विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माण भइरहेको ५७.५ मेगावाटको नुप्चे लिखु जलविद्युत् आयोजनाको काम तीव्र गतिमा भइरहेकाे छ । भिजन इनर्जी एन्ड पावर लिमिटेडले २०७८ असोजदेखि निर्माण सुरु गरेको उक्त आयोजनाकाे काम आधा भन्दा बढी सकिएकाे छ ।

आयाेजनाकाे बाँध, विद्युत्‌गृह, सुरुङमार्ग सबै क्षेत्रकाे काम एकसाथ भइरहेकाे छ । आयाेजनाकाे बाँकी काम एकवर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेकाे पनि कम्पनीले जनाएकाे छ । कोरोना महामारीका कारण निर्माण तालिका केही फेरबदल गर्नु परे पनि विद्युत् उत्पादन गर्नुपर्ने अवधि २०८१ भदौ १ गतेभित्रै सबै काम पूरा गर्ने कम्पनीको प्रतिबद्धता छ ।

हिमाल पानीको स्रोत भएकाले आयोजनाबाट वार्षिक ३८१ गिगावाट प्रतिघन्टा ऊर्जा (३८ करोड १० लाख युनिट) उत्पादन हुने अध्ययनले देखाएको छ । क्यू-४५ मा डिजाइन गरिएको यो आयोजनाबाट पहिलो वर्ष २ अर्ब ३५ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।आयोजनाबाट उत्पादित विद्युत् विद्युत्‌गृहदेखि २४ किलोमिटर दूरीमा निर्माण भई सञ्चालनमा रहेको गर्जाङ सबस्टेसनमा जोडिने छ ।

१० अर्ब ५७ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी छ । नुप्चे–लिखुमा माछापुच्छ्रे बैंकको नेतृत्व तथा हिमालयन बैंकको सह–नेतृत्वमा बैंक अफ काठमाडौं, राष्ट्रिय वाणिज्य, कुमारी, कृषि विकास, एनसिसी लगायत ९ बैंकले लगानी गरेका छन् ।

आयोजनामा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले ५० करोड रुपैयाँ स्वपुँजी लगानी गरेको छ । निजी क्षेत्रले निर्माण गर्ने आयोजनामा सरकारी कम्पनीले स्वपुँजी लगानी गरेको यो पहिलो आयोजना हो । यही कारण आयोजना बढी प्रतिफलयुक्त, कम जोखिमपूर्ण र दक्ष व्यवस्थापन तथा सुशासनयुक्त देखिएको छ ।

स्राेतः भिजन इनर्जी एन्ड पावर लिमिटेड

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit