विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

लवायु न्याय प्राप्तिका लागि दक्षीण एसियाली क्षेत्रका देशहरूको सामुहिक प्रतिबद्धता त छ नै, यसका लागि सामुहिक प्रयास पनि जरुरी छ। यस फोरमको औपचारिक स्थापनाले हाम्रो त्यो आवश्यक्ता धेरै हदसम्म पूरा हुनेछ। यसले प्राथमिक विषयको रूपमा राखेको क्षेत्रीय ऊर्जा सहकार्यमा सफलता हासिल गरोस् । यसले यस क्षेत्रका देशहरू बिचको एकतामा टेवा पुर्‍याउनुका साथै हाम्रो मित्रतालाई अझ प्रगाढ बनाउने छ । हामीले सामुहिकरूपमा ढिला नगरी जलवायु परिवर्तनले यस क्षेत्रमा पारेको बृहत् असरसँग जुध्ने क्षमताको विकास गर्नुपर्छ । साथै, असर न्यूनिकरणका निमित्त अन्तर्राष्ट्रिय जलवायु कूटनीति मार्फत जलवायु न्यायका लागि विकसित मुलुकहरूसँग सामुहिक वार्ताको माध्यमबाट उनीहरूलाई जिम्मेवार बनाउन पहल गर्नुपर्ने छ।

जलवायु परिवर्तन र ऊर्जा, यी विषयहरू आफैँमा गहिरो रूपमा अन्तरसम्बन्धित छन्। आज जलवायु परिवर्तन समस्याको मुख्य स्रोत प्रदूषित ऊर्जाको उपयोग नै हो भन्ने निष्कर्ष अध्यनहरूले देखाएका छन् । आर्थिकरूपमा अग्रसर हुँदै गरेको हाम्रो भूगोल सुन्दर भविष्य, स्वच्छ ऊर्जाको अधिकतम उपयोग गर्दै, जलवायु परिवर्तनका असरहरूको व्यवस्थापन गर्नुपर्ने चुनौतीका समु उभिएको छ। त्यसकारण पनि यी देशहरू बिचको ऊर्जा सहकार्यको विशेष महत्व रहेको छ।

सार्क देशहरूले विभिन्न वातावरणीय चुनौतीहरू सामना गरिरहेका छन्। विश्वको २५ प्रतिशत जनसङ्ख्याको घर रहेको यस क्षेत्र, आर्थिक विकासको मामलामा पछाडि रहेको र जनतालाई आधारभूत सेवा सुविधाको सुनिश्चिततामै, अधिकांस स्रोतहरू प्रयोग हुने गरेको यथार्थ लुकेको छैन।

विश्वको जलवायु परिवर्तन समस्यामा अत्यन्तै न्यून दोष भए पनि यसको उच्च जोखिम बेहोर्नुपर्ने भूगोलको सूचीमा नेपाल, भारत लगायत दक्षिण एसीयाली मुलुकहरू रहेका छन्। विकसित देशहरूको आजको सम्बृद्धिको मुल्य, हामीले यो उच्च  जोखिम बोकेर चुकाउन पर्नु अत्यन्तै दुःखको विषय हो। हामीलाई जलवायु परिवर्तनका कारण उत्पन्न भइरहेका समस्या सामना गर्ने र क्षति न्यूनिकरण गर्ने क्षमता अभिवृद्धि गर्नमा सहयोग गर्नु विकसित देशहरूको जिम्मेवारी हो । हाम्रा यस्ता जायज मागहरू विकसित देशका नीति निर्माताहरू माझ पुर्‍याउने तथा यस क्षेत्रलाई जलवायु न्याय दिलाउने कार्यमा सबैको प्रयास र पहल हुनुपर्छ ।

हामी सार्क देशहरूले गर्नुपर्ने कामहरू धेरै छन् । विभिन्न अध्ययनहरूका अनुसार सार्क क्षेत्रका देशहरू बिचको व्यापारिक सहकार्य, विश्वका अन्य क्षेत्रीय देशहरूबिच हुने व्यापारको तुलनामा अत्यन्त कमजोर छ। यो यथार्थ बदल्न सबै क्षेत्रीय मुलुकहरूको इमान्दार प्रयास जरुरी छ। यो उद्देश्यको नेतृत्वदायी भूमिकामा भारत रहनुपर्छ ।

