मर्मत गरेको छ ।

नेपालका ठूलामध्ये कमला सिँचाइ आयोजना पनि १ हो । विसं २०१७ कात्तिक २६ गते तत्कालीन सिँचाइमन्त्री गणेशमान सिहंले शिलान्यास गरेको सो आयोजनाले विसं २०४० बाट सिँचाइ सुविधा पुर्‍याउन थालेको थियो ।

सिँचाइ सुविधा पुगेको २ जिल्लाको औसत उत्पादकत्व ३ दशमलव २१ मेट्रिकटन प्रतिहेक्टर धानबाली रहेकामा गत आर्थिक वर्षमा सिँचाइ आयोजनाको थप व्यवस्थापन पछि ४ दशमलव १३ मेट्रिकटन धानबाली उत्पादन वृद्धि भएको आयोजना कार्यालयले जनाएको छ । 

सिँचाइबाट अहिले वर्षमा दुई÷तीन बालीसम्म कृषि उपज उत्पादन भइरहेको छ । सो कार्यालयले आव २०८०÷८१ मा  जल उपभोक्ता समितिका पदाधिकारी तथा समिति समेत चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३