विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
डलर अर्बपति सांसद विनाेद चौधरीको एसएलसी अनुभव र सन्देश

मैले कक्षा ६ देखि भक्तपुरको आदर्श बहुउद्देश्यीय स्कुलमा पढेँ । त्यो स्कुलमा व्यावसायिकतर्फ चारवटा विषय थिए । सबै विद्यार्थीले आफ्नो रुचिअनुसार एउटा विषय छान्नुपर्थ्यो । 'इन्डस्ट्रियल साइन्स' मा काठ काटेर विभिन्न सामान बनाउने सीप सिकाइन्थ्यो । अर्को थियो, 'होम साइन्स' । खानेकुरा पकाउन, लुगा सिलाउन, बगैँचा स्याहार्नलगयत सीप सिकाउने यो विषय धेरैजसो केटीहरूले पढ्थे ।'कृषि'मा खेतीपातीसम्बन्धी पढाइ हुन्थ्यो । चौथो विषय थियो, 'सेक्रेटेरियल साइन्स'। यसमा टाइपराइटर चलाउन र व्यापारका सानातिना प्रयोगात्मक अभ्यास गर्न लगाइन्थ्यो । मैले यही विषय लिएँ ।

हामीलाई 'सेक्रेटेरियल साइन्स' पढाउने मिस हुनुहुन्थ्यो, जाल्पा प्रधान । एकदिन उहाँले कक्षामा आएर भन्नुभयो, 'म एउटा समूह बनाइदिन्छु । अलिकति पैसा जम्मा गर, स्कुलमा सानो पसल थाप ।'

हामी वाल्ल पर्‍याैँ ।

'दुईचार कुरा सिक्न पाउँछौँ, एकदुई पैसा बचत हुन्छ,' उहाँले सोध्नुभयो 'समूहको नेतृत्व कल्ले गर्छ ?'

कक्षा अचानक जाँच दिनुपरे जस्तो सामसुम भयो। 

मैले फ्याट्ट हात उठाएँ ।

हामीले पसल थाप्न भनेर घरबाट पैसा माग्न पाउँदैनथ्यौँ । टिफिनबाट दिएको पैसा जम्मा गरौँ भने त्यो पनि थिएन । स्कुलमै खुवाउँथ्यो । समस्या पर्‍याे । मैले उपाय सोचेँ, अबदेखि चना चट्‌पट, बम्बईया लड्डु सबै बन्द । घरबाट पैसा लिने, खर्च भने नगर्ने । केही नभए पनि दिनको एक मोहर, एक रुपैयाँ बच्थ्यो ।

साथीहरूले मेरो प्रस्ताव माने ।

'पैसा बचाऊँ' अभियान सुरु भयो । म दिनहुँ साथीहरुसँग पैसा उठाउने, घर लगेर खुत्रुकेमा खसाल्ने गर्न थालेँ । पहेँलो रङको माटोको खुत्रुकेमा मैले रातो साइनपेनले किरिडमिरिङ अक्षरमा लेखेको थिएँ 'स्कूल प्रोजेक्ट' । कसले कति पैसा दियो भन्ने हिसाब राख्न सबै मिलेर एउटा कापी किनेका थियौँ । हिसाब लेख्ने काम सबैका आँखा सामुन्ने हुन्थ्यो ।

महिना दिनपछि हामीले खुत्रुके फोड्‌यौ । डेढ सय रुपैयाँ चानचुन जम्मा भएछ ।

मिसले भन्नुभएको थियो, 'स्कूलमा के चिज बढी बिक्छ, त्यही राख्नु ।' हामीले पिपलमेड पाउँ, रंगीविरंगी इरेजर, थरीथरीका सार्पनर र यस्तै केही खित्रीमित्रीहरू ल्यायौँ ।

हामी हाफ टाइममा छि‌ट्छिटो खाजा खाएर कक्षाका डेस्क-बेन्च घिसार्दै चौरमा ल्याउँथ्यौँ । झोलामा बोकेर ल्याएको दोकान डेस्कमाथि सजाउँथ्याैँ ।

सुरुमा त स्कुलका अरू विद्यार्थी हेरेका हेर्‍यै भए । कोही सोध्न पनि आए, 'के रमिता हो ?' भनेर । हामीले प्रोजेक्ट वर्क' भन्यौँ । 

सुनेर उनीहरू खासखुस गर्थे अनि गोजी छाम्थे । हामीले सामान नै त्यस्तै छानेका थियौँ मन भुलाउने, आँखा लोभ्याउने । हाफटाइमको आधाघन्टे छुट्टीमा जति हुन्छ बेचेर हामी आफ्नो दोकानलाई फेरि त्यही झोलामा पोका पार्थ्याैं ।

अन्तिम घन्टीपछि दिनभरिको हिसाब जाल्पा मिसलाई देखाउनु पर्थ्याे । कुन चिज कतिमा किनेको, कतिमा बेचेको, कति नाफा भयो ।सब त्यही म्याथ कापीका चारपाटे कोठाहरूमा लेखेर बुझाउनुपर्थ्यो ।

व्यापारमा त्यो मेरो चञ्चुप्रवेश थियो । आज ४५ वर्षपछि मैले गर्ने कारोबार सैद्धान्तिक रूपमा त्यो भन्दा फरक छैन । सानो-ठूलोको कुरा मात्र हो ।

बहुद्देश्यीय हाई स्कुलको त्यो सिकाइले मभित्र अर्द्धचेतन अवस्थामा रहेको व्यापारिक सोच र व्यवहारलाई जगाइदिने काम गर्‍याे भन्ने लाग्छ । 

बचत परिचालन, पुँजी निर्माण, बजारको माग बने, खरिद बिक्रीबीच मार्जिन राख्ने यस्ता आधारभूत व्यापारिक सीप मैले त्यहाँ स्कुलको आधाघन्टे पसलबाट सिकेँ ।

विद्यार्थीलाई परीक्षाको दौडमा सामेल गराउनेभन्दा ज्ञान दिनेगरी पढाउने त्यो स्कुलले मेरो जीवनमा १८० डिग्रीको परिवर्तन ल्याइदियो । म त्यहाँको शैक्षिक वातावरणमा रमाएँ। 

मैले एसएलसीसम्म त्यहाँ पढेँ । र, त्यहीँबाट २०२८ सालको एसएलसीमा बोर्ड पाँचौ भएँ । हाम्रो स्कुलबाट अरू दुईजना साथी पनि बोर्ड आएका थिए । छैठौँ स्वानमा विश्वम्भर चित्रकार र सातौँमा कृष्णबहादुर नापित ।

मेरो जिन्दगीको पहिलो र सबै भन्दा महत्त्वपूर्ण 'टर्निङ प्वाइन्ट' त्यही स्कुलको वातावरण हो । त्यहाँ पाएजत्तिको शिक्षा त्यसपछिको कुनै पढाइले दिएन ।

आज तपाइँहरुको रिजल्ट जस्तो आएपनि जिन्दगी एकदम लामो छ । स्कुलमा सिकेको कुरा रिजल्ट भन्दा धेरै काम लाग्नेछन । अगाडि बढ्नुहोला । हार्दिक शुभकामना !

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३