सार्क मुलुकहरूमा उत्पादन हुने ऊर्जा, आवश्यक्ता अनुसार यस क्षेत्रका कुनै पनि मुलुकहरूले निर्वादरूपमा प्रयोग गर्ने वातावरण बन्न सक्ने गरी दक्षिण एसियामा ऊर्जा सहकार्यको मूल उद्देश्य बन्नुपर्छ । हामी मित्रराष्ट्रहरूबिच रहेको प्रगाढता प्रतिविम्बित हुने गरी क्षेत्रीय ऊर्जा व्यापारहरू सञ्चालन गर्ने/गराउने हाम्रो मूल कार्य हुनुपर्दछ । नेपालले उत्पादन गर्ने जलविद्युत्‌ अर्थात् स्वच्छ ऊर्जा भारतमा रहेको 'हाइड्रो पर्चेज अब्लिगेसन' कार्यक्रमको सहभागी हुँदा दुवै पक्षलाई व्यावसयिक फाइदा हुने हुँदा यसलाई सहजीकरण गर्नुपर्छ। यस्ता परिणाममूलक कार्यले हामीबिच कमजोर रहेको अन्तरनिहित व्यापारिक सहकार्य बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

नेपालले पनि नवीकरणीय स्वच्छ ऊर्जाको माध्यमबाट प्रदूषित ऊर्जा स्रोतलाई विस्थापित गर्ने उद्देश्य लिएको छ। स्कटल्याण्डमा भएको कोप-२६ मा विश्वलाई कोइलाबाट स्वच्छ ऊर्जामा लैजान पहल गर्ने प्रतिबद्धताको नेपाल पक्ष राष्ट्र हो। आज हाम्रा छिमेकी देशहरूको ऊर्जाको ठूलो स्रोत, कोइला तथा जैविक इन्धन लगायत प्रदूषित स्रोतहरू रहेका छन्। यस क्षेत्रको आर्थिक विकाससँगै ऊर्जाको माग पनि बढ्दो छ। बढ्दो माग र हालको स्रोतलाई रूपान्तरण गरी दक्षिण एसियाको ऊर्जा सुरक्षामा नवीकरणीय ऊर्जाको माध्यमबाट बलियो टेवा पुर्‍याउने जिम्मेवारी लिन नेपाल तयार छ। दक्षिण एसियाका लागि नेपालको नवीकरणीय ऊर्जा जलवायु परिवर्तन, क्षेत्रीय सहकार्य लगायत हरेक दृष्टिबाट उत्तम विकल्प हो ।

अतः यस क्षेत्रमा दीर्घकालीन र दिगो ऊर्जा विकास र व्यवस्थापनका लागि आवश्यक बजारमा पहुँच, अन्तरदेशिय प्रशारण लाइन विकास, परियोजनामा लगानी, कार्बन फाइदाको न्यायोचित बाँडफाँट र आवश्यक्ता अनुसार कुनै पनि देशमा ऊर्जाको निर्वाद प्रयोगजस्ता विषयमा दक्षिण एसियाली क्षेत्रका सांसदहरूको  फोरमको मुख्य उद्देश्य हुनुपर्छ । आगामी दिनमा यी सम्भावना र समस्याबिचको दूरी हटाउन वा घटाउन सकियोस् । दक्षिण एसियाली क्षेत्रका सांसदहरूको  फोरमको स्थापना पक्कै पनि यस क्षेत्रको विकास र जलवायु न्याय हासिल गर्ने विषयमा कोशे ढुंगा हुनेछ ।

सिंह संघीय संसद, पूर्वाधार विकास समितिका सभापति हुन्, यो संक्षिप्त लेख शुक्रबार भारतको दिल्लीमा आयोजित क्षेत्रीय ऊर्जा सहकार्यका लागि दक्षिण एसियाली क्षेत्रका संसदहरूको मञ्चमा व्यक्त धारणाको सम्पादित अंश हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३