विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १५, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २८औँ वार्षिकोत्सव

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले राष्ट्रियसभामा छलफलको रूपमा रहेको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विद्येयक चाँडो पास गराउन आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

'नवीकरणीय ऊर्जालाई समयसापेक्ष रूपमा विकास गर्नका लागि आवश्यक विद्येयक, ऐन, नियमलाई चाँडो पास गछौँ,' खड्काले भने, 'सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत्‌ उत्पादन गर्ने सरकारको लक्ष्य पूरा गर्न केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ, यसमा हामीसँग भएको स्रोत र साधनको भरपूर प्रयोग गर्नुपर्ने छ ।'

द्वन्द्वकालको समयमा स्थानीय तहमा विद्युत्‌ अवरोध हुँदा केन्द्रले गाउँगाउँमा गएर पुर्‍याएको सहयोग अतुलनीय रहेको बताए । विदेशीले ऋण, सहयोग र अनुदान नेपाली जनतालाई सम्झेर दिएको भन्दै उक्त रकमलाई सही ठाउँमा सदुपयोग गर्न समेत उनको आग्रह थियो ।

सोही कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले नवीकरणीय ऊर्जा मार्फत विद्युत्‌को पहुँच पुर्‍याउन र देश खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि प्रवर्द्धनका लागि केन्द्रले गरेका कार्यहरू सराहनीय रहेको बताए । साथै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले राष्ट्रिय प्रसारणको लाइन नपुगेका क्षेत्रमा सौर्य ऊर्जा मार्फत विद्युत्‌ प्रवाहमा केन्द्रले खेलेको भूमिका सकारात्मक रहेको बताए ।

यसैगरी, केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले स्थापनाकालदेखि हालसम्म ४० हजार २५३ किलोवाट लघु तथा साना जलविद्युत्‌ आयोजना निर्माण भइसकेको जानकारी दिए । उनका अनुसार ११ हजार १०४ सुधारिएको पानीघट्ट जडान, ९ लाख ९६ हजार ६४७ घरेलु सौर्य विद्युत्‌ प्रणाली जडान, ४ हजार ३३२ संस्थागत सौर्य विद्युत्‌ प्रणाली जडान, ३ हजार ९७ किलोवाट पिक सौर्य मिनिग्रीड जडान भइसकेको छ । केन्द्रले हालसम्म देशको करिब ३६ लाख ५० हजार घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको सेवा पुर्‍याएको पनि उनले जानकारी दिए ।

केन्द्रका नायब कार्यकारी निर्देशक डा. नारायणप्रसाद अधिकारीले विद्युत्‌ पहुँच विस्तार र खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको क्षेत्रमा केन्द्रले विशेष जोड दिँदै आएको बताए । हाल देशभर नवीकरणीय ऊर्जाको क्षेत्रमा ५०० भन्दा बढी कम्पनीहरु क्रियाशील रहेका छन् भने उक्त कम्पनीमार्फत ४० हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी पाइरहेका उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३