विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सौर्य ऊर्जाको क्षेत्रमा काम गर्दै आइरहेको क्वालिटी रिन्यूएबल इनर्जी प्रा.लि.ले एकसाथ दुई वटा अवार्ड प्राप्त गरेको छ । सोलार क्वाटर साउथ एसियाले काठमाडौँमा आयोजना गरेको नवीकरणीय ऊर्जा सप्ताह–२०२४, नेपालको अवसरमा क्वालिटी रिन्युएबल इनर्जीले ‘वेष्ट ग्रामीण इलेक्ट्रिफिकेसन अवार्ड’ र ‘वेष्ट सोलार अफ ग्रीड प्रोजेक्ट अफ द एयर–२०२४’ प्राप्त गरेको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ती दुवै अवार्ड कम्पनीका प्रमुख अपरेटिङ अफिसर (सिओओ) तुफान गौतमलाई प्रदान गरे । सोही अवसरमा घिसिङले दुर्गम र ग्रामीण क्षेत्रमा सौर्य ऊर्जामार्फत नागरिकलाई उज्यालो प्रदान गर्न क्वालिटी रिन्यूएबलले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

कम्पनीका सिओओ गौतमले हिमाली जिल्ला मुस्ताङका बवस्तीमा सोलारको माध्यमबाट घरघरमा बिजुली पुर्‍याएको र दुर्गम सल्यानका बस्तीमा सोलारमार्फत खानेपानीको आयोजना सम्पन्न गरेकोले त्यसको मूल्याङ्कन भएको बताए । क्वालिटीले सौर्य ऊर्जाबाट अफ ग्रीड र अन ग्रीडमार्फत विद्युत् उत्पादन गरी सेवा प्रदान गर्दै आइरहेको छ । आफ्नो कम्पनीले नवीकरणीय ऊर्जाका सबै आयाममा काम गर्दै आइरहेको उनको भनाइ छ ।

कम्पनीले सोलार होम सिस्टम, संस्थागत सोलार प्रणाली, रुफ टप सिस्टम, मिनी ग्रीड, सडक सोलार बत्ति, सुधारिएको चूलो, विद्युतीय चुलो, वाटर हिटर, बायोग्यास लगायत नवीकरणीय क्षेत्रमा काम गरीरहेको जनाइएको छ । सोही अवसरमा नवीकरणीय ऊर्जा क्षेत्रमा काम गर्ने विभिन्न व्यक्ति र संस्थाहरू सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